Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

गायिका मेलिनाले इन्गेजमेन्ट तोडिन्

हाम्रो कोशी आवाज
साउन २० २०७९, शुक्रबार
गायिका मेलिनाले इन्गेजमेन्ट तोडिन्

धरानः गायिका मेलिना राईले आफ्नो इन्गेजमेन्ट तोडिएको घोषणा गरेकी छिन् ।
सञ्जीव बराइलीको इन्गेजमेन्ट तोडिएको उनले जानकारी दिएकी हुन् । मेलिनाले शुक्रबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत आफूहरू छुट्टिने निर्णय गरेको कुरा सार्वजनिक गरेकी हुन् ।
उनले फेसबुकमा लेखेकी छन्, ‘केही समय अगाडि मैले आफ्नो इन्गेजमेन्ट गरेको कुरा यसै सामाजिक संजालमार्फत घोषणा गरेको थिएँ । त्यो मेरो जीवनको एउटा गम्भीर निर्णय थियो । एउटा परिस्थितिमा हामी दुईबीच भविष्यमा सँगै जीवन बिताउने सोचसहित त्यो निर्णय गरिएको थियो । समय छोटै भए पनि जिन्दगीको बारेमा लामो बिमर्श भयो । धेरै समिक्षा आत्मा समीक्षापछि कमजोर साधन चढेर बलियो साध्य चुम्न धेरै कठिन हुन्छ भन्ने निष्कर्षमा पुगियो ।’
आफूहरूबीच वैचारिक पक्षमा स्पष्ट मतभेद देखिन थालेपछि छुट्टिने निर्णय गरेको उनले उल्लेख गरेकी छन् । गत वैशाखमा मेलिनाले आफ्नो दुई वर्षदेखिको प्रेम सम्बन्ध खुलाउँदै छिटै विवाह गर्ने जानकारी दिएकी थिइन् ।

प्रकाशित मिति: साउन २० २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend