Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

दशैंको टिकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:२ बजे

हाम्रो कोशी आवाज
असोज १६ २०८०, मंगलबार
दशैंको टिकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:२ बजे

धरानः नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षकोदशैंको टीकाको साइत सार्वजिनक गरेको छ। समितिका अनुसार दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा रहेको छ।
मंगलबार दशैंसँग सम्बन्धित साइतहरू सार्वजनिक गर्दै समितिले यसबारे जानकारी गराएको हो।
दशैंको सुरुवात असोज २८ गतेबाट हुनेछ। घटस्थापनाको साइत असोज २८ गते बिहान ११ बजेर २९ मिनेटमा रहेको समितिले जनाएको छ।
यस्तै कार्तिक ४ गते शनिबार फूलपाती छ। त्यसदिन तुलजाभवानी यात्रा बिहान ८ बजेर २४ मिनेट बजे शुभ रहेको समितिले जनाएको छ।
कात्तिक ७ गते विजया दशमीका दिन बिहान १० बजेर ३७ मिनेटदेखि देवी विसर्जनको साइत रहेको समितिले जनाएको छ।

प्रकाशित मिति: असोज १६ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend