Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पर्यटन क्षेत्रको आश

हाम्रो कोशी आवाज
साउन ३ २०७९, मंगलबार
पर्यटन क्षेत्रको आश

सन २०१९ को डिसेम्बर अन्तिमतिर चीनको दक्षिण–पूर्वी प्रान्त हुपेइको राजधानी वुहानबाट पैmलिन शुरु भएको नोभेल कोरोना भाइरस (पछि भाइरल रोग विज्ञहरुले कोभिड १९ नाम दिएको) ले महामारीको रुप लिएर विश्वभरि नै पैmलिएका कारणले गर्दा विश्वका विभिन्न देशमा विदा मनाउन निक्लने पर्यटकको संख्या एक्कासी घट्यो । यो क्रम सन् २०२१ सम्म जारी रह्यो । तर, सन् २०२२ का शुरुदेखि नै विश्वमा पर्यटकको संख्या बढ्ने क्रममा रहेको छ । त्यसोे भएको हुनाले हामीले अब विश्व पर्यटनबाट धेरै नै आशा गर्न सकिने ठाउँ रहेको छ । हो त्यही कारण नेपालमा बढेको र सञ्चालन हुन थालेको १८ पाँचतारे होटेलहरु जुन छन्, ती होटेलले तत्कालै नाफा कमाउन नसकेतापनि आफ्नो लागत खर्च धान्नसम्म सक्ला कि ? यो कुरो होटेल सञ्चालकहरुले नै भन्न सक्ने कुरो हो । अथवा हालको अवस्थामा लागत खर्च पनि धान्न सक्दैन कि ? तर, नाफामा जान त कम्तिमा अभैm तीन–चार वर्ष लाग्न सक्ने पक्कै देखिन्छ ।
यसरी हेर्दा कोरोना महामारीका कारण हाल विश्वभरिका होटल, मोटेल, कटेज, रिसोर्ट, अपार्टमेन्ट, गेस्ट हाउस, मचान आदि बेहाल अथवा भनौं धर्मरकै अवस्थामा रहेका छन् । तापनि माथि नै एक प्रसङ्गमा भनिएझैं सन् २०२२ सुरु भएदेखि विश्व पर्यटन जगतमा आशाको पालुवा पलाएको छ । त्यसो हुनुमा सन् २०२२ शुरु भएदेखि नै विश्वभरि महामारीको रुप लिइरहेको ‘नोभेल कोरोना भाइरस (कोभिड १९)’ कम हुँदै गएको स्थिति छ । त्यसले विश्व पर्यटन उद्योग र होटल उद्योगले धेरै अपेक्षा राखेको छ । पछिल्लोपटक अमेरिकाले नोभेल कोरोनाभाइरस (कोभिड १९) को कारण लगाइएको यात्रा (ट्राभल ब्यान्ड) प्रतिबन्ध हटाएको छ ।
सम्भवतः अब विस्तारै विश्वका अन्य देशहरुले पनि ‘नोवेल कोरोनाभाइरस (कोभिड१९)’ का कारण पैmलिएको महामारी र, त्यही महामारीका कारण आफनो देशमा लगाइएको यात्रा ट्राभल ब्यान्ड हटाउँदै जानेछन् । त्यसो त नोभेल कोरोनाभाइरस (कोभिड १९) महामारीका कारण लगाइएको यात्रा (ट्राभल ब्यान्ड) प्रतिबन्धका कारणले गर्दा नेपालमा मात्रै नभएर विश्व पर्यटन जगतमा आशाको केन्द्र र मेरुदण्डको रुपमा रहेको होटल, मोटेल (नेपाल मोटेल, कटेज, रिसोर्ट, गेस्ट हाउस, लज, होमस्टे, मचान) आदि डामाडोल स्थितिमा रहेको थियो । फलतः विश्वभरिकै होटल, मोटेल, कटेज, रिसोर्ट, गेस्ट हाउस, लज, होमस्टे, मचान आदिको लगानी धरमरमा परेको अवस्था पनि छ । तापनि नेपालमा हालसम्म १८ पाँचतारे होटल पुग्नु गर्व गर्न लायक हो । नभन्दै सन् २०२२ को पाँच महिनामै एक लाख ९० विदेशी पर्यटकले नेपाल भ्रमण गरिसकेका छन् ।
पर्यटकको परिभाषाअनुसार कुनैपनि मान्छेले आफ्नै देशमा पनि आफ्नो घर छाडेर २४ घण्टा वा एक रात बिताउने गरी दोस्रो ठाउँ जाने बित्तिकै उसलाई सबैभन्दा पहिले बस्ने व्यवस्थाकै आवश्यकता पर्छ । यस्तो खालको भ्रमणमा निक्लने मान्छेलाई नै पर्यटक मान्ने गरिन्छ । जसले एक रात (२४ घण्टा) आफ्नो घर वा देश छाडेर बाहिर बिताउँछ, उसलाई मात्रै पर्यटक (आन्तरिक र बाह्य पर्यटक) मान्ने भन्ने संयुक्त राष्ट्र संघसँग आवद्ध ‘विश्व पर्यटन संगठनको मान्यता रहेको छ ।
लगभग चार वर्षअघिको तथ्याङ्कअनुसार नेपालको होटलहरुले वार्षिक २५ लाख विदेशी पर्यटकहरु धान्न सक्ने बेड क्षमता रहेको थियो । यसबीचको समयमा केही नभए तापनि १८–१९ हजार (रफ आँकडा) बेड क्षमता बढेको हुन सक्छ । यसरी हाम्रो देश नेपालमा होटल क्षेत्रले अपेक्षा गरेभन्दा छिटोछिटो गति लिएको मान्न सकिन्छ । भलै भविश्यमा त्यहीअनुसार विदेशी पर्यटकहरु नेपाल भ्रमणमा आएनन् भने होटल क्षेत्रमा गरेको लगानी लगानीकर्ताहरुले नाफा कमाउन धेरै समय पर्खनुपर्ने हुन्छ । हो, होटलमा लगाएको लगानी ‘बालुवामा पानी’ चाहिँ हुँदैन । वास्तवमा होटलमा लगानी गर्नुको फाइदा पनि यसैमा रहेको छ । तर, तत्कालै कमाई हाल्ने मनोविज्ञान भएकाहरुले होटेलमा लगानी गर्न गाह्रो छ । किनभने, तत्काल नाफा कमाइहाल्ने होेइन कि, सञ्चालन खर्च उठाउन पनि कठिन पर्छ ।
त्यस्तै, नेपालमा हाल चारतारे होटलको संख्या २७ वटा रहेको छ भने, तीनतारे होटलको संख्या ३४ वटा रहेको छ । उता दुईतारे होटलको संख्या पनि ४३ वटा रहेको छ । उता एकतारे होटलको संख्या ३७ वटा रहेको छ । त्यस्तै, साधारण रिसोर्ट १०९ वटा दर्ता भएको भनी पर्यटन विभागले जनाएको छ भने, पर्यटकस्तरीय होटलको संख्या ५ सय २७ वटा रहेको छ । भनिन्छ, हाल देशभरि होमस्टे मात्रै ५ सय ५७ वटा रहेका छन् । यसबाहेक पर्यटकका लागिसमेत होस्टल सञ्चालनमा रहेका छन् । जुन अवैधरुपमा सञ्चालनमा रहेका छन् भन्ने भनाइ होटल व्यवसायीहरुको रहेको छ ।
अहिले जुनसुकै होटेलको ग्राहक त अपेक्षितरुपमा बढेका छैनन् । त्यसैले बढेका ५ तारे तथा अन्य तारे तथा ननतारे होटल चल्न तथा चलाउन त विदेशी पर्यटकको आगमन दर पनि बढ्नैपर्ने हुन्छ । हुन त आन्तरिक पर्यटकले पनि नेपालका मध्यस्तरका धेरै होटेलहरुलाई भरथेग गरेको देखिन्छ , तर, त्यतिले मात्रै त होटेल उद्योगमा लगानीकर्ताहरुले गरेको अर्बौ, खर्बौ लगानी त उठ्दैन । त्यसैले आशा गरौं छिट्टै नै नेपाली पर्यटन गुल्जार हुनेछ । जसले गर्दा विस्तारै नेपालमा खुलेका स्वदेशी तथा विदेशी (चेन होटेल, संयुक्त लगानीका होटेल) होटेलका लगानीकर्ताहरुले आपूmले गरेको लगानीको प्रतिफल पाउँदै जानेछन् ।
ninamkirat123@gmail.com

प्रकाशित मिति: साउन ३ २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको विजयपुरः ‘माल पाएर चाल नपाएको’ ठाउँ

    -राजकुमार दिक्पाल केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले...

    • ३ घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • श्रमदानको ओज

    -बैकुण्ठ दाहाल नेपालको राजनीतिक इतिहासमा धेरै दलहरू स्थापना भए, धेरै नाराहरू उठे, तर आम नागरिकले चाहेको सुशासन, उत्पादनमुखी अर्थतन्त्र र श्रमको सम्मान अझै पनि पूर्णरूपमा...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • डिग्री पास छ तर सर्वसाधारणले पाउँदैनन् जागिर

    जताततै भूपू कर्मचारीको बिगबिगी धरानः सरकारी कार्यालयमा सरकारले प्राइभेट कम्पनीबाट गार्ड नियुक्त गरेको हुन्छ । यता, स्थानीय पालिकाले नगरप्रहरी राखेको हुन्छ । बैंक तथा वित्तिय...

    • ७ दिन अगाडी
    • ६ मिनेट पाठ
  • नजानिँदो सत्ताको अस्थिर चक्रव्यूह

    -कृष्णबहादुर तामाङ “संसदीय अङ्कगणित र जोड घटाउले विकासको गतिलाई सधैँ बन्धक बनाउन सक्दैन । नेपालको सात दशक लामो राजनीतिक अस्थिरताबाट मुक्त हुने सबैभन्दा प्रभावकारी विकल्प...

    • १ हप्ता अगाडी
    • ८ मिनेट पाठ
  • हामी १२ वर्षमा प्रवेश

    धरानः हाम्रो कोशी आवाज डटकम आफ्नो स्थापनाको ११ वर्ष पूरा गरी आज १२ औं वर्षमा प्रवेश गरेको छ । हामी छैटौं वर्ष पूरा गरी...

    • १ हप्ता अगाडी
    • ३ मिनेट पाठ
  • कथा: धुवाँले निलेको सपना

    -तोमनाथ उप्रेती मोरङको दक्षिणी भेग, रतुवामाई नगरपालिका महादेवाको बिहानको आफ्नै सुगन्ध थियो। असारको वर्षापछि धानका बोटहरूमा टल्किने शीतका थोपा मोतीझैँ देखिन्थे। पूर्वबाट उठेको घामको सुनौलो...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend