Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मलेसियालाई २२१ रनले हराउँदै नेपालले जित्यो उपाधि

हाम्रो कोशी आवाज
असार १९ २०८०, मंगलबार
मलेसियालाई २२१ रनले हराउँदै नेपालले जित्यो उपाधि

धरान: नेपालले लगातार तेस्रो पटक एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधि जितेको छ।
मलेसियाको बयुमास ओभलमा आज भएको फाइनलमा आयोजक मलेसियालाई २ सय २१ रनको फराकिलो अन्तरले पराजित गरि लगातार तेस्रो पटक उपाधि जितको हो।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाएर २५२ रन बनायो। नेपालका लािग नरेन भट्टले ८९ बलको सामना गर्दै ११२ रन बनाइ अविजित रहे। उनले १० चौका र २ छक्का प्रहार गरे। नेपालका लागि अर्का ब्याटर निरज कुमार यादवले ४७ रन बनाए। यस्तै सन्तोष यादवले २६ तथा सूर्यांशु कोइरालाले १८ रन जोडे।
मलेसियाका महम्मद अक्रमले सर्वाधिक ३ विकेट लिए भने अरिन अकिल, हजिक हैकल र महम्मद फथुल मुइनले १–१ विकेट लिए।
२ सय ५३ रनको लक्ष्य पछ्याएको मलेसिया १४औं ओभरमा ३१ रन बनाउँदै अलआउट भयो। मलेसियाका लागि मोहम्मल अक्रमको १० रन नै सर्वाधिक रहयो।
मलेसियालाई सस्तैमा समेटन नेपालका कप्तान अविशेक तिवारीले सर्वाधिक ५ विकेट लिए। यस्तै सन्तोष यादवले ३ विकेट लिँदा सागर गैरे र अशोक धामीले १ १ विकेट लिए।

प्रकाशित मिति: असार १९ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend