हामी सर्वसाधारण बिरामी भएर उपचारका निम्ति सरकारी अस्पतालमा गएमा त्यहाँ न भनेको समयमा टिकट नै काट्न पाइन्छ न बेड नै पाइन्छ । सरकारी अस्पतालमा उपचारका लागि टिकट काट्नु परेमा राती नै गएर लाइनमा बस्नुपर्छ तर पनि पालो नपाएमा वा टिकट सिधिँएमा टिकट पाइदैँन । यसरी सरकारी अस्पतालमा टिकट काट्ने समयावधि तोकिदिँदा जनतालाई निकै सास्ती भइरहेको छ ।
त्यसैले अब स्वास्थ्य मन्त्रालय वा स्वास्थ्य विभागले सरकारी अस्पतालहरुको टिकट काउण्टर २४ घण्टै खुल्ला हुने व्यवस्था मिलाउनुपर्छ । साथै पैसा नभएका वा आर्थिक कमजोर भएकाहरुलाई पनि सरकारले निःशुल्क उपचारको व्यवस्था मिलाउनुपर्छ । मान्छे कतिखेर बिरामी हुन्छ र कतिखेर कुन रोग लाग्छ भनेर कसैलाई थाहा हुदैँन ।
त्यसैले अब सरकारी अस्पतालले २४ घण्टै जनतालाई सेवा दिनुपर्छ । आर्थिक कमजोर भएका , अशिक्षित वा पहुँच नभएका मानिसहरु नै सरकारी अस्पतालमा उपचार गर्न जान्छन् । तर सरकारी अस्पतालका डाक्टर वा नर्सहरु बिरामीसँग राम्रो बोलीबचन गर्दैनन् वा छिटोछरितो रुपमा उपचार गर्दैनन् , जसले गर्दा सर्वसाधारणहरु ऋण खोजेर भएपनि उपचारका लागि निजी अस्पताल नै जाने गर्छन् ।
एउटा उदाहरण नै भन्दा, काठ्माडौँको मिनभवन स्थित रहेको सिभिल अस्पतालमा सर्वसाधारणहरु उपचार गर्न गएमा त्यहाँका डाक्टर, नर्सहरु बिरामीसँग राम्रोबोली बचन गर्दैनन् र उपचार पनि छिटोछरितो रुपमा गर्दैनन् । साथै सर्वसाधारणलाई भर्ना गरेर अपरेसन गर्नुगरेमा त्यहाँ बेड वा डाक्टर नै छैन भनिन्छ र बिरामीको अपरेसन गर्नका लागि पनि कि त भन्सुन गर्नुपर्छ होइन भने पालो कुर्नुपर्छ ।
सरकारले आर्मीपुलिस र उनीहरुका घरपरिवारका लागि निःशुल्क स्वास्थ्य सेवा वा औषधी दिने भनेर छुट्टै अस्पताल बनाएको छ साथै सरकारी कर्मचारीले पनि सिभिल अस्पतालमा उपचार गरेमा उनीहरुलाई वा उनीहरुको घरपरिवारलाई ५० प्रतिशत सहुलियत दिइन्छ , त्यस्तै उपचार वा अपरेसन पनि तुरुन्तै गरिन्छ र बेडको व्यवस्था पनि तुरुन्तै मिलाइन्छ ।
सरकारी कर्मचारीहरु बिरामी भएर सिभिल अस्पतालमा आउनेबित्तिकै त्यहाँका डाक्टरनर्सहरु पनि उनीहरुसँग राम्रो बोलीबचन गर्ने गर्छन् र उपचार पनि छिटोछरितो रुपमा गर्ने गर्छन् । तर हामी सर्वसाधारणहरु बिरामी भएर उपचार गर्न जाँदा त्यहँी डाक्टरनर्सहरु हामीसँग राम्रो बोलीबचन गर्दैनन्, समयमै उपचार गर्दैनन् वा उपचार गर्दा लापरबाही गर्छन् ।
सरकारी कर्मचारीहरु जनताले तिरेको करबाट तलबभत्ता खान्छन्, पोसक लगाउँछन्, सरकारी गाडी चढ्छन्, देशविदेशी घुम्छन् तर यिनीहरुलाई नै सरकारले उपचारमा सहुलियत प्रदान गर्छ, निःशूल्क बीमा गराउँछ । तर यता सर्वसाधारणहरु भने राज्यलाई कर तिर्छन्, देश विकास गर्न योगदान पुप्याउँछन् तर यिनीहरुलाई नै सरकारले केही सहुलियत प्रदान गर्दैन ।
न त उपचारमा नै सहुलियत प्रदान गर्दछ न त निःशूल्क बीमा नै गराइदिन्छ । आर्थिक कमजोर भएका वा गरिब मानिसहरुले त सरकारी अस्पतालमै पनि केही छुट पाएका हुदैँनन् । उनीहरुले न उपचार खर्चमा नै छुट पाउँछन् न औषधीमा । सरकारले सरकारी कर्मचारीलाई जहाँ पनि सहुलियत प्रदान गर्छ तर सर्वसाधारणलाई भने सेवा दिने नाममा जहाँ पनि ठग्छ । चाँहे त्यो स्वास्थ्य क्षेत्र नै होस् या शिक्षा ।
पछिल्लो समय त सरकारी अस्पतालमै उपचार गर्न पनि कि त भन्सुन गराउनुपर्छ होइन भने पहुँच हुनुपर्छ । त्यसैले अब सर्वसाधारण जनता उपचार गर्न कता जाने , सरकार ? हामी सर्वसाधारण आफ्नो बालबच्चालाई राम्रो शिक्षादीक्षा नदिई, एक छाक मिठो खाना खान नदिई राज्यलाई कर तिछौँ तर हामीले नै भनेको समयमा उपचार पाउँदैनौँ, उपचारखर्चमा छुट पाउँदैनौँ वा औषधीमा सहुलियत पाउँदैनौँ ।
क्े हामी तै जनता होइनौँ र ,सरकार ? हामी सर्वसाधारणले तै राज्यलाई कर तिरेका छैनौँ र । सरकारी अस्पतालमा आफन्तजनलाई उपचार गराउन जाँदा त्यहाँ उपचार गर्न आएका बिरामीहरु बेड नपाएर भुइँमै सुतिरहेका हुन्छन् वा एउटै बेडमा ५ जनासम्म बिरामी राखिरहेको पाइन्छ ।
त्यस्तै अस्पताल आएको महिनौँ दिन हुँदा पनि बिरामीले उपचार पाएका हुदैँनन् । जनताले नै तिरेको करबाट सरकारी अस्पतालका डाक्टरदेखि देशका राष्ट्रपति ,प्रधानमन्त्रीले तलबभत्ता खान्छन् तर जनताको नै बाँच्ने अधिकार सुरक्षित गर्दैनन् । पैसा वा पहुँच हुनेले त निजी अस्पतालमा उपचार गर्छन् तर आर्थिक कमजोर भएको मानिस त सरकारी अस्पतालमा उपचार गर्न आउँछन् नि त ।
सरकार, जनतासँग कर उठाउने, अनि उपचार गर्नमा पनि भेदभाव गर्ने । के गरिब, अशिक्षित जनताले तै कर तिरेका छैनन् र , के गरिबले तै मतदान गरेका छैनन् र । तर किन गरिबलाई नै स्वास्थ्यदेखि शिक्षासम्म नै भेदभाव । डाक्टरले पनि शिक्षित वा पेसा हुने मानिस देखेमा राम्रो बोलीबचन गर्ने गर्छन् वा उपचार गर्ने गर्छन् तर आर्थिक कमजोर भएको मानिस देखेमा उपचार गर्न टाइम नै छैन भन्ने गर्छन् ।
पछिल्लो समय सरकारी अस्पतालमा काम गर्ने सरकारी डाक्टरनर्सहरु अस्पताल आउने हाजिर गर्ने, गफसफ गर्ने अनि प्राइभेट क्लिनिकहरुमा गएर काम गर्ने गर्छन् । साथै सरकारी अस्पतालमा उपचार गर्न आएका बिरामीहरुलाई बेड वा डाक्टर छैन भनेर आफ्नो प्राइभेट क्लिनिकमा बोलाउने र महंगो शुल्क लिएर उपचार गर्ने गर्छन् ।
त्यस्तै बिरामीको उपचार गर्दा पनि डाक्टरनर्सले लापरबाही गर्ने र उपचार गर्दा बिरामी मरेमा पनि जिम्मा नलिने वा क्षतिपूर्ति तिर्नुनपर्ने । साथै मरेका मानिसको आफन्तले लापरबाही गर्ने डाक्टरनर्समाथि हातपात गरेमा उल्टै आफन्तजनलाई एकवर्षदेखि ५ वर्षसम्मका लागि जेल हाल्ने ।
यता निजी अस्पतालको त कुरै अलग छ । निजी अस्पतालमा उपचार गर्दागर्दै बिरामी मरेमा अस्पतालले लाज तबसम्म दिदैँन जबसम्म मरेको मानिसको आफन्तले अस्पतालको बिल पुरै तिर्दैन । यदि आफन्तजनसँग अस्पतालको बिल तिर्न पैसा छैन भने अस्पतालले त्यो शव नै फिर्ता गर्दैन । त्यसैले कति मानिसहरुले त पैसा नभएर अस्पताललाई नै शव छोड्दिन्छन् । यसरी निजी अस्पतालहरुले मरेको मानिसको लाजमाथि पनि खेलबाड गर्छन् ।
यता घरपरिवारसँग भएको पैसा पनि उपचार गर्दागर्दै सिधिँन्छ त अर्कोतिर शव पनि पाइदैँन । पछिल्लो समय सरकारी वा निजी अस्पताल सर्वसाधारणको लागि सेवा गर्ने थलो नभई डाक्टरनर्सले राजनिति गर्ने थलो बनिरहेको छ ।
स्वास्थ्य मन्त्री भवानी प्रसाद खापुङले पनि सर्वसाधारणलाई निःशूल्क स्वास्थ्य सेवा प्रदान गर्नुपर्छ र जनताको बाँच्ने अधिकार सुरक्षित गर्नुपर्छ भनेर केही पहल गरेका छैनन् । उल्टै व्यापारीसँग कमिशन खाएर वा अस्पताल माफियाहरुको फाइदा लागि काम गरेर बसिरहेका छन् भनेर सुिनन्छ ।
पछिल्लो समय त अस्पतालमा समेत राजनिति वा पहुँच छिरेको पाइन्छ । साथै कति डाक्टर नर्सहरुले त राजनितिक पार्टीको सदस्यता लिएको वा आगामी निर्वाचनका लागि आफ्नो पेसा नै छोडेको समेत सुनिन्छ वा देखिन्छ । पहिलापहिला त डाक्टरलाई भगवान्को नाम दिइन्थ्यो तर अहिले त डाक्टरकै लापरबाहीका कारण कतिले आफ्नो ज्यान गुमाएका छन् ।
आर्थिक कमजोर भएकाहरुको पनि उपचार गर्नुपर्छ र उनीहरुको पनि बाँच्ने अधिकार सुरक्षित गर्नुपर्छ भनेर डाक्टरनर्सले नसोच्दा अहिले कति मानिसहरु पैसा नभएकै कारण रोग पालेर बसिरहेका छन् त कति मरिरहेका छन् । डाक्टरनर्सको अगाडी पुग्नुअघि नै पैसा चाहिन्छ वा टिकट काट्नुपर्छ तर पैसा छैन भने टिकट पनि काट्न पाइदैँन र उपचार पनि पाइदैँन ।
के पैसा हुनेले मात्र बाँच्न पाउने हो , सरकार । के पैसा छैन भने उपचार नै नपाउने । त्यसो भए पैसा नहुने मानिससँग तै किन भोट लिएको , किन कर तिर्न लगाएको । पहिला तै भोट पनि लिने, कर पनि तिराउने तर उपचार गर्न जाँदा तै पहिले पैसा माग्ने । कति मानिसहरु त उपचारका निम्ति ऋण लिएर २ देखि ३ दिनको बाटो हिडेर अस्पताल आउने गर्छन् । तर अस्पतालले भनेजति पैसा नतिरेसम्म उपचार गरिदैँन ।
डाक्टरनर्सहरु बिरामीलाई एउटा रोग लागेमा अर्को रोगको चेकजाँच गर्न लगाउँछन्, औषधी पनि आवश्यकभन्दा बढी किन्न लगाउँछन् र त्यो औषधी किन्न लगाएबापत पनि औषधी पसलबाट कमिशन खान्छन् । अहिले सर्वसाधारण वा आर्थिक कमजोर भएका मानिसहरुका लागि स्वास्थ्य धेरै महंगो भएको छ । भनिन्छ, स्वास्थ्य नै जीवन हो तर स्वास्थ्य नै यति महंगो भएपछि अब सर्वसाधारणहरु कसरी बाँच्ने । अब त पैसा वा पहुँच हुने बाँच्न पाउँछन् भने गरिब मानिस सिटामोल किन्ने पैसा नभएर मर्छन् ।
सरकारी अस्पतालका डाक्टरनर्सहरु बिरामीको उपचार गर्दैनन् , मोबाइलमा आफन्तजनसँग घण्टौँ गफ गरेर बस्छन् , टिकटक बनाएर वा फेसबुक चलाएर बस्छन् तर मर्न लागेको बिरामीको उपचार गर्दैनन् । सरकारी कर्मचारीहरु जसरी कार्यालय आएर हाजिर गर्नेबित्तिकै घरतिर दौडिन्छन् त्यसरी नै पछिल्लो समय सरकारी अस्पतालका डाक्टरनर्सहरु अस्पताल आउने हाजिर गर्ने अनि आफ्नो निजी क्लिनिकतिर दौडिने गर्छन् ।
नेपालका राजनितिक दलका नेताहरु नेपालका डाक्टरनर्सहरु सिकारु छन् वा नक्कली सर्टिफिकेट लिएर डाक्टरनर्स भएका हुन् भनेर उपचार गर्न विदेशी दौडिन्छन् । तर सर्वसाधारणको ज्यानमाथि खेलबाड गर्ने डाक्टरनर्सलाई कारबाही गर्न कुनै ऐनकानुन बनाउँदैनन् । साथै यता प्राइभेट अस्पतालमा त रोग नै नलगेको मानिसलाई पनि अपरेसन गरेर महंगो पैसा तिराइन्छ र मरेको मानिसलाई पनि भ्यान्टिलेशनमा राखेर पैसा कमाइन्छ ।
आगामी मसिंर ४ गतेको चुनावका लागि राजनितिक दलहरुले जनतासित भोट मागिरहेका छन् तर निजी अस्पतालको ठगीधन्दा र सरकारी अस्पतालको लापरबाहीको विरुद्ध कोही बोलेका छैनन् । कति निजी अस्पतालहरुमा राजनितिक दलकै लगानी रहेको पाइन्छ , त्यसैले पनि उनीहरुले सर्वसाधारणलाई उपचार गर्ने नाममा जति ठगेपनि राजनितिक दलहरु केही बोल्दैँनन् ।
सरकारी अस्पतालका डाक्टरनर्सहरु पनि सर्वसाधारणको छिटोछरितो रुपमा उपचार गर्दैनन् तर जनताले तिरेको करबाट तलबभत्ता खान्छन् । नेपालका धनी वा पहुँच हुने मानिस ज्वरो आएमा पनि विदेशमा उपचार गर्न जान्छन् तर नेपालकै अधिंकाश आर्थिक कमजोर भएका मानिसहरु ज्वरो आउँदा सिटामोल किन्ने पैसा नभएर मर्छन् ।
साथै कति सरकारी अस्पताल वा निजी अस्पतालमा सर्वसाधारणहरु उपचार गर्न जाँदा त्यहाँका डाक्टरनर्सहरुले बिरामी वा बिरामीको आफन्तजनलाई थाहैनदिई मिर्गौला निकालेको पनि सुनिन्छ । अहिले त सरकारी वा निजी अस्पतालमा सर्वसाधारणहरु उपचार गर्न जानेबाटै डराउँछन् । किनभन्दा डाक्टरनर्सहरु नै सर्वसाधारणलाई मार्नतिर लागिपरेका छन् र बिरामीको मिर्गौला निकालेर कमाउन थालेका छन् ।
साथै यता प्रत्येक दिन सरकारी अस्पताल लथालिंग हुदैँ गइरहेको छ भने निजी अस्पताल खोल्ने संख्या बढिरहेको छ । डाक्टरनर्सहरुले पनि आफुले पढ्दा गरेको लगानी छिटै उठाउन वा कमाउन सर्वसाधारणहरु बिरामी हुँदा चर्को शूल्क लिएर ठगीरहेका छन् । जनता जन्मिएर नमर्नुन्जेल सरकार, डाक्टरनर्सलाई कमाउने भाँडो भइरहेको छ । हामी सर्वसाधारण जन्मिँदा कर तिर्नुपर्छ , बाँच्नुन्जेल पनि कर नै तिर्नुपछृ, भोट हाल्नुपर्छ र मर्दा पनि कर तिर्नुपर्छ तर हामीमाथि नै खेलबाड गरिन्छ ।
यस्तै यता औषधी बनाउने कम्पनीहरुले पनि कम गुणस्तरीय वा खानयोग्य नभएका औषधीहरु बनाउने र त्यस्ता औषधीहरु डाक्टरनर्सहरुले पनि कमिशन खाएर ल्याउने र जनतालाई बेच्ने । यसरी स्वास्थ्यकर्मीहरु नै जनताको स्वास्थ्यमाथि खेलबाड गर्छन् ।
त्यस्तै यता सरकारले जनतालाई भनेर जनस्वास्थ्य कार्यालयमा राखेको निःशूल्क औषधीहरु पनि त्यहाँका डाक्टरनर्स मिलेर निजी अस्पतालमा बेच्छन् तर जनतालाई दिदैँनन् । सर्वसाधारणले निःशूल्क औषधी मागेमा सिधिँएको भनिन्छ र बाहिरबाट किन्न लगाइन्छ ।
साथै अस्पतालमा आएका सामानहरु पनि बेचेर कमिशन खाने र अस्पतालमा भएका नयाँ सामान पनि बिग्रियो भनेर घरतिर लैजाने क्रम बढिरहेको पाइन्छ । डाक्टरनर्सहरु जनता र राष्ट्रप्रति जिम्मेवार नभई कमाउ धन्दातिर लाग्छन् अनि सर्वसाधारणले उपचार कसरी पाउँछन् । साथै अस्पतालमा आवश्यक पर्ने सामानहरु व्यापारीहरुसँग किनेर कमिशन खान्छन् । कति फार्मेसीहरु त दर्ताबिनै चलिरहेका छन् तर तिनीहरुको अनुगमन छैन
पछिल्लो समय बजारमा मिसावट, खानयोग्य नरहेका वा गुणस्तरहीन सामानहरुको बिक्री वितरण धेरै हुने भएकाले बच्चादेखि बुढोसम्मलाई अनेकथरी रोग लागेको हुन्छ तर उपचार गर्ने पैसा नभएर उनीहरु रोग पालेर बसिरहेका हुन्छन् त कोही मरिरहेका हुन्छन् । त्यसैले अब सरकारले स्वासथ्य सेवा निःशूल्क गर्नुपर्छ र जनतालाई सहुलियत प्रदान गर्नुपर्छ ।