Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

महंगी बढेर अति भो त सरकार ?

अनुषा थापा
माघ २४ २०७९, मंगलबार
महंगी बढेर अति भो त सरकार ?

नेपाली बजारमा दैनिक प्रयोग हुने सामानको मूल्य निरन्तर उकालो लागेको छ । दैनिक सामानको भाउ बढ्दै गएको छ । तर घट्ने छाटकाट देखिँदैन । पसलैपिच्छे एउटै समानको फरक फरक मूल्य तोकिएको छ । व्यापारीले आफ्नो मनलाग्दी भाउ राखेर खाद्यान्न सामानहरूको बिक्री वितरण गर्दै आएको पाइन्छ ।
उद्योग मन्त्रालयले पनि उत्पादक कम्पनीले हरेक सामानको मूल्य तोक्ने अधिकार दिएको छ । कुनै पनि सामानमा घाटा खाएर उत्पादकले सामानको मूल्य तोक्दैनन् । एउटा सानो पाउरोटीको मूल्यसमेत नेपाल सरकारले तोक्न पाएको छैन । तर, उद्योग मन्त्रालयले सामानको रेट राख्ने अधिकार उद्योग व्यवसायीलाई किन दियो ?
सरकारको निर्णयले उपभोक्ताहरू महँगीको चपेटामा परेको छन् । बजारमा सरकारको अधीन रहनुपर्ने र हरेक सामानको मूल्य यसका मातहतका निकायले तोक्नुपर्ने भए पनि सरकारले बेवास्ता गरेको छ । जसले गर्दा उद्योग व्यवसायीले आफ्नो मनलाग्दी भाउ राखेको पाइन्छ ।
यहाँ सरकारभन्दा शक्तिशाली उद्योग व्यवसायी देखिन्छन् । देशैभरि समिति भएको उद्योग व्यवसायी महासङ्घले भनेअनुसार काम गर्छन् । हरेक जिल्ला सङ्घ खोलेको उद्योग व्यवसायी महासङ्घ जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको छ । यी सङ्घहरू संस्था ऐन २०३४ अन्तर्गत दर्ता भएका छन् ।
देशमा जति पनि गैर सरकारी संस्थाहरू छन् यी सबै यही ऐन अन्तर्गत दर्ता भएर सञ्चालित छन् । सङ्घको सङ्घ उद्योग व्यवसायी महासङ्घ संस्था ऐन २०१८ अन्तर्गत दर्ता भएको छ । अधिकांश सङ्घसंस्थाहरू यही ऐनमा दर्ता भएका छन् भने यो ऐनमा दर्ता भएको संस्थाहरूमा वर्षौँदेखि सिन्डिकेट कायम छ ।
सरकारले यो ऐनलाई खारेज गरेर कम्पनीमा लैजाने हो भने राज्यको ढुकुटीमा अर्बौँ रुपैयाँ राजस्व जम्मा हुन्छ । विदेशीले ऋण हरेक नेपालीको टाउकोमा ५८ हजार पुगिसक्यो । नेपालको उत्पादनमा ह्रास आइरहेको छ । सबै भारत वा तेस्रो मुलुकबाट सामान आयात गरिरहेको छौँ । अधिकांश सामान बाहिरबाट आयात हुन्छ ।
देशमा उब्जनी भएका पनि मनलाग्दी भाउ तोकिएको छ । तर, सरकारलाई यस विषयमा केही चासो छैन । न उनीहरू कहिले अनुगमनको लागि निस्केको देखिन्छन् । सामानको अचाक्ली रूपमा भाउ बढ्दा गरिब, बिहान कमाएर बेलुका छाक टार्ने र बेरोजगारहरूलाई चुलो बाल्न धौ धौ परेको छ ।
मूल्य त मनलाग्दी छ तर गुणस्तर पनि मनलाग्दी नै तोकिएको छ । यसबारे पनि सरकार मौन छ । नेपालका नाम प्रचलित सुपर मार्केटका सामानका मूल्य पनि सोही स्टोरले तोकेको छ । कम सामान र स्टिकर राखेर मनलाग्दी पैसा असुलेको छ ।
उपधोक्ताहरु पनि आफूले प्रयोग गर्ने सामान कतिको गुणस्तर छ ? मूल्य सरकारले तोकेको हो कि होइन ? म्याद नाघेको छ कि छैन ? भनेर हेर्दैनन् । नेपालमा जति पनि उपभोक्तावादी सङ्घसंस्थाहरू छन् ती सबै आफ्नो प्रचार गर्ने काम मात्र गर्छन् ।
बजारमा भएको महँगी र कालोबजारीलाई नियन्त्रणमा ल्याउन गृहमन्त्रीले जिल्ला प्रमुखहरूलाई निर्देशन दिएको सुनिदैन् । सरकारको कमजोरीले जनताले महँगीको मार भोगिरहेको छन् । व्यवसायीहरूले पनि मनलाग्दी रेट राखेर जनता ठगिरहेको छन् । यता दैनिक भान्सामा पाक्ने हरियो सागसब्जीको कालीमाटीमा एउटा रेट छ खुद्रामा अर्को ।
माछा मासु, दही, दूधको पनि पसल नै पिच्छे छुट्टै भाउ तोकिएको छ । लत्ताकपडामा पनि त्यस्तै छ । एउटै ब्रान्डको लुगा पसलेको बोलीमा तोकिएको छ । बजारमा महँगीको सीमा नाघिसक्यो, बेरोजगार जनताहरू भोक भोकै मर्नुपर्ने भएको छ । सरकार पनि छ र ? भन्ने प्रश्न हरेक नेपाली जनताको मनमा उब्जिएको छ । सर्वसाधारणको सरकार हो भनेर सरकारले नै विश्वास दिलाउन सकेको छैन । महँगी कहिले नघट्ने नै हो सरकार ?

प्रकाशित मिति: माघ २४ २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्

  • सहकारीले बिल्लीबाठ

    ‘टोल टोलमा सहकारी, घर घरमा धानको भकारी’ भनेर सरकारले सहकारी दर्ताका लागि प्रोत्साहन गर्यो । सहकारीलाई अर्थतन्त्रको तीन खम्बा भनियो । देशमा ३५ हजार...

    • ५ दिन अगाडी
    • ६ मिनेट पाठ
  • चाडपर्वको उमङ्गसँगै विद्यार्थीले एक महिने बिदाको सदुपयोग कसरी गर्ने ?

    नेपाली समाज विविध धर्म, संस्कृति, परम्परा र संस्कारले समृद्ध छ । हाम्रा चाडपर्वहरू मनोरञ्जन र खुसी साटासाट गर्ने अवसर मात्र नभई पारिवारिक आत्मीयता, सामाजिक...

    • २ हप्ता अगाडी
    • ४ मिनेट पाठ
  • ‘देखावटी र मौसमी अनुगमन’ पनि भएन यसपटक

    नेपालीको महान् चाड दशैं ढोकैमा छ । तर, यो दशैंमा पनि बजारमा सरकारको शून्यता देखियो । विगतमा दशैं आउँदा मात्र बजारमा सरकार देखिन्थ्यो ।...

    • २ हप्ता अगाडी
    • ६ मिनेट पाठ
  • दशैं-तिहार र चुनावमा मात्रै गाउँ फिर्ने ?

    दशैं मान्नका लागि काठमाडौं उपत्यका छोड्नेको संख्या बढ्दो छ । व्यापार व्यवसाय, रोजगारी, शिक्षा लगायतका कारणले उपत्यका बसिरहेकाहरु धमाधम गाउँ फर्किरहेका छन् । उपत्यकाका...

    • ३ हप्ता अगाडी
    • ७ मिनेट पाठ
  • अक्षरको नोबेल यात्रा

    -तोमनाथ उप्रेती स्टकहोम जाने विमान बादलमाथि उडिरहेको थियो। तल पृथ्वी थियो। माथि आकाश। बीचमा म। तर त्यो दिन मेरो यात्रा स्विडेनतर्फ मात्र थिएन। म अक्षरतर्फ...

    • ३ हप्ता अगाडी
    • १० मिनेट पाठ
  • धरानमा छतबाट लडेर मृत्यु, खोल्सीमा खसेर अर्का बालक पनि गम्भीर

    धरानः धरानमा घरको छतबाट लडेर एकजनाको मृत्यु भएको छ । धरान–१५ मा घरको छतबाट खसेर १० महिनाको बालक काइरम श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ...

    • ४ हप्ता अगाडी
    • २ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend