Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

चिया बगानमा रहेको बरको रुखमा तीन किशोरीको शव फेला

हाम्रो कोशी आवाज
साउन ८ २०७९, आइतबार
चिया बगानमा रहेको बरको रुखमा तीन किशोरीको शव फेला

बिर्तामोडः झापाको कचनकवल गाउँपालिकाको वडानम्बर ५ को पाठामारीको बेल्लेगाउँस्थित सुनकोसी चिया बगानमा बयरको रुखमा झुन्डिएको अवस्थामा तीन जना किशोरीको शव फेला परेको छ ।
स्थानीय ती किशोरीले सामूहिक आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुई जना किशोरी एउटा हाँगामा र एक जना अर्को हाँगामा झुन्डिएको अवस्थामा भेटिएका हुन् ।
मृत फेला पर्नेहरुमा कचनकवल ५ की १६ वर्षीया करिना, १७ वर्षीया अञ्जली र १६ वर्षीया कल्पना रहेका छन् ।
चिया बगानमा काम गर्दै आएका ती किशोरीहरु शनिबार दिउँसोदेखि सम्पर्कविहिन थिए । उनीहरू आइतबार बिहान साढे ७ बजे सामूहिक झुन्डिएको अवस्थामा स्थानीयले फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको बताएको छ ।

प्रकाशित मिति: साउन ८ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend