Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

स्थानीय सरकारलाई अधिकार दिन कन्जुस्याइँ नगरौँः राष्ट्रपति

हाम्रो कोशी आवाज
असोज ९ २०८०, मंगलबार
स्थानीय सरकारलाई अधिकार दिन कन्जुस्याइँ नगरौँः राष्ट्रपति

धरानः राष्ट्रपति रामचन्द्र पौडेलले स्थानीय तह र प्रदेशहरूलाई अधिकार दिन कन्जुस्याइँ गर्न नहुने बताएका छन् । सोमबार जनकपुरधाममा आयोजित नागरिक अभिनन्दन समारोहमा उनले देशका मुख्य शासकले कन्जुस्याइँ नगरी अधिकार दिए देश बदलिन सक्ने बताए ।
‘संघीयताको मर्म अनुसार स्थानीय तह र प्रदेशहरूलाई अधिकार दिन कन्जुस्याइँ भएको छ । अब त्यो हुनु हुँदैन । अब दिल खोलेर जनतालाई अधिकार निश्चित गर्नुपर्छ,’ राष्ट्रपति पौडेलले भने, ‘अधिकार दिन कन्जुस्याइँ गर्नु हुँदैन । खासगरी देशका तीनजना मुख्य शासकहरू प्रचण्ड, ओली र शेरबहादुर देउवाज्यूलाई बोलाएर भन्छु अधिकार दिन कन्जुस्याइँ नगर्नुस् तपाईँहरूले चाहनुभयो भने देश बदलिन सक्छ । ’
निजामती ऐन र प्रहरी समायोजनका लागि पहल गर्नसमेत आग्रह गरेपछि राष्ट्रपति पौडेलले अब सबै अधिकार पाउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले संघीयतालाई बलियो बनाउनका लागि प्रदेश सरकारलाई बलियो बनाउन आवश्यक भएको बताए ।
उनले प्रहरी तथा निजामती ऐन पारितबिनाको प्रदेशको कल्पना गर्न नसकिने हुनाले मधेश प्रदेशको विकासको अवरोध नै यी दुई विधेयकपारित नहुनु रहेको बताए ।

प्रकाशित मिति: असोज ९ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend