Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

‘धरानको एम्स कलेज वेष्ट कलेज’

हाम्रो कोशी आवाज
साउन २२ २०७९, आइतबार
‘धरानको एम्स कलेज वेष्ट कलेज’

धरान–१२ स्थित एम्स एकेडेमीले सुलभ शुल्कमा गुणस्तरीय शिक्षा दिने जनाएको छ । अनुभवी शिक्षकहरु, अडियो र भिडियो कक्षाकोठा, सुविधासम्पन्न पुस्तकालय, ल्याब, अंग्रेजी र नेपाली माध्यमबाट पढाइ, विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापहरु एम्सको विशेषता हो । विशेषगरी एम्सले पढाइका साथै अतिरिक्त क्रियाकलापमा जोड दिँदै आएको जनाइएको छ । गत वर्ष एम्सले फुटलबल, भलिबल, बास्केटबलमा जिल्ला भरिमा प्रथम हुन सफल भएको थियो भने मोरङको प्रदेशस्तरीय फुटबलको फाइनल पनि एम्स पुगेको थियो । वक्त्तृत्वकला, उद्घोषण कला पनि विद्यार्थीहरुले प्रशिक्षण पाउँछन् भने जिल्लाभरिमा प्लस टु लेभलमा स्काउटिङ क्रियाकलाप सञ्चालन गर्ने गरको एम्सले विद्यार्थीहरुलाई जिम्मेवार नागरिक बनाउन सफल भएको जनाएको छ ।
प्रस्तुत छ, एम्सका कोअर्डिनेटर नेत्र सुवेदीसँग गरिएको भिडियो कुराकानीः
‘अब धरानको एम्स एकेडेमीमा विद्यार्थीले डिग्रीसम्म पढ्न पाउँछन्’
एसइईको नतिजा आइसकेको छ, तयारी कस्तो छ ?
–कक्षा–११ को नयाँ भर्नाका लागि विद्यार्थीलाई आह्वान गरेका छौं ।
एम्समा विद्यार्थीले कुन–कुन सङ्कायमा अध्ययन गर्न पाउँछन् ?
–हामीकहाँ विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षालगायत सबै विषय अध्यापन गराउँछौं । विज्ञान सङ्कायमा फिजिक्स, केमेष्ट्री, बायालोजी, कम्प्युटरलगायत अध्यापन गराउँछौंं । र यो वर्षदेखि हामीले मास कम्युनिकेशन (पत्रकारिता) र अर्को कानुन विषयको पनि पठनपाठन गर्ने तयारी गरेका छौं । विशेषतः विद्यार्थीले पढेपछि गरिखाने विषय यी पनि हुन् भन्ने हामीले ठानेका छौं ।
विज्ञान सङ्कायको भवन छुट्टै बनाउनु भएछ, कस्तो छ तयारी ?
–विज्ञान सङ्कायको छुट्टै भवनमा पठनपाठन हुन्छ । पूर्वमै स्तरीय ल्याब निर्माण गरिसकेका छौं । छुट्टाछुट्टै विषयको ल्याब बनाएका छौं । भवनमा लाइब्रेरीलगायतको सेवासुविधा पनि दिइनेछ । सो भवनमा हामीले आधुनिक कक्षाकोठा पनि निर्माण गरेका छौं । हामीले पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धनमा बिएडआइटी, बिबिए, बिएसडब्लु, बिए जोर्नालिजम, वान इयर बिएड, एमएडलगायतका कार्यक्रम ल्याउने तयारीमा छौं । त्यस्तै, विज्ञान सङ्कायका अन्य ब्याचलर्स कार्यक्रम हामी ल्याउनेछौं । यसैले हामी डिग्रीसम्म पनि जाने तयारीमा छौं ।
कलेजको शैक्षिक नतिजा कस्तो छ ?
–शैक्षिक नतिजामा पनि हाम्रा विद्यार्थी प्रदेश १ मा कम छैनन् । विगत तीन चार वर्षदेखि टप ५ भित्र हाम्रा विद्यार्थी पर्न सफल भएका छन् ।
विद्यार्थी राजधानी पुग्नुपर्ने बाध्यताबारे के भन्नुहुन्छ ?
– धरानमात्रै नभएर पूर्वका मुख्य सहरमा शैक्षिक संस्था थपिँदै गएका छन् । धरानमा पनि निजीस्तरका कलेज खुल्दै आएका छन् । जुनसुकै सङ्काय पढ्न अब धरान बाहिर गइरहनुपर्दैन । काठमाडौं जाँदा मात्रै पढ्न पाइन्छ र शैक्षिकस्तर उकास्न सकिन्छ भन्ने भ्रम लगभग सकिएको मैले महसुस गरेको छु । काठमाडौंमा बढी खर्च हुने भएकोले पनि अभिभावकले आफ्नै ठाउँमा विश्वास गर्न अनुरोध गर्दछु । यहाँ वातावरण, बसोबास, हावापानीलगायतमा पनि धरानले धान्दै आएको मैले महसुस गरेको छु । त्यस्तै, यहाँ इन्जिनियर, विज्ञान, संस्कृतलगायत अन्य विषय पढ्नका लागि सहज छ । त्यसैले धरान शैक्षिक गन्तव्य नै हो ।
शैक्षिक गन्तव्य बनाउन थप के गर्न सकिन्छ ?
–अहिले पनि सबै रुमल्लिएको देखेको छु । अहिले धरानमा एकजुट हुन आवश्यक छ । प्रतिस्पर्धालाई खरो बनाएर लैजान सकियो भने नै धरान एक शैक्षिक गन्तव्य बन्ने हो । धरानलाई अझै राम्रो बनाउन, शैक्षिक गन्तव्य बनाउन शैक्षिक क्षेत्रलाई नै प्राथमिकता दिनुपर्दछ । धरानमा अस्वस्थ प्रतिस्पर्धा छ । इटहरी र विराटनगरमै हेरे पुग्छ कि त्यहाँ अस्वस्थ प्रतिस्पर्धालाई ‘मिनिमाइज’ गरिएको छ । त्यहाँ अस्वस्थ प्रतिस्पर्धा नभई शैक्षिक संस्था चलेका छन् । यहाँ पनि मिनिमाइज गर्न के गर्न सकिन्छ भनेर सबै पक्ष बसेर छलफल गर्नु जरुरी देख्छु । यहाँ एउटा विद्यार्थी एउटा शिक्षालयमा भर्ना भइसकेको हुन्छ तर अर्को शिक्षालयले यति पैसा छुट गरिदिन्छु भन्ने संस्कार बसेको छ । यसले अभिभावकमा नेगेटिभ वितृष्णा पैदा हुन थालेको छ ।
अतिरिक्त क्रियाकलापबारे तपाईको धारणा के छ ?
–हाम्रो बुझाइ के छ भने हरेक विद्यार्थीको केही न केही प्रतिभा हुन्छ भन्ने हो । हामीले अहिलेसम्म पढाइका साथै अतिरिक्त क्रियाकलापमा पनि सक्दो जोड दिँदै आएका छौं । विद्यार्थीले पनि त्यसमा जोड दिँदा राम्रै प्रगति हासिल गरेको महसुस गरेका छौं ।
खेलकुद, गायन, नृत्य, स्पिचलगायतका विषयलाई बढी जोड दिँदै आएका छौं । त्यसअनुसारको प्रतिफल पनि छ । हिसानले आयोजना गरेको खेलकुद, नृत्य, गायन, स्पिच, क्वीजमा प्रथम, दोस्रो पुरस्कार प्राप्त गर्दै आएका छन् ।

प्रकाशित मिति: साउन २२ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend