Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा मेयरको चर्चाः मञ्जु भण्डारी जो केन्द्रलाई जोड्न सक्ने एकमात्र पात्र

हाम्रो कोशी आवाज
बैशाख १९ २०७९, सोमबार
धरानमा मेयरको चर्चाः मञ्जु भण्डारी जो केन्द्रलाई जोड्न सक्ने एकमात्र पात्र

अनुभवी र क्षमतावानः
धरानको मेयरमा यसपालि अरु प्रत्यासीभन्दा मञ्जु भण्डारी धेरै सशक्त र बलियो उम्मेदवारी हुन् । स्व. मेयर तारा सुब्बाको निधनपश्चात् छोटो समय भए नि उहाँमा कार्यवाहक मेयरको जिम्मेवारी समाहालेको अनुभव छ । ५ वर्ष उपमेयरको जिम्मेवारीताका विवादरहित र निष्पक्ष भएर जनताको सेवामा हरदिन खटिएकी एक जनसेवक नेतृ ।
स्थानीय सरकार भनेको जनजनको प्रत्यक्ष सरोकार सँग जोडिएको हुन्छ । स्थानीय सरकार तपाई जनताको घर आँगनको सरकार हो । स्थानीय तहमा जनताले आफ्नो समस्या र गुनासो सुन्ने, बुझ्ने र निर्धक्कसँग राख्न पाउन सक्ने नेतृत्वलाई जिताउनुपर्दछ । जनप्रतिनिधिहरु जितेर गएपछि एक दुई वर्ष कर्मचारी प्रशासनको सिस्टम बुझ्न नै समय लाग्दछ । धरानवासी हामी सतही चुनावी प्रचारको लागि यो गर्छु र त्यो गर्छु भनेर झुटा आश्वासनको पछि लागियो भने मेकअप गरेकी केटीलाई झेरीले भिजेको हालतमा देखिएको धोका जस्तै हुन्छ ।
अहिलेको स्थानीय तहको चुनावमा गठबन्धन एक कस्मेटिक आइटम हो । जनताको भोट प्रलोभनमा पार्न बनेको यो यो साँठगाँठको गठबन्धन एजेन्डा र विचार नमिल्ने र अभिव्यक्त गर्न नसक्ने ठगबन्धन हो । अब धरानबासीले प्रशासनिकरुपले खारिएको र अनुभवी धरानेवासीको प्रत्येक टोल टोल पुगेको, घरघरको समस्या बुझेको सूर्य ध्वजावाहक नेतृत्वलाई विजयी गराउनुपर्दछ । सँगै काम गर्दा र बस्दा ठाकठुक पनि हुन्छ तब त एकअर्काको समस्या र मर्म बुझ्ने अवसर मिल्दछ । यसपालिको चुनावमा धरानेको समृद्धि र विविध विकासको लागि धरानवासीले दूधको साँची बिरालो राख्ने कि अनुभवी र योग्य उम्मेदवारलाई जिताएर पठाउने तपाईको हातमा छ ।
युवा र महिला नेतृत्वको विकास र अवसरः
विश्वभर राजनीतिक क्षेत्रमा महिला सहभागिता न्यून मात्रमा विद्यमान छ । दक्षिण एसियामा तुलानात्मकरुपमा नेपाली माहिला राजनीतिक क्षेत्रमा अगाडि छन् । तर राजनीतिक र प्रशासनिक रुपमा राज्यको कार्यकारी भूमिकामा औंलामा गनिने जतिले मात्र स्थान पाएका छन् । अब धरानवासीहरु जाग्ने बेला आएको छ । मुठ्ठी कसेर लाग्ने बेला आएको छ । एक युगमा एकचोटी आएको यो अवसर हो । एक त धरान हर समय परिवर्तन र आन्दोलन मोर्चामा अग्रस्थानमा रहेको छ । प्रत्येक धरानवासी आमा, महिला र दिदी बहिनीहरु आफै न्यायाधीश र आफै वकिल बनेर धरानलाई निर्माण गर्ने सुवर्ण अवसर आएको छ । पूर्वबाट सूर्य उदाएझैं धरानबाट आफ्नो प्रतिनिधित्व गर्ने उम्मेदवारलाई जिताउनु तपाईहरु कर्तब्य हो ।
यसपालीको निर्वाचनमा भण्डारीलाई जिताउनु प्रत्येक गृहिणी, मजदुर, कर्मचारी, शिक्षिकालगायत सम्पूर्ण महिलाहरुको विजय पनि हो । भाषणमा ठूल्ठुला महिला मुक्तिका कुरा गरिन्छ, ब्ययभारमा भने फस्ल्याङफुस्लुङ पारिन्छ । जनयुद्धमा हजारौं वीरङ्गनाहरुले बलिदानी दिए तर अवसरबाट पन्छाइए । त्यसैले भण्डारीको विजय ती ज्ञात वीरङ्गनाहरुप्रतिको नि सम्मान हो । नेपालको राजनीतिक क्षेत्रमा युवाहरुको सहभागिता बढ्दै गरे पनि महिला युवाहरुमा वितृष्णा पैदा हुँदै गरेको अवस्था छ । राजनीतिमा महिला नेतृत्वको विकास गर्न र उनीहरुको आत्मबल बढाउन नि उनले जित्न आवश्यक छ । यसपटक धरानले ब्यालेटमार्फत लैंगिक विभेदमाथि प्रहार गर्दछ । महिलाको आत्मसम्मान उचो बनाउँछ । धरानले नेपाली राजनीतिमा एक छुट्टै पहिचान दिनेछ । एक परिवर्तन र महिला मुक्तिको विजयको झण्डा नि फहराउने छ ।
जातीय सन्तुलन र प्रतिनिधित्वः
धरान जनजातिहरुको बाहुल्य भएको मुलुक हो । अहिले बुझेर या नबुझी एउटा हल्ला फिजाइँदै छ कि धरानबाट क्षत्री, बाहुनहरुले चुनाव जित्दैन भनेर । हामी कुन जमाना को कुरा गरिरहेका छौं । मानवको जात भनेको मात्र महिला र पुरुष । यो विश्वव्यापी सत्य हो । सञ्चार र यातायातको दुनियाँमा अहिले संसार नै एउटा गाउँ जस्तो बनेको छ । अहिलेको जमानामा एक देश र अर्को देशबीच राजनीतिक र ब्यापारिक मात्र होइन सांस्कृतिक र वैवाहिक सम्बन्ध नजोडिएको कुन मुलुक होला र ? नेपाली नपुगेको कुन ठाउँ होला ? विश्व र समाज यो स्तरमा पुगिसकेको अवस्थामा हामी भने अझै २० औं शताब्दीतिरको सोच पाल्दै बस्नु हामी पछाडि पर्नु हैन र ? यो धरान कुनै विशेष जातिको बिर्ता पनि होइन । नेपालको संविधानले कुनै खास वंश र जात, समुदायबाट मात्र नेतृत्व पाउनुपर्छ भन्ने मान्यता राख्दैन । संरक्षण र आरक्षणको सुविधा त छँदैछ । नेपाल कुनै जाति विशेषको नि बिर्ता होइन । हामी यो संविधानलाई मान्छौं र देशको मार्गदर्शनको रुपमा लिन्छौं भने यो दलीय ब्यवस्थामा एमालेका सुवास नेम्वाङ, माओवादीका वर्षमान पुन र काङ्ग्रेसका धनराज गुरुङ प्रधानमन्त्री या राष्ट्रपति बन्न लायक छन् भन्ने सोंच राख्ने पहिचानवादी दलका साथीहरुले पनि यसपालिको चुनावमा भण्डारीलाई जिताउनुपर्दछ । भोट हाल्दछन् ।
केन्द्रदेखि स्थानीय तह जोड्नः
धरान यस्तो बन्नुमा, विकासमा धराने जनताको जनसहभागिता पनि हो । शिक्षा, स्वास्थ्य र पूर्वाधारका हिसाबले धरान भन्दा निकै पछाडि रहेका शहरहरु अहिले धरानभन्दा निकै अगाडि बढिसकेका छन् । धरान पछाडि पर्नुको कारण के हो ? यहाँका जुनसुकै दलका नेताहरुबाट धरानलाई केन्द्रसम्म जोड्न नसकिएको हो । केन्द्रीय नेतृत्वको नजरमा धरान ओझेलमा परेकै हो । ठूला ठूला विकास र आयोजनाहारु ल्याउन नसकिएको हो ।
विकास गर्न बजेट आवश्यक पर्छ । यहाँको स्रोत साधनले त कर्मचारी पाल्न धौधौ पर्छ । भनेपछि अहिलेको सिस्टममा जति कराएपनि जबसम्म धरानको नेतृत्व, केन्द्रको नजरमा नजोडिएसम्म भावनाको राजनीतिले धरानको समस्याको समाधान र विकास गर्छु भन्ने एउटा हुटिट्याउले आकाश थाम्छु भने जस्तै हो । र त्यो सम्भव देखिँदैन । अब धरानको विकास र समृद्धिका लागि निर्विकल्परुपमा स्थानीय तहदेखि केन्द्रलाई जोड्न सक्ने एक मात्र पात्र भण्डारी हुन् ।
कम्युनिष्टको उर्वर भूमी
भनिन्छ, धरानलाई नेपालको संघाई शहर हो । पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीलाई धरानले विजयी गरेर पठाएको हो । धरानले पूर्वका अहिलेका अधिकांश कम्युनिस्ट नेताहरु जन्माएको शहर हो । धरान कम्युनिस्टको गढ हो । धरानको कम्युनिस्ट किल्ला कहिले तोडिएको थिएन । तर विविध कारणवश उपनिर्वाचनमा हार व्यहोर्नु परयो । अहिले कम्युनिस्ट सकाउन र हराउन गठबन्धनका नाउमा भष्माशुरहरु लागि परेका छन् । यो ठूला नेताहरुको जुंगाको लडाइँमा कम्युनिस्ट कार्यकर्ताहरु केही विचलनमा परेका छन् । कम्युनिस्ट आन्दोलनलाई क्षती पुगेको यो अवस्थामा धरानमा रहेका सम्पूर्ण कम्युनिस्ट समर्थक र शुभचिन्तकहरुले पुरानो बिरासतलाई फर्काउनुपर्दछ ।

प्रकाशित मिति: बैशाख १९ २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको विजयपुरः ‘माल पाएर चाल नपाएको’ ठाउँ

    -राजकुमार दिक्पाल केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले...

    • ३ घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • श्रमदानको ओज

    -बैकुण्ठ दाहाल नेपालको राजनीतिक इतिहासमा धेरै दलहरू स्थापना भए, धेरै नाराहरू उठे, तर आम नागरिकले चाहेको सुशासन, उत्पादनमुखी अर्थतन्त्र र श्रमको सम्मान अझै पनि पूर्णरूपमा...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • डिग्री पास छ तर सर्वसाधारणले पाउँदैनन् जागिर

    जताततै भूपू कर्मचारीको बिगबिगी धरानः सरकारी कार्यालयमा सरकारले प्राइभेट कम्पनीबाट गार्ड नियुक्त गरेको हुन्छ । यता, स्थानीय पालिकाले नगरप्रहरी राखेको हुन्छ । बैंक तथा वित्तिय...

    • ७ दिन अगाडी
    • ६ मिनेट पाठ
  • नजानिँदो सत्ताको अस्थिर चक्रव्यूह

    -कृष्णबहादुर तामाङ “संसदीय अङ्कगणित र जोड घटाउले विकासको गतिलाई सधैँ बन्धक बनाउन सक्दैन । नेपालको सात दशक लामो राजनीतिक अस्थिरताबाट मुक्त हुने सबैभन्दा प्रभावकारी विकल्प...

    • १ हप्ता अगाडी
    • ८ मिनेट पाठ
  • हामी १२ वर्षमा प्रवेश

    धरानः हाम्रो कोशी आवाज डटकम आफ्नो स्थापनाको ११ वर्ष पूरा गरी आज १२ औं वर्षमा प्रवेश गरेको छ । हामी छैटौं वर्ष पूरा गरी...

    • १ हप्ता अगाडी
    • ३ मिनेट पाठ
  • कथा: धुवाँले निलेको सपना

    -तोमनाथ उप्रेती मोरङको दक्षिणी भेग, रतुवामाई नगरपालिका महादेवाको बिहानको आफ्नै सुगन्ध थियो। असारको वर्षापछि धानका बोटहरूमा टल्किने शीतका थोपा मोतीझैँ देखिन्थे। पूर्वबाट उठेको घामको सुनौलो...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend