Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा महिलाको हत्या, शव पोको पारी लुकाउने र दबाउने अनेकौं प्रयास, हत्यामा संलग्नलाई घरभित्रै थुनियो, घरबाटै पक्राउ

हाम्रो कोशी आवाज
भाद्र १४ २०८०, बिहिबार
धरानमा महिलाको हत्या, शव पोको पारी लुकाउने र दबाउने अनेकौं प्रयास, हत्यामा संलग्नलाई घरभित्रै थुनियो, घरबाटै पक्राउ

धरानः धरान-१७ मा एक महिलाको हत्या भएको छ ।
धरान-१७ स्थित साउने वस्तीमा आर्थिक लेनदेनको विषयमा महिलाको हत्या भएको पाइएको प्रहरीले जनाएको छ । इटहरी–२ हलगडास्थित वसन्त टोलकी अन्दाजी ४४ वर्षीया यशोदा श्रेष्ठको हत्या भएको पाइएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लले जानकारी दिए । धरान–१७ साउने वस्ती बस्ने टेकबहादुर दर्जीले उनको हत्या गरेको पाइएको प्रहरीले जनाएको छ । दिनभरी आर्थिक लेनदेनको विषयमा कुराकानी भएको र साँझपख कुरा नमिलेपछि उनको हत्या भएको पाइएको प्रहरीको भनाइ छ ।
‘प्रारम्भिक अनुसन्धानमा लेनदेनको विषयमा हत्या भएको पाइएको छ’, उनले भने, ‘अन्य विषयमा थप अनुसन्धान भइरहेको छ ।’ हत्या गरेर दर्जीले शव लुकाउने, दबाउने प्रयास गरेको समेत पाइएको उनले जानकारी दिए । शव दबाउने प्रयास भएको सूचना पाएपछि आफूहरु पुगेर उनलाई घरबाटै पक्राउ गर्न सफल बनेको उनले बताए । प्रहरीका अनुसार हत्या गरिसकेपछि शव तन्नामा पोको पारेर डोको समेत तयारी अवस्थामा राखेको पाइएको छ ।
छिमेकीका अनुसार दर्जीले आफूले शव व्यवस्थापन गर्न लागेको छु, कसैलाई नभन्नु भन्दै आफ्ना सालो भाइलाई भन्न थालेपछि सालो भाइहरु नै मिलेर उनलाई घरभित्र थुनेको र प्रहरीका खबर गरेका थिए । ‘शव पो व्यवस्थापन गर्नुपर्ने भो भन्दै हतारिँदै भनेपछि सालो भाइहरुले नै उनलाई घरको कोठाभित्र थुनेका थिए’, एक स्थानीय भन्छन्, ‘त्यसपछि उनले त्यहाँभित्रै आत्महत्याको प्रयास समेत गरेका थिए, त्यसपछि सालो भाइहरुले नै प्रहरीलाई खबर गरेका थिए ।’
धरान–१७ का वडा सदस्य मनिष विष्टका अनुसार मृतक महिलाको टाउकोको अगाडिको आँखा छेऊको भाग र पछाडिपट्टिको भागमा गहिरो चोट छ । ‘दर्जीले प्रहरीलाई दिएको बयानअनुसार आफूले मुड्की हानेको र भुइँमा बजारिएपछि फेरि मुड्कीले नै प्रहार गरें भनेको पाइयो’, उनले भने ।
प्रहरीका अनुसार महिलाको शरीरको अन्यतिर खासै केही भएको छैन । प्रहरीले पनि घटनास्थलमा कुनै हातहतियार फेला पार्न नसकेको जानकारी दिएको छ । ‘हात हतियार केही भेटिएको छैन, थप अनुसन्धान भइरहेको छ, पछि थप कुरा खुल्नेछ ।’ डिएसपी मल्लले भने ।
स्थानीयका अनुसार दर्जी ससुरालीकै श्रीमतीले घर बनाएपछि जग्गामा विगत केही वर्षदेखि त्यहाँ बस्दै आएका थिए । उनको घर रामेछाप हो । उनी पेशाले सवारी चालक (ड्राइभर) हुन् ।
प्रहरीका अनुसार शव अहिले धरानस्थित बीपी प्रतिष्ठानमा पोष्टमार्टमका लागि ल्याइएको छ । शव परीक्षणको रिपोर्ट आएपछि थप कुरा थाहा हुने प्रहरीले जनाएको छ । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ । घटना बुधबार रातिको हो । प्रहरीले शव बिहीबार बिहानमात्रै उठाएको थियो ।

 

प्रकाशित मिति: भाद्र १४ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्

  • बराहक्षेत्रमा पानीमा उफार्ने खेलको तयारी

    धरानः सुनसरीको बराहक्षेत्रमा स्टोन स्किपिङ च्याम्पियनसिपको चौथो संस्करण हुने भएको छ। विराटनगरमा बिहीबार पत्रकार सम्मेलन गर्दै च्याम्पियन्सीप आयोजक चतरा हाइकिङ समूहका संयोजक भीषण राईले...

    • ७ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • इटहरीमा नेपथ्यसँगै झुमे १० हजार बढी दर्शक

    धरानःनेपाली संगीत क्षेत्रको लोकप्रिय ब्यान्ड नेपथ्यले पहिलोपटक इटहरीमा भव्य सांगीतिक प्रस्तुति दिएको छ । इटहरी रंगशालामा आज (कात्तिक १८ गते) सम्पन्न ‘नेपथ्य इन कन्सर्ट २०२६’...

    • १८ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • जसले पाउँदैछन् सम्मानसहित तीन लाख बढीको पुरस्कार

    धरानः इलामस्थित जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठान (जनेप्र)ले विभिन्न व्यक्तित्वलाई सम्मानित गर्ने घोषणा गरेको छ । प्रतिष्ठानले ‘आदर्श नागरिक सम्मान’ नगद राशि ७७ हजार ७७७...

    • १ दिन अगाडी
    • १ मिनेट पाठ
  • कोशी नदीमा सबै मोटरबोट तत्काल सञ्चालन रोक

    धरानः सप्तकोशी नदीमा आवश्यक कानुनी व्यवस्था, दर्ता प्रक्रिया र चालकको अनुमतिपत्रबिनै मोटरबोट सञ्चालन हुँदै आएको पाइएको छ। मोटरबोट सञ्चालनको नियमन, प्राविधिक अवस्था तथा सुरक्षासम्बन्धी विषयमा...

    • १ हप्ता अगाडी
    • ४ मिनेट पाठ
  • सुनसरीमा हत्या गरेर शव कार्पेटमा पोको पारेर फाल्ने समातिए

    धरानः प्रहरीले विगत ४० वर्षदेखि विराटनगरमा बस्दै आएका लालजीप्रसाद गुप्ताको हत्या आरोपमा तीनजनालाई पक्राउ गरेको छ । मोरङको विराटनगर महानगरपालिका वडा नं. ६ धरान रोडमा...

    • १ हप्ता अगाडी
    • ३ मिनेट पाठ
  • फुटबलमा जित्नेलाई साढे ४ लाख बढीको अलैंची दिइने

    धरानः फुटबल प्रतियोगिताका विजेता तथा उपविजेता टोलीलाई नगदको सट्टा अलैँची पुरस्कार प्रदान गरिने भएको छ। मिक्वाखोला गाउँपालिकाले आगामी मंसिर २ देखि ६ गतेसम्म आयोजना गर्न...

    • १ हप्ता अगाडी
    • २ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend