Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

इन्धनको मूल्य घटेसँगै घट्यो हवाई भाडा, कहाँ जान कति ?

हाम्रो कोशी आवाज
असार १९ २०८०, मंगलबार
इन्धनको मूल्य घटेसँगै घट्यो हवाई भाडा, कहाँ जान कति ?

धरान: नेपाल नागरिक उड्डयन प्राधिकरणले तेस्रो पटक हवाई भाडा समायोजन गरेको छ । नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्यसँगै हवाई इन्धनको मूल्य समेत घटाएपछि प्राधिकरणले हवाई भाडा फ्यूल सर्चाज समेत घटाएको हो । जसअनुसार सबभन्दा धेरै काठमाडौं-धनगढीको भाडा दर ४४० रूपैयाँ घटेको छ। त्यस्तै सबभन्दा कम काठमाडौं-सिमराको ९० रूपैयाँ भाडा घटेको छ।
नयाँ भाडादरअनुसार काठमाडौं माउन्टेन फ्लाइटको भाडा ३४५ रूपैयाँ घटेको छ।
त्यस्तै, काठमाडौं–भद्रपुर भाडा ३ सय रूपैयाँ, काठमाडौं–विराटनगर २४०, काठमाडौं–जनकपुर १३० रूपैयाँ, काठमाडौं–भरतपुर १०५ रूपैयाँ, काठमाडौं–पोखरा १५५ रूपैयाँ घटेको छ।
यस्तै, काठमाडौं–भैरहवा २०५, काठमाडौं–नेपालगञ्जको भाडादर ३२५ रूपैयाँ, काठमाडौं–धनगढीको ४४० रूपैयाँ, काठमाडौं–तुम्लिङटारको १८५ रूपैयाँ, काठमाडौं–सिमराको ९० रूपैयाँ, काठमाडौं–सुर्खेत ३४५ रूपैयाँ, काठमाडौं–राजविराज २०५ रूपैयाँ घटाइएको छ।

प्रकाशित मिति: असार १९ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend