धरनः आउँदो वर्ष २०८० को विजयादशमी कार्तिकमा परेको छ । आउँदो वर्ष कार्तिक ७ गते विजयादशमी र कार्तिक २९ गते भाइटिका परेको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलका अनुसार कात्तिक ४ गते फूलपाती, ५ गते महाष्टमी, ६ गते महानवमी, कात्तिक ७ गते विजयादशी परेको छ । यस्तै, समितिका अनुसार कात्तिक २७ गते लक्ष्मीपूजा र कात्तिक २९ गते भाइटीका परेको छ ।
यसपालि कात्तिक १३ मा मनाइएको छठ पर्व २०८० सालमा भने मंसिर ३ गते परेको छ । मलमासकै कारण २०८० सालको चैते दशैँ २०८१ मा पुगेको समितिले जनाएको छ । मलमास अर्थात् अधिक वर्षका कारण यस्तो भएको उनले जानकारी दिए । साउन महिनामा मलमास सुरु हुने भएकाले साउन कृष्णपक्ष पछाडिका सबै चाडपर्व १५ देखि १९ दिनसम्म पछाडि धकेलिएको उनले बताए ।