Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

विश्वकप छनोट: नेपालको शानदार ब्याटिङ‚ जिम्बावेविरुद्ध बनायो २९० रन

हाम्रो कोशी आवाज
असार ३ २०८०, आइतबार
विश्वकप छनोट: नेपालको शानदार ब्याटिङ‚ जिम्बावेविरुद्ध बनायो २९० रन

जिम्बावेमा आज आइतबार शुरु भएको विश्वकप छनोट चरणको खेलमा नेपालले जिम्बावेलाई जितका लागि २९१ रनको लक्ष्य दिएको छ।

टस जितेर घरेलु टोली जिम्बावेले फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्दै ओभरमा ८ विकेटको क्षतिमा २९० रन बनाउँदै घरेलु टोलीलाई जितका लागि २९१ रनको लक्ष्य दिएको हो।

नेपाली ओपनर जोडी कुशल भूर्तेल र आशिफ शेखले पहिलो विकेटका लागि शतकीय साझेदारी गर्दै नेपालको ठूलो स्कोरको आधार तयार पारे। भूर्तेल र आशिफको जोडीले १७१ रनको साझैदारी गर्‍यो।

​१३ चौका र २ छक्का हानेका भूर्तेल नर्वस नाइन्टीको शिकार भए र १ रनले शतक बनाउनबाट चुके। ९५ बल खेलेका उनी व्यक्तिगत ९९ रनमा ३२औं ओभरमा नेपालको पहिलो विकेटका रुपमा आउट भए।

सय बल खेलेर ७ चौका हिर्काएका आशिफ पनि व्यक्तिगत ६६ रनमा आउट भए। नेपालको दोस्रो विकेटका रुपमा उनी ३४औं ओभरमा आउट हुँदा नेपालको स्कोर १७४ रन थियो।

२९ बलको सामना गरेका कप्तान रोहित पौडेल ३१ रनको पाली खेलेर पवेलियन फर्किए। ५ चौका ठोकेका पौडेल ४४औं ओभरमा आउट हुँदा नेपालको स्कोर ३ विकेटमा २ सय ४६ रन थियो।

भूर्तेल आउट भएपछि क्रिजमा आएका कुशल मल्लले २१ बलको सामना गरेर ३ छक्का र २ चौकाको सहायतामा ४१ रन हिर्काए। उनी ४५औं ओभरमा आउट हुँदा नेपालको स्कोर ४ विकेटमा २५५ रन थियो।

यसपछि आरिफ शेख ११ बलमा १० रन बनाएर ४७औं ओभरमा पाँचौं विकेटका रुपमा आउट भए। नेपालको स्कोर २८३ रन हुँदा छंठौं विकेटका रुपमा अलराउन्डर गुलशन झा आउट भए।

४९औं ओभरमा नेपालको ७औं विकेट भीम सार्कीका रुपमा खस्यो। उनी पहिलो बलमै रिभर्स स्विप गर्दा विकेटकिपरबाट क्याच आउट भए। त्यसवेला नेपालको स्कोर २८३ रन नै थियो।

करण केसी २ रनमा र सोमपाल कामी शून्य रनमा अविजित रहे।

घरेलु टोली जिम्बावेका लागि रिचर्ड एनगरावाले ४ विकेट‚ वेलिङटन मासाकाराज्दाले २ विकेट तथा टेन्डाई चटारा र ब्लेसिङ मुजराबानीले १/१ विकेट लिए।

प्रकाशित मिति: असार ३ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको विजयपुरः ‘माल पाएर चाल नपाएको’ ठाउँ

    -राजकुमार दिक्पाल केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले...

    • १० घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • मेस्सीका छोरा खेल्दैछन् फुटबल

    धरानः लियोनल मेस्सीका जेठा छोरा थियागो हाल १३ वर्षका भए । मेस्सीले खेल्ने अमेरिकी क्लब इन्टर मियामीको एकेडेमीमा मिडफिल्डरको रूपमा खेल्ने थियागोले बुबाकै प्रतिष्ठित...

    • ३ दिन अगाडी
    • ८ मिनेट पाठ
  • धरानका प्रमोद राईले बंगलादेशमा दक्षिण एशियाली खेलमा जितेर आए

    धरानः धरानका प्रमोद राईले बंगलादेशमा आयोजित दक्षिण एशियाली अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा जितेर आएका छन् । एसियाली कराते महासंघको सहकार्यमा बंगलादेशमा हालै सम्पन्न दक्षिण एसियाली कराते...

    • ४ दिन अगाडी
    • ३ मिनेट पाठ
  • रास्वपाकी सांसद नै आएर बाँडिन् सुकुम्बासीलाई धनीपुर्जा

    धरानः अर्जुनधारा नगरपालिका-११ लक्ष्मीधापका १७ जना अव्यवस्थित बसोबासीले जग्गाधनी दर्ता प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् । जिल्ला भूमि समस्या समाधान समिति झापाले अर्जुनधारा नगरपालिकाको...

    • ४ दिन अगाडी
    • २ मिनेट पाठ
  • धरानमा मेजर श्रवणकुमार लिम्बूको स्मृतिमा डिपो बास्केटबल हुने

    धरानः डिपोट सेकेन्डरी स्कुल, धरान-१८ को आयोजनामा ५ औं मेजर श्रवणकुमार लिम्बू स्मृति डिपो बास्केटबल कप–२०८३ आगामी श्रावण १५ देखि १९ गतेसम्म सञ्चालन हुने...

    • ६ दिन अगाडी
    • २ मिनेट पाठ
  • धरानको पिण्डेश्वरमा लोकल बम

    धरानः धरानमा पहिलाकै जस्तै गरी पहेंलो बस्त्रधारण गरी ‘बम’ (बोलबम) देखिएका छन् । पहिलो सोमबार लोकल (स्थानीय) भक्तजन त्यहाँ पुगेका हुन् । प्रत्येक वर्ष...

    • ७ दिन अगाडी
    • २ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend