Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

एसईई परीक्षाको नतिजा असार १८ गते सार्वजनिक हुने

हाम्रो कोशी आवाज
असार १० २०८०, आइतबार
एसईई परीक्षाको नतिजा असार १८ गते सार्वजनिक हुने

धरान:राष्ट्रिय परीक्षा बोर्डले वर्ष २०७९ को एसईई परीक्षाको नतिजा असार १८ गतेभित्र निकाल्ने तयारी गरेको छ । नतिजाका लागि अन्तिम तयारी भइरहेको बोर्डले जनाएको छ ।
कार्यालयका डेपुटी कन्ट्रोलर भक्त गोदारका अनुसार विद्यार्थीको प्राप्तांक इन्ट्रीको काम सकिएको छ भने अहिले अन्तिम चरणमा अंक पुनर्जाँचको काम भइरहेको छ । यसपटकको एसईईमा नयाँ ग्रेडिङ प्रणाली लागु हुने वा नहुनेबारे निर्णय हुन बाँकी रहेको गोदारले बताए ।
सरकारले गत वर्षको एसईई नतिजामा नै लागु गर्ने गरी ‘लेटर ग्रेडिङ निर्देशिका, २०७८’ तयार पारेको थियो । निर्देशिकाअनुसार सैद्धान्तिकतर्फ ३५ भन्दा कम अंक ल्याउने विद्यार्थीको नतिजामा अवर्गीकृत ९नन ग्रेडेड० लेखिने र मूल प्रमाणपत्र नदिने व्यवस्था छ ।
तर, गतवर्ष कोरोना महामारीको असरका कारण पठनपाठन सहज नभएको र विद्यार्थीमा मार पर्ने भन्दै बोर्डले पुरानै ग्रेडिङ प्रणालीअनुसार नतिजा निकालेको थियो । योवर्ष भने के गर्ने भन्नेबारे बोर्डमा छलफल चलिरहेको गोदारले बताए ।
२०७९ चैत १७ गतेदेखि भएकोे एसईईमा चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी थिए ।

प्रकाशित मिति: असार १० २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्

  • कोशी नदीमा सबै मोटरबोट तत्काल सञ्चालन रोक

    धरानः सप्तकोशी नदीमा आवश्यक कानुनी व्यवस्था, दर्ता प्रक्रिया र चालकको अनुमतिपत्रबिनै मोटरबोट सञ्चालन हुँदै आएको पाइएको छ। मोटरबोट सञ्चालनको नियमन, प्राविधिक अवस्था तथा सुरक्षासम्बन्धी विषयमा...

    • ५ दिन अगाडी
    • ४ मिनेट पाठ
  • सुनसरीमा हत्या गरेर शव कार्पेटमा पोको पारेर फाल्ने समातिए

    धरानः प्रहरीले विगत ४० वर्षदेखि विराटनगरमा बस्दै आएका लालजीप्रसाद गुप्ताको हत्या आरोपमा तीनजनालाई पक्राउ गरेको छ । मोरङको विराटनगर महानगरपालिका वडा नं. ६ धरान रोडमा...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • फुटबलमा जित्नेलाई साढे ४ लाख बढीको अलैंची दिइने

    धरानः फुटबल प्रतियोगिताका विजेता तथा उपविजेता टोलीलाई नगदको सट्टा अलैँची पुरस्कार प्रदान गरिने भएको छ। मिक्वाखोला गाउँपालिकाले आगामी मंसिर २ देखि ६ गतेसम्म आयोजना गर्न...

    • ७ दिन अगाडी
    • २ मिनेट पाठ
  • गाँजाको अवैध तस्करीः चुनौतीपूर्ण बन्दै

    धरानः नेपालमा गाँजा खेतीलाई वैधानिकता दिने विषयमा नीतिगत बहस र छलफलहरू चुलिए तापनि व्यावहारिक रूपमा भने अवैध उत्पादन, प्रशोधन र तस्करी दिनानुदिन भयावह बन्दै...

    • ३ हप्ता अगाडी
    • ५ मिनेट पाठ
  • धरानमा लागूऔषधको मुद्दा सबैभन्दा बढी

    धरानः प्रहरी र स्थानीयस्तरबाट लागूऔषध नियन्त्रणका लागि अभियान सञ्चालन भइरहे पनि धरानमा यसको प्रयोग र कारोबार नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको छ । पछिल्लो तीन...

    • ३ हप्ता अगाडी
    • २ मिनेट पाठ
  • अब भूमिहीन सुकुम्बासीलाई जग्गा बाँड्न कानुनी गाँठो फुक्यो

    धरानः भूमिहीन नागरिकको वर्षौंदेखिको समस्या समाधान गर्ने तथा विद्यमान कानुनी अवरोध हटाउने उद्देश्यका साथ राष्ट्रपति रामचन्द्र पौडेलले भूमि र वनसम्बन्धी दुई अध्यादेश जारी गरेका...

    • ३ हप्ता अगाडी
    • ५ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend