Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

आज प्रदेश-१ मा सार्वजनिक बिदा

हाम्रो कोशी आवाज
कार्तिक २४ २०७९, बिहिबार
आज प्रदेश-१ मा सार्वजनिक बिदा

धरानः प्रदेश नं. १ का वन, वातावरण तथा भू–संरक्षण मन्त्री शेखरचन्द्र थापाको निधन भएको शोकमा आज सरकारले सार्वजनिक बिदा दिएको छ । मन्त्री थापाको बुधबार उपचारका क्रममा निधन भएपछि सरकारले बिहीबार १ नं. प्रदेशभरि सार्वजनिक बिदा दिएको हो ।

गत असोज २४ गतेदेखि निमोनिया र डेंगुको उपचार गराइरहेका थापाको बुधबार विराटनगरको नोबेल मेडिकल कलेजमा विराटनगरमा निधन भएको थियो ।

प्रदेश सरकारले आज एक दिन झण्डा आधा झुकाउने पनि निर्णय गरेको छ । थापा ४ मंसिरमा हुने मोरङ क्षेत्र ३ को प्रदेशसभा ‘१’ बाट नेपाली कांग्रेसको उम्मेदवार थिए ।

प्रदेशसभाको उम्मेदवार रहेका थापाको निधन भएपछि निर्वाचन आयोगले उक्त क्षेत्रमा नयाँ उम्मेदवारी मनोनयन गर्नको लागि नेपाली कांग्रेसलाई आज र भोलीको समय दिएको छ ।

प्रकाशित मिति: कार्तिक २४ २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend