Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सहकारीले पैसा नदिँदा दशैं खल्लो

हाम्रो कोशी आवाज
असोज १० २०७९, सोमबार
सहकारीले पैसा नदिँदा दशैं खल्लो

धरानः दशैं हाम्रो घरदैलोमा भित्रिइसकेको छ । दशैं मनाउनका लागि अहिले आफ्नो गाउँघर जाने मानिसहरुको संख्या पनि हवात्तै बढिरहेको पाइन्छ । पैसा हुने मानिस भनी बजार छिरिसकेका छन् र आफ्नो गाउँघर जान पनि तयारी अवस्थामा छन् तर कति मानिसहरु भने पैसा कै कारण सामान पनि किन्न पाएका छैनन् र दशैं मनाउन पनि आफ्नो गाउँघर जान पाएका छैनन् ।
अहिले दशैँका लागि आवश्यक सामानहरु किनमेल गर्नका लागि आफूले वर्षभरि गरेर जम्मा गरेको पैसा सहकारीमा निकाल्न गएमा त्यहाँ खाली हात नै पठाइन्छ । पछिल्लो समय सहकारीहरुले डिपोजिटलाई पैसा फिर्ता दिएका छैनन् जसले गर्दा दशैँ कसरी मनाउने भनेर सोच्दा नै उनीहरुको बिजोग भइरहेको पाइन्छ । वर्षभरि आफूले खाइनखाई गरेर जम्मा गरी राखेको पैसा अहिले समस्या पर्दा वा चाडबाड आउँदा पनि निकाल्न नपाउँदा जनताहरु अन्योलमा परेका छन् ।
हामी नेपालीको महान् चाड दशैँ हो र हामीहरु अरु चाडबाड नमनाए पनि दशैँ भने मनाउँछौँ तर आफूले दशैँ मनाउनका लागि राखेको पैसा सहकारीले नदिएपछि मानिसहरु दशैँ कसरी मनाउने भनेर सोच्दै दुःखी भइरहेका छन् । सहकारीहरुले हिजो जनताको पैसा लिने बेला तै घरघरमा पुगेर लियो तर फिर्ता गर्ने समयमा भने दाँतबाट नै पसिना निकाल्यो । पछिल्लो समय लाखौँ जनताहरु सहकारीमा आफूले राखेको पैसा निकाल्न नपाएर निराशा भएका छन् ।
सहकारीहरुले कर्जा त दिएन नै तर डिपोजिटले राखेको पैसा पनि फिर्ता दिएन । सहकारीहरुले डिपोजिटको पैसा फिर्ता नदिँदा जनतालाई दुःख पनि भयो र चाडबाड पनि खल्लो भयो । अहिले सहकारीहरुमा जनताहरु आफ्नो बचत निकाल्नका लागि बिहान देखि नै लाइन लागेर बसिरहेका छन् तर सहकारीहरु भने टोकन नियम बनाइरहेका छन् र १५ दिनमा ५ हजार रकम लैजानुस् भनेर भन्ने गर्छन् । मानिसहरुले हिजो बढी ब्याजको प्रलोभनमा सहकारीहरुमा ५ लाखदेखि करोडसम्म जम्मा गरे तर अहिले न ब्याज नै पाए न साँवा नै । अहिले सहकारीको अफिसमा गएमा त्यहाँ अध्यक्ष र चेयरम्यान भेटिँदैन । त्यस्तै, यता सहकारीमा काम गर्ने कर्मचारीहरु पनि डिपोजिटलाई सहकारीका जिम्मेवार व्यक्तिलाई नै भेट्नुस् भनेर आफू पन्छिन् । दशैँ हामी सबै जनताले मनाउँछौँ तर दशैँ मनाउन आफूले खाइनखाइ राखेको पैसा भने सहकारी दिँदैन ।
जनताको यसपालिको दशैँ सहकारीहरुले पैसा नदिएका कारण खल्लो हुनेछ । यसरी सहकारीहरुले जनताको पैसा वा बचत फिर्ता नगर्दा सहकारी विभागका महानिर्दैशक रुद्रप्रसाद पण्डित किन जनताको पैसा फिर्ता नगर्ने सहकारीलाई कारबाही पनि गर्दैनन् र जनतालाई सहकारीमा पैसा नराख्नुस् भनेर सचेत पनि गराउँदैनन् । यस्तो हुँदा पनि सहकारी विभाग किन निरीह भएर बसिरहेको छ । सहकारीमा पैसा राख्ने मानिसहरुको रातको निन्द्रा र दिनको भोक पनि मेटिसकेको छ । उनीहरु रुँदै हिँडिरहेका छन् । उनीहरु दशैँ त आयो तर कसरी बालबच्चालाई नयाँ कपडा किनिदिने र खानेकुरा दिने भनेर सोच्दैछन्  ।
मानिसहरु आफ्नो गाउँघर जानका लागि लर्को लागेर बसिरहेका छन् । कति मानिसहरु भने आफूले सहकारीमा राखेको पैसा सहकारीले नदिएपछि ऋण खोजेर आफ्नो गाउँघर दशैँ मनाउन जान लागेका छन् भने कति मानिसहरु सहकारीले आफ्नो पैसा नदिएको र ऋण खोज्दा पनि नपाएकाले यसपालि दशैँ मनाउन आफ्नो गाउँघर जान नपाएको भन्दै गुनासो गर्छन् । वर्षमा एकपटक मात्रै आउने र हामी सबै हिन्दुधर्मलम्बीहरुले मनाउने चाड भनेको नै दशैँ हो । दशैँमा हामी सबैले आफ्नो गाउँघर गएर आफन्त भेटघाट गछौँ र रमाइलो गछौँ । तर यसपालिको दशैँ जनताले मनाउन नपाउने भएका छन् र यो सबै सहकारी कै कारण हुदैँ छ । यसरी जनतामाथि सहकारीहरुले खेलबाड गर्दा सरकार किन यिनीहरुलाई कारबाही गर्दैन । किन मौन बस्छ, सरकार ।
पछिल्लो समय दिनहुँ १० ओटा सहकारीहरु जनताको बचत लिएर भोगेको भनेर बजारमा सुनिन्छ । जति सहकारीहरु बजारमा सञ्चालनमा रहेका छन् ती सबैले जनताको बचत फिर्ता दिएका छैनन् र जनताको बिजोग भइरहेको छ । अहिले नै सहकारीहरुको यस्तो अवस्था देख्दा त अबको एकवर्षमा दशैँभरिको सहकारीहरु भाग्छन् जस्तो देखिन्छ । अबको एकवर्षपछि झन् बढी जनताहरुको घरमा रुवाबासी हुने छ र सहकारी डुबेर देशको अर्थतन्त्रमा पनि ठुलो आर्थिक संकट आउने छ । पछिल्लो समय बजारमा बच्चादेखि बुढोले सहकारीमा पैसा राख्नुहुदैँन भनेर भन्छन् । जताततै बजारमा अहिले एउटै हल्ला रहेको पाइन्छ । त्यो हो, सहकारी भाग्यो, पैसा खाइदियो । तर सहकारीहरु कसरी डुब्यो र किन भाग्यो भनेर सरकारले अहिलेसम्म गहिराइमा गएर अध्ययन गरेको छैन ।
सहकारीहरुले पहिला ३ देखि ५ प्रतिशत सेवाशुल्क र २२ देखि ४२ प्रतिशत वा मिटरब्याजमा कर्जा प्रवाह गप्यो । साथै घरजग्गा, गाडी र सेयरलाई आँखा चिम्लेर कर्जा प्रवाह गप्यो । सय रुपैयाँमा बैंकले निष्कासन गरेको शेयरलाई धितो राखेर २ हजारसम्म कर्जा प्रवाह गरयो साथै सरकारले आनाको ५ लाख निर्धारण गरेको जग्गालाई धितो राखेर ४० लाखसम्म कर्जा दियो । र २० रुपैँया किलोमा ब्रिकी नहुने फलाम वा सवारीसाधनलाई धितो राखेर लाखौँ कर्जा दियो ।
तर यसमा पनि सहकारीका सञ्चालक, अध्यक्षहरुले घुस खाएर कर्जा प्रवाह गरे । उदाहरणका लागि १ लाख रुपैयाँ धितो राखेर कर्जा दिएमा त्यसमा २० हजार यिनीहरुले घुस खाने गर्थे । पछिल्लो समय बजारमा मन्दी आएकाले एकवर्षअघि मात्र ३ हजार कित्तामा किनेको सेयर अहिले सय रुपैँयामा बिक्री हुँदैन जसले गर्दा अहिले सेयरमा आफ्नो सम्पूर्ण लगानी गर्ने मानिसहरुको घरमा रुवाबासी चलिरहेको छ । खरिद गर्ने कोही छैन भने बिक्री गर्न चाहाने मानिसहरु हजारौँ भेटिन्छन् । त्यस्तै यता २ वर्षअघिमात्र ४० लाखमा किनेको जग्गा अहिले ३ लाखमा बिक्दैन र एकवर्ष अघि २० लाखमा किनेको सवारीसाधन अहिले २ लाखमा बिक्री हुँदैन । सहकारीहरुले भने खाली यहँी घरजग्गा, सेयर र गाडीमा लगानी गरयो तर यसरी यी चिजहरुको मूल्य घटेपछि सहकारीबाट ऋण खाने त चुलुम्ब नै डुबे भने सहकारी र बैंकहरु पनि आज डुब्ने अवस्थामा पुगे  ।
त्यसकारण नै पछिल्लो समय वित्तिय संस्थाहरुमा डिपोजिटहरुको लर्को लागिरहेको पाइन्छ । तर बैंकहरु भने डिपोजिटलाई पैसा निकाल्न नदिनका लागि मानिसअनुसार १४ देखि १८ प्रतिशत ब्याज दिन्छु भनिरहेका छन् । भने यता सहकारीहरु पनि मानिसअनुसार २० देखि ३६ प्रतिशतसम्म ब्याज दिन्छु भनेर भनिरहेको कुरा पनि बजारमा सुनिन्छ । अहिले वित्तीय संस्थामा डिपोजिटहरु पैसा निकाल्न गएमा त्यहाँ पानी , चिसो खुवाउने र ब्याज बढाइदिन्छु मात्र भनिरहने भनेर जनता नै बताउँछन् । अहिले पनि कति सहकारीहरुले महंगो ब्याजको प्रलोभनमा जनताको पैसा बजारबाट उठाइ नै रहेका छन्  । कति सहकारीको कार्यसमितिमा बस्ने सञ्चालकहरु सहकारी डुबेर वा भागेर कार्यसमितिबाट मेरो नाम हटाइदिनुस् भनेर सहकारी विभाग दिनहुँ जस्तो धाइरहेका छन् ।
त्यस्तै गरी सहकारीमा सञ्चालकका रुपमा बस्ने मानिसहरु सहकारी डुबेमा आफ्नो सम्पत्ति बेचेर जनताको पैसा फिर्ता गर्नुपर्छ भनेर आफ्नो सम्पत्ति पनि आफ्नो आफन्तको नाममा पास गर्दै छन् भनेर पनि सुन्नमा आएको छ । अहिले सहकारीमा न अध्यक्ष नै भेटिन्छ न सञ्चालक नै । सहकारीमा काम गर्ने कति कर्मचारीहरु एकवर्ष देखि तलब नपाएको र घरधनीहरुले पनि एकवर्ष देखि भाडा नपाएको भनेर गुनासो गर्छन् ।
सहकारीमा पैसा राख्ने मानिसहरु अहिले सहकारीमा गएर ब्याज चाहिँदैन बरु साँवा मात्रै दिनुस् भनेर भनिरहेका छन् तर सहकारीहरु पैसा फिर्ता दिँदैनन् । पछिल्लो समय सहकारीहरुको यस्तो स्थिति वा अवस्था देखेर जनता र व्यापारीहरुले पनि सहकारीमा पैसा राख्न छोडिसकेका छन् । तर बजारबाट कति बजार प्रतिनिधिहरुले धेरै थोरै जनताको पैसा उठाइ रहेका छन् तर उनीहरु त्यो रकम कार्यालयमा नलगी आफ्नो तलबको रुपमा काट्दै घरतिर लैजाने भन्ने कुरा पनि सुनिन्छ । पहिला एक सहकारीका एक बजार प्रतिनिधिले दिनहुँ बजारबाट १ लाख देखि ३ लाखसमेत उठाउन्थे भने अहिले दिनहुँ ३ देखि ५ हजार समेत उठाउन सकिदैँन भनेर सहकारी कै कर्मचारी वा बजार प्रतिनिधिहरु बताउँछन् । सहकारीहरुले अहिले ५ हजारको पनि चेक साट्दैन भनेर बजारमा सुनिन्छ । सहकारीका कारण नै धेरै मानिसहरुको पैसा डुब्दै छ र धेरै मानिसहरु सुकुम्बासी हुँदैछन्।
सहकारीमा आफ्नो पैसा निकाल्न मानिसहरु सहकारीमा दिनहुँ धाइरहेका छन् तर सहकारीले पैसा फिर्ता दिँदैन । कति सहकारीहरुले डिपोजिटको पैसा फिर्ता नगरेपछि त्यहाँ आन्दोलन नै सुरु भइसकेको छ । कति सहकारीमा पैसा निकाल्न लहुरो टेक्ने बुढाबूढी देखि बच्चा भएका महिलाहरु पनि धाइरहेका छन् । अब झन् सहकारीहरुको अवस्था नाजुक हुने छ किनभन्दा अब जनताले सहकारीमाथि विश्वास गर्दैनन् ।
साथै अब सहकारीहरुसँग लगानी गर्ने पैसा पनि हँुदैन । पैसा हुन्जेल पहिला सहकारीका अध्यक्ष वा सञ्चालकले जनतालाई मिटरब्याजमा पैसा लगाएर वा दिनको १ लाखको १ हजार ब्याज लिएर र १ लाख ऋण दिएमा ७० हजार दिने र ३० हजार सुरुमै ब्याज काट्ने गरेर ठगे । यसरी यिनीहरुले जनतालाई ठग्नसमेत ठगेका छन् । तर जनताको नै पैसा जनतालाई नै सस्तो ब्याजमा कर्जा प्रवाह नगरी महंगो ब्याज र सेवाशुल्कमा लगानी गरे । यिनीहरुले जनताले राखेको पैसाको भने थोरै ब्याज दिने तर त्यहँी पैसा कर्जामा लगानी गरेर घुस खाने र महंगो ब्याज खाने गर्छन् ।
सहकारी वा बैंकबाट महंगो ब्याजमा ऋण लिएका मानिसहरुले ऋण तिर्न नसकेर सहकारी र बैकले उनीहरुको धितो नै सबै खाइदिएका छन् । जसले गर्दा मानिसहरुले आत्महत्या पनि गरे र भाग्न पनि सुरु गरे । पहिलापहिला गाउँघरमा रहेका शोषक वा सामान्तीहरुले १ लाख पैसा दिएमा १० लाखको तमसुक गराउँथे र गरिबीको घरजग्गा नै सबै खाइदिन्थे । अहिले सहकारी र बैंकहरुले पनि ठ्याकै त्यही काम गर्न सिके र गरे । बैंकले १ करोडको धितो छ भने ४० देखि ५० लाख रुपैँया दिने तर त्यसमा पनि धितो रोक्का गरेर वा १० प्रतिशत घुस खाएर । साथै १८ प्रतिशत ब्याज र २ प्रतिशत सेवाशुल्कमा लिने र ६ कित्ता नतिर्ने बित्तिकै कालोसुचीमा राखेर वा पत्रिकामा निकालेर त्यो १ करोडको धितो ५० देखि ६० लाखमा नै खाइदिने गर्छन् । पछिल्लो समय मिटरब्याज कै कारण आमनागरिकहरु माइतीघरमा आन्दोलन गरिरहेका छन् ।
त्यस्तै सहकारीले १ करोडको धितो छ भने ७० देखि ८० लाख कर्जा प्रवाह गर्ने तर त्यसमा पनि १० लाख घुस, सेवाशुल्क ५ प्रतिशत र २० प्रतिशत ब्याज भनेपनि लिनेसमयमा ४२ प्रतिशत लिने गर्छन् । साथै ३ कित्ता नतिरेमा त्यो धितो नै सबै खाइदिने गर्छन् । बैंक र सहकारी भनेको जनता ठग्ने संस्था हुन् भनेर अहिले जनता नै बताउँछन् । त्यसकारण जनताहरु पछिल्लो समय यिनीहरुमाथि विश्वास गर्दैनन् । वित्तिय संस्था भनेको नै जनतालाई लुट्न र ठग्न खोलिएको संस्था हो भनेर जनताको मनमा छाप परिसकेको छ ।

प्रकाशित मिति: असोज १० २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्

  • सहकारीले बिल्लीबाठ

    ‘टोल टोलमा सहकारी, घर घरमा धानको भकारी’ भनेर सरकारले सहकारी दर्ताका लागि प्रोत्साहन गर्यो । सहकारीलाई अर्थतन्त्रको तीन खम्बा भनियो । देशमा ३५ हजार...

    • ६ दिन अगाडी
    • ६ मिनेट पाठ
  • चाडपर्वको उमङ्गसँगै विद्यार्थीले एक महिने बिदाको सदुपयोग कसरी गर्ने ?

    नेपाली समाज विविध धर्म, संस्कृति, परम्परा र संस्कारले समृद्ध छ । हाम्रा चाडपर्वहरू मनोरञ्जन र खुसी साटासाट गर्ने अवसर मात्र नभई पारिवारिक आत्मीयता, सामाजिक...

    • २ हप्ता अगाडी
    • ४ मिनेट पाठ
  • ‘देखावटी र मौसमी अनुगमन’ पनि भएन यसपटक

    नेपालीको महान् चाड दशैं ढोकैमा छ । तर, यो दशैंमा पनि बजारमा सरकारको शून्यता देखियो । विगतमा दशैं आउँदा मात्र बजारमा सरकार देखिन्थ्यो ।...

    • ३ हप्ता अगाडी
    • ६ मिनेट पाठ
  • दशैं-तिहार र चुनावमा मात्रै गाउँ फिर्ने ?

    दशैं मान्नका लागि काठमाडौं उपत्यका छोड्नेको संख्या बढ्दो छ । व्यापार व्यवसाय, रोजगारी, शिक्षा लगायतका कारणले उपत्यका बसिरहेकाहरु धमाधम गाउँ फर्किरहेका छन् । उपत्यकाका...

    • ३ हप्ता अगाडी
    • ७ मिनेट पाठ
  • अक्षरको नोबेल यात्रा

    -तोमनाथ उप्रेती स्टकहोम जाने विमान बादलमाथि उडिरहेको थियो। तल पृथ्वी थियो। माथि आकाश। बीचमा म। तर त्यो दिन मेरो यात्रा स्विडेनतर्फ मात्र थिएन। म अक्षरतर्फ...

    • ४ हप्ता अगाडी
    • १० मिनेट पाठ
  • धरानमा छतबाट लडेर मृत्यु, खोल्सीमा खसेर अर्का बालक पनि गम्भीर

    धरानः धरानमा घरको छतबाट लडेर एकजनाको मृत्यु भएको छ । धरान–१५ मा घरको छतबाट खसेर १० महिनाको बालक काइरम श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ...

    • ४ हप्ता अगाडी
    • २ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend