Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

विद्यार्थीमा कुलतको लत

हाम्रो कोशी आवाज
बैशाख १२ २०८०, मंगलबार
विद्यार्थीमा कुलतको लत

-किशोर पराजुली
घटना : १
कक्षा ९ मा अध्ययनरत दुर्ई जना विद्यार्थी विद्यालयको विहानी कोचिङ कक्षा पश्चात विद्यालय परिसरमा रहेको शौचालय भित्र धुम्रपान गरिरहेको अवस्थामा भेटिए । अभिभावकलाई फोन सम्पर्क मार्फत जानकारी गराउँदा अभिभावक स्वयम् आश्चर्यमा परे ।
घटना : २
विद्यालयको पठनपाठन पश्चात ४ बजे पछि कक्षा ५ मा अध्ययन गर्ने १० वर्षीय विद्यार्थीले विद्यालयबाट केही परको पसलबाट विद्यालय पोशाकमै चुरोट खरीद गरिरहेको जानकारी विद्यालयका एक सचेत अभिभावकबाट जानकारी पाइयो ।
घटना : ३
कक्षा ८ मा अध्ययनरत १४ वर्षीय दुई विद्यार्थी विहान विद्यालयमा मद्यपान गरी आफुलाई सम्हाल्न नसक्ने अवस्थामा आइपुगे । पछि सोधपुछ गर्दा विहानै ६ बजे केही पर रहेको पसलबाट खरीद गरी नजिकै बसेर दुवैजनाले सँगै खाएको जानकारी पाइयो ।
घटना : ४
कक्षा १० मा अध्ययनरत विद्यार्थीको शरीर खानतलासी गर्दा करीब ५ जना विद्यार्थीको शरीरको भित्री अंग र जुत्ताको तलुवामा सुर्तीजन्य पदार्थहरु लुकाइ राखेको भटियो । सोधपुछ गर्दा नजिकैको पसलबाट खरीद गरेको जानकारी पाइयो ।
माथि उल्लेखित घटना हिजो आज विद्यालयहरुमा सामान्य जस्तै लाग्न थालिसकेका छन् । विद्यालयका शौचालयहरुमा सुर्तीजन्य पदार्थका खाली प्याकेटहरु, अनावश्यक शब्दहरुले रंगिएका विद्यालयका भित्ताहरु त सामान्य उदाहरणहरु नै भए । विहानी कक्षाहरुमा पनि विद्यालय आउनु पूर्व धुम्रपान गर्ने विद्यार्थीको संख्या त अझ आँकलन गर्न कठीन छ । विद्यालयका विद्यार्थी यसरी दलदलमा पर्दै गरेको अनुभव गर्दा कुन शिक्षक तथा अभिभावकहरुको मन नकुडिएला र ? हिजो आज यस्ता क्रियाकलापहरु दिनानुदिन निरन्तररुपमा बढ्दै गएको अनुभव पनि हामी सजिलै गर्न सक्छौँ । यसरी समयको गतिशील बहावसँगै हाम्रा विद्यालयहरुमा अध्ययनका लागि प्रवेश गर्ने कलिला विद्यार्थीह यस्ता गतिविधिहरुमा फस्दै जाँदा हामीले ती विद्यार्थीमा अपेक्षित असल र सरल व्यवहारहरुको कल्पना गर्न सक्छौँ होला त ? सगरमाथा झैँ विराट प्रश्नहरु जन्मिन्छन् हाम्रा सामु ।
अनुसन्धानले के भन्छ ?
नेपाल लगायत अन्तर्राष्ट्रिय स्तरमा विद्यालय तहका विद्यार्थीमा सुर्तीजन्य पदार्थको प्रयोग सम्बन्धी गरिएका अनुसन्धान तथा सर्वेक्षणहरुले पनि के देखाएका छन् भने करीव ७ वर्षको उमेर देखिनै विद्यार्थीले सुर्तीजन्य पदार्थको प्रयोग गर्न थाल्दछन् । यसैगरि १३ र १४ वर्ष उमेरका विद्यार्थीमा यस्ता दुव्र्यसनी बढी देखिन्छ । सन् २०१४ मा दक्षिण एशियाली देशहरुमा १४ वर्ष समूहका विद्यालय तहका विद्यार्थीमा गरिएको सर्वेक्षणले करीब ६ प्रतिशतले सुर्तीजन्य पदार्थको प्रयोग गर्ने देखाएको छ र यो क्रम ६ वर्षको अन्तरालमा निकै बढेको अनुमान गर्न सकिन्छ । कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीमा यसको प्रयोग धेरै बढी नै देखिन्छ । सन् २०१८ मा सर्लाहीको हरिवन नगरपालिकाको १५ देखि १७ वर्षका उमेर समूहका १० जोड २ सञ्चालित ४ वटा विद्यालयका विद्यार्थीमा गरिएको सर्वेक्षणले करीब २२ प्रतिशत विद्यार्थीले कुनै न कुनै प्रकारको सुर्तीजन्य पदार्थको प्रयोग गरेको पाइएको छ । त्यसै गरि यस्ता दुव्र्यसनमा परेका सामन्यतः ८८ प्रतिशत विद्यार्थीले सुर्तीजन्य वस्तुहरु जस्तै पराग, पुकार, गुट्खा, चुरोट नजिकैका पसलहरुबाट किन्ने गरेको, ३८ प्रतिशत विद्यार्थीले विद्यालय नजिकैका पसलहरुबाट र ३१ प्रतिशतले होटल, क्याफेहरुबाट किन्ने गरेको पाइएको छ ।
सबैभन्दा बढी विद्यार्थी आफ्नै साथीसंगीहरुको प्रभावमा परी अनुभव लिनका लागि शुरु गर्दै दुव्र्यसनमा पर्ने गरेका छन् । त्यस पछि घरमा आमा बाबुले सुर्तीजन्य पदार्थ, मद्यपान गर्ने गरेका कारण पनि बालबालिकाहरुले सुर्तीजन्य पदार्थहरु प्रयोग गर्ने पाइएको पनि अध्ययन अनुसन्धानहरुले देखाएका छन् ।
कसरी बचाउने त विद्यार्थीलाई यो दलदलबाट ?
अभिभावकले आफ्ना बालबालिकालाई उनीहरुको सुनौलो भविष्यको सुन्दर कल्पनाका साथ विद्यालय अथवा शिक्षकहरुको जिम्मा लगाउँछन् । उनीहरुलाई समान व्यहार प्रदान गर्दै सिकाइ क्रियाकलापहरुमा संलग्न गराउनु शिक्षकहरुको दायित्व हो । तर हाम्रो सामाजिक परिवेश, विद्यार्थीको विद्यालय र घरको वातावरण र अन्य साथीसंगीहरुको संगतका कारण हाम्रा विद्यार्थी यसरी नजानिंदो तरिकाले लागुपदार्थको दुव्यसनमा परिरहेका छन् ।
भनिन्छ रोग लागेपछि उपचारको बाटो खोज्नु भन्दा पहिले रोग लाग्न नदिन सजग रहनु पर्दछ । अब हामीसंग दुई वटा अभिभारा छन् ः हाम्रा बालबालिकाहरुलाई यस प्रकारको दुव्र्यसनमा पर्न नदिन सजगता अपनाउनुपर्ने र दुव्र्यसनमा परिरहेका विद्यार्थीलाई त्यो दलदलबाट निकाल्ने ।
यी कार्यमा सफलता हासिल गरी उनीहरुको उज्ज्वल भविष्यको सुनिश्चितताको लागि हामीले निम्न कार्यहरु गर्नु जरुरी देखिन्छ :
– कानुनको प्रभावकारी कार्यान्वयन
सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन ऐन २०६८ ले व्यवस्था गरे अनुरुप कुनै पनि सार्वजनिक स्थलहरुमा धुम्रपान तथा मद्यपान गरे एकसय रुपैंया जरिवाना र सार्वजनिक स्थलहरु जस्तै विद्यालय, अस्पताल, हेल्थपोष्ट, बालबालिका स्याहार केन्द्र जस्ता स्थानहरुको सय मिटर वरिपरि सुर्तीजन्य पदार्थहरु बेचबिखन गर्न निषेध गरिएको छ । अटेर गरे त्यस्ता वस्तुहहरु जफत गर्नुका साथै १० हजार देखि एक लाख रुपैंया सम्म जरिवाना गर्न सक्ने व्यवस्था छ । तर विद्यालयसंगै जोडिएका पसलहरुमा यस्ता वस्तुहरु खुलेआम विक्री भइरहेका छन् । विद्यालय समयमै विद्यालय पोशाकमै निशेषित वस्तुहरु बिक्री गर्ने कार्य भइरहेको छ । यसलाई सम्बन्धित निकायहरु प्रहरी प्रशासन, स्थानीय निकायहरुले प्रभावकारी ढंगले नियन्त्रय गर्नु जरुरी छ ।
यो व्यवस्थालाई हामीले जहिले सम्म कार्यान्वयन गर्न सक्दैनौं तब सम्म यो समस्या ज्युँ का त्यँु रहने कुरा अवस्यंभावी छ ।
– अभिभावक, शिक्षक र विद्यार्थीबीच सुदृढ सम्बन्ध ।
विद्यार्थीको आनीवानी र व्यवहार परिवर्तनको हामीले धेरै ख्याल राख्नु पर्दछ । घरमा आमाबाबुले आफ्ना बालबालिकाको सरसंगत कस्तो छ । विद्यालयबाट घर र घरबाट विद्यालय समयमा आए नआएको सम्बन्धमा नजिकबाट निगरानी राख्नुपर्दछ । उनीहरुलाई समय समयमा दुव्र्यसनी र यसका प्रभावको बारेमा जानकारी पनि दिनु आवश्यक छ ।
शिक्षक अभिभावक बीच विद्यार्थी बारेमा निरन्तर सम्वाद र सञ्चारको अवस्थालाई सुदृढ गर्ने र विद्यार्थीसंग पनि उत्तिकै रुपमा सुदृढ सम्बन्ध राखेमा उनीहरु कुलतमा पर्ने सम्भावना हुँदैन । शिक्षक विद्यार्थी सम्बन्ध कमजोर भएका कारण पनि यस्ता गतिविधि बढ्ने गरेका उदारहणहरु पनि विभिन्न अनुसन्धानहरुबाट थाहा पाउन सकिन्छ ।
– विद्यार्थीको सहयोगमा पहिचान र सचेतना कार्यक्रम
विद्यालयमा विद्यार्थी शिक्षक र अभिभावकहरु संलग्न रहेको एउटा Counseling team तयार गर्न सकिन्छ जसले विद्यालयमा अध्ययन गर्ने विद्यार्थी र दुव्र्यसनमा पर्न लागेका सम्भावित विद्यार्थीलाई आवश्यक सहयोगमा पहिचान गरी Anti smoking सम्बन्धी सचेतना मूलक कार्यक्रमहरु निरन्तर रुपमा गर्न सकोस् । यस कार्यमा विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघले पनि महत्वपूर्ण भूमिका खेल्न सक्छ । धेरै विद्यार्थीले अभिभावकको सिको गरेको कारण पनि धुम्रपानको लतमा लाग्ने हुनाले अभिभावक सचेतना पनि उत्तिकै जरुरी छ । अनुसन्धानहरुले पनि सामूहिक छलफल र व्यक्तिगत परामर्श पनि समस्या समाधानमा प्रभावकारी हुने कुरा देखाएका छन् ।
– दुव्र्यसन विरुद्ध हरेक शिक्षक र अभिभावकको प्रतिवद्धता
विद्यालय भित्र हुने विद्यार्थीका दुव्र्यसनका गतिविधिहरुको विरुद्ध विद्यालयमा अध्यापनरत हरेक शिक्षकहरु प्रतिवद्ध रहनु आवश्यक छ । यो काम विद्यालय प्रशासनको हो हामीले यसमा किन धेरै चासो राख्नुप¥यो र भनी पन्छ्याउने काम हुँदा यस विरुद्धको अभियानमा हामी चुक्न सक्छौं । त्यसकारण यस प्रकारका कार्यहरुको निरन्तर अनुगमनमा हरेक शिक्षक र अभिभावक लगायतको साथ रहे यस्ता क्रियाकलापहरु घटेर जान सक्छन् ।
यसरी विद्यार्थीलाई यस्ता गतिविधिहरुबाट बचाउन सबैको भूमिका उत्तिकै हुन्छ । विद्यालय तथा अभिभावकहरुको तर्फबाट विद्यार्थीको हरेक गतिविधिहरुको निगरानी राखी उनीहरुलाई निरन्तर परामर्श गर्ने र मौजुदा नियमहरुको प्रभावकारी कार्यान्यनको लागि स्थानीय तहले पहल गरे यो समस्यालाई कम गर्न सकिन्छ ।

प्रकाशित मिति: बैशाख १२ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्

  • सहकारीले बिल्लीबाठ

    ‘टोल टोलमा सहकारी, घर घरमा धानको भकारी’ भनेर सरकारले सहकारी दर्ताका लागि प्रोत्साहन गर्यो । सहकारीलाई अर्थतन्त्रको तीन खम्बा भनियो । देशमा ३५ हजार...

    • ६ दिन अगाडी
    • ६ मिनेट पाठ
  • चाडपर्वको उमङ्गसँगै विद्यार्थीले एक महिने बिदाको सदुपयोग कसरी गर्ने ?

    नेपाली समाज विविध धर्म, संस्कृति, परम्परा र संस्कारले समृद्ध छ । हाम्रा चाडपर्वहरू मनोरञ्जन र खुसी साटासाट गर्ने अवसर मात्र नभई पारिवारिक आत्मीयता, सामाजिक...

    • २ हप्ता अगाडी
    • ४ मिनेट पाठ
  • ‘देखावटी र मौसमी अनुगमन’ पनि भएन यसपटक

    नेपालीको महान् चाड दशैं ढोकैमा छ । तर, यो दशैंमा पनि बजारमा सरकारको शून्यता देखियो । विगतमा दशैं आउँदा मात्र बजारमा सरकार देखिन्थ्यो ।...

    • ३ हप्ता अगाडी
    • ६ मिनेट पाठ
  • कोशी प्रदेशबाट १८ विद्यालय छानिए

    धरानः दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर कार्यान्वयनमा ल्याइएको बेला सो योजनाका लागि कोशी प्रदेशका १८ वटा विद्यालय छनोटमा परेका...

    • ३ हप्ता अगाडी
    • २ मिनेट पाठ
  • विद्यार्थीले देखाए पेट्रोल र ब्याट्री दुवैबाट कुदने मोटरसाइलकल

    धरानः मनमोहन प्राविधिक विश्वविद्यालयको आंगिक शिक्षालय मनमोहन पोलिटेक्निकका विद्यार्थीहरुले आफूले निर्माण गरेका विभिन्न प्राविधिक परियोजनाहरू प्रदर्शन गरेका छन् । पोलिटेक्निकको सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रिक एण्ड इलेक्ट्रिोनिक्स,...

    • ३ हप्ता अगाडी
    • ३ मिनेट पाठ
  • दशैं-तिहार र चुनावमा मात्रै गाउँ फिर्ने ?

    दशैं मान्नका लागि काठमाडौं उपत्यका छोड्नेको संख्या बढ्दो छ । व्यापार व्यवसाय, रोजगारी, शिक्षा लगायतका कारणले उपत्यका बसिरहेकाहरु धमाधम गाउँ फर्किरहेका छन् । उपत्यकाका...

    • ३ हप्ता अगाडी
    • ७ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend