Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नेपाललाई लगातार चौथो सफलता

हाम्रो कोशी आवाज
फाल्गुन १९ २०७९, शुक्रबार
नेपाललाई लगातार चौथो सफलता

आइसीसी लिग २ एक दिवसीय त्रिकोणात्मक सिरिजअन्तर्गत पपुवा न्यु गिनीविरुद्धको खेलमा नेपालले तीन विकेट लिएको छ।

दुबई इन्टरनेशन क्रिकेट स्टेडियममा पीएनजीले टस जितेर ब्याटिङ गरेको पीएनजीले २२ ओभरको समाप्तीमा ३ विकेट बनाएर ८७ रन बनाएर खेलिरहेको छ।

नेपालका लागि सन्दीप लामिछानेले एक विकेट लिए। ओपनर टोनी उरा र किपलिन डोरिगाले पहिलो विकेटका लागि ४२ रनको साझेदारी गरे।

सन्दीपले ११ औँ ओभरको तेस्रो बलमा किपलिनलाई एलबीडब्लु धरापमा पार्दै उनीहरुको साझेदारी तोडेका हुन्।

पीएनजीका मुख्य ब्याटर सेसे बाउ ११ रनमा रन आउट भए। बाउलाई कुशल मल्लको बलमा विकेट किपर आशिफ शेखले रन आउट गराए।

टोनी उरा ३९ रनमा सोमपाल कामीको बलमा क्याच आउट भए। ५१ बलको सामना गरेका टोनीले २ चौका र १ छक्का हाने।

पछिल्लो पटक कप्तान असद भालालाई कुशल मल्लले पवेलियन फर्काएका छन्। १९ बलमा ११ रन बनाएको अवस्थामा भाला कुशलको एलबीडब्लु धरापमा परेका हुन्।

नेपालले पछिल्लो समय दबाब बढाउँदै लाँदा पीएनजीको टप अर्डर धर्मराएको छ। ताजा अवस्थामा पीएनजीले २३ ओभर खेल्दै ४ विकेटको क्षतिमा ९१ रन बनाएको छ।

प्रकाशित मिति: फाल्गुन १९ २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend