Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पक्राउ परेको १२ दिनपछि पति बालकृष्णलाई भेट्न प्रहरी कार्यालय पुगिन् मञ्जु खाण

हाम्रो कोशी आवाज
जेष्ठ ८ २०८०, सोमबार
पक्राउ परेको १२ दिनपछि पति बालकृष्णलाई भेट्न प्रहरी कार्यालय पुगिन् मञ्जु खाण

काठमाडौं :नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पाठइदिने भन्दै नेपाली नागरिकबाट पैसा असुलेर भएको ठगी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई उनकी पत्नी मञ्जु खाणले भेटेकी छन्।
बालकृष्ण पक्राउ परेको १२ दिनपछि पत्नी मञ्जु खाण उनलाई भेट्न जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासत कक्ष पुगेकी हुन्। पति बालकृष्णलाई भेट्न मञ्जु सोमबार बिहान जिल्ला प्रहरी परिसर टेकु पुगेकी थिइन्।
मञ्जुले पति खाणलाई पक्राउ परेपछि पहिलोपटक भेटको खाणनिकट स्रोतले जानकारी दिएको छ।
गत वैशाख २७ गते खाण आफ्नै निवास मैजुबहालबाट पक्राउ परेपछि मञ्जु भने सम्पर्कविहीन थिइन्। उनको मोबाइल समेत अफ थियो। तर हिरासत बसेको १२औं दिनपछि बल्ल उनी श्रीमान् भेट्न टेकु पुगेकी हुन्।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको प्रकरणमा खाणसहित १६ जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुविरुद्धको सुरुवात अनुसन्धान सकेर प्रहरीले सोमबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाउने तयारी गरेको छ।

प्रकाशित मिति: जेष्ठ ८ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend