Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

थाइल्याण्डलाई २२५ रनले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश

हाम्रो कोशी आवाज
असार १३ २०८०, बुधबार
थाइल्याण्डलाई २२५ रनले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश

धरान: नेपालले थाइल्याण्डविरुद्ध २२५ रनको शानदार विजय हात पार्दै एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको सेमिफाइनल प्रवेश गरेको छ । २७० रनको विजय लक्ष्य लिएर आएको थाइल्याण्ड १३।२ ओभरमा ४४ रनमै अलआउट भयो ।
मलेसियामा जारी प्रतियोगितामा नेपालको यो पहिलो खेल थियो । तर समूह ‘ए’ मा रहेको थाइल्याण्ड दुवै खेलमा पराजित भएपछि नेपाल र मलेसिया सेमिफाइनल पुगेका हुन् । थाइल्याण्ड आफ्नो पहिलो खेलमा मलेसियासँग पराजित भएको थियो ।
बांगीस्थित वाईएसडी यूकेएम ओभल मैदानमा नेपालसामु थाइल्याण्ड निकै फिका देखिएको थियो । सन्तोष यादवले ५ विकेट लिए । उनले ३।२ ओभरमा १ मेडन राख्दै ८ रनमात्र खर्चे । अशोक धामीले ३ ओभरमा २ मेडन राख्दै ४ रन खर्चेर ३ र कप्तान अविषेक तिवारीले ४ ओभरमा १ मेडन राख्दै २१ रन खर्चेर २ विकेट लिए ।
यसअघि ओपनिङ जोडि निरज यादव र सुर्यांशु कोइरालाले शतकीय साझेदारी गरेपछि टस जितेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाई २ सय ६९ रन बनाएको थियो । निरज र सूर्यांशुले पहिलो विकेटमा १३ ओभरमा १ सय २६ रन जोड्दै नेपालको विशाल योगफलको आधार बनाएका थिए । निरजले ४३ बलमा ७४ रन बनाए । २१ बलमै अर्धशतक पूरा गरेका उनले कुल ७ चौका र ६ छक्का प्रहार गरे । सूर्यांशुले ५५ बल खेली ३ चौकासहित ४० रन बनाए ।
आशिष लुहार १३ रनमा आउट भए पनि सन्तोष यादव र नरेन भट्टले चौथो विकेटमा ८१ रनको साझेदारी गर्दै नेपालको रनक्रमलाई निरन्तरता दिएका थिए । सन्तोषले ३६ बलमा ४ चौका र १ छक्कासहित ४२ रन बनाए । नरेन ५३ र प्रतिक पोखरेल १ रन बनाई अविजित रहे । नरेनले ४३ बल खेल्दै ५ चौका प्रहार गरे । अशोक धामी ५, अविशेक तिवारी १४, दिप भुजेल ६ र कृतिक कामत शून्य रनमा आउट भए ।

प्रकाशित मिति: असार १३ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend