सुनसरीः सुनसरीको इटहरी उपमहानगरपालिका–४ कोशी लोकमार्गस्थितमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा संखुवासभा आँखीभुई ८ घर भई इटहरी–२ हलगडा बस्दै आएका २७ वर्षीय सरोज कार्की रहेका छन् ।
धरानबाट इटहरीतर्फ आउँदै गरेको को३२प ४६१३ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिँदा घाइते भएका साइकल यात्री कार्कीको उपचारको क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।
घटनामा संग्लन ठक्कर दिने मोटरसाइकल चालक संखुवासभा धर्मदेवीका ३० वर्षीय प्रेम शेर्पा तत्काल फरार रहेकोले खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।