Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

टियुले २६ वर्ष पुराना विद्यार्थीलाई मौका परीक्षा

हाम्रो कोशी आवाज
फाल्गुन १ २०७९, सोमबार
टियुले २६ वर्ष पुराना विद्यार्थीलाई मौका परीक्षा

धरानः त्रिभुवन विश्वविद्यालयले स्नातक तहमा भर्ना भए पनि प्रयोगात्मक परीक्षामा अनुपस्थित भएका कारण उत्तीर्ण हुन नसकेका २६ वर्ष पुराना विद्यार्थीलाई मौका परीक्षाको अवसर दिएको छ ।
परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले तीन वर्षे स्नातक तहअन्तर्गत व्यवस्थापन, शिक्षाशास्त्र, मानविकी तथा सामाजिकशास्त्र र विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गत भर्ना भएका विद्यार्थीलाई यस्तो मौका दिएको हो ।
हाल स्नातक तहअन्तर्गत सम्पूर्ण सङ्काय चार वर्षे भइसकेको छ । तीन वर्षे शैक्षिक कार्यक्रममध्ये जुन सङ्कायमा भर्ना भएको भए पनि पहिलो, दोस्रो वा तेस्रो वर्षमा प्रयोगात्मक परीक्षा दिनबाट छुटेका परीक्षार्थीलाई मौका दिइएको हो ।
परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार २०५३ सालदेखि भर्ना भएका तर प्रयोगात्मक परीक्षा रोकिएका सबै परीक्षार्थीले यो मौका परीक्षामा सहभागी हुन पाउनेछन्।
मौका परीक्षामा सहभागी हुन चाहनेले आगामी फागुन ९ गतेभित्र सम्बन्धित क्याम्पसमा परीक्षा फाराम भर्नुपर्ने पनिकाले जनाएको छ। साथै सम्बन्धित विद्यार्थीले पूरा गर्नुपर्ने प्रयोगात्मक परीक्षा, परियोजना कार्य तथा शिक्षण अभ्यासलगायतका सम्पूर्ण कामको प्रक्रिया पूरा गरी आगामी चैत १५ गतेभित्र सोको विवरण बुझाउन पनि पनिकाले निर्देशन दिएको छ ।

प्रकाशित मिति: फाल्गुन १ २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend