Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बिडम्वना ! विदेश हिँडिरहेको देश

अनुषा थापा
असोज २६ २०८०, शुक्रबार
बिडम्वना ! विदेश हिँडिरहेको देश

नेपालीहरु विदेशिने क्रम ह्वात्तै बढेको छ । सरकारले रेमिट्यान्सका लागि नेपाली जनता विदेशीलाई बेचिरहेको छ, आफन्तले पैसाका लागि । सरकार जनतालाई जसरी हुन्छ विदेश पठाउने र उनीहरुले पठाएको रेमिट्यान्सले अर्थतन्त्र चलाउने । रेमिट्यान्सले नेपालको अर्थतन्त्र धानिएको छ भन्ने स्पष्ट छ । नेपालीले विदेशमा चर्को घाममा खटिएको पठाएको पैसामा राज्य सञ्चालकहरुले मोजमस्ती गरिरहेका छन् ।
राज्य सञ्चालक र सरकारी कर्मचारीका सेवासुविधा, तलबभत्तालाई ठिक्क भएको छ, रेमिट्यान्स । नेपालीको श्रममा टाठाबाठाहरुले मोज गरिरहेका छन् । यता, विदेश पुगेका नेपालीका आफन्त पनि बसिबसि खाइरहेका छन् । उताबाट एउटाले मरिमरि कमाएर पठाउँछ, यहाँ बसेर पूरै परिवारले मोज गर्छ । कति नेपाली विदेश गए ? गएकामध्ये कति फर्किए ?
कतिले नेपालको नागरिकता त्यागेर त्यहीको नागरिकता लिए ? कति कफिनमा फर्किए ? कति विदेशी जेलमा छन् ? यसको तथ्याङ्क सरकारसँग छैन् । नेपालको जनसंख्याको आधा हिस्सा त विदेशमा छन् । अमेरिका, युरोपदेखि खाडीसम्म नेपाली पुगिसकेका छन् । रोजगारी र पढाइको सिलसिलामा नेपाली हरेक देश पुगेका छन् । तर, तिनलाई नेपालमै रोक्न सरकारसँग कुनै योजना नै छैन् ।
पछिल्लो केही समययता विभिन्न देशबीच भिडन्त भइरहेको छ । एउटा मुलुकले अर्को मुलुकमाथि आक्रमण गरिरहेको अवस्था छ । कुनै देशमा पूरा आर्थिक मन्दी छाएको छ । नेपालीहरु काम नपाएर अलपत्र परेका छन् । मुलुकहरु बीच देखिएके तनावमा नेपाली फसेका छन् । उनीहरु असुरक्षित बनेका छन् । इजरायलमा भएको आक्रमणमा १० जना बढी नेपालीले ज्यान गुमाइसकेका छन् ।
राज्य भनेको जनताको अभिभावक हो । अभिभावकले जहिले पनि आफ्नो सन्तानलाई जोगाउँछन् । तर, नेपाल सरकार ठ्याक्कै उल्टो छ । जसरी हुन्छ, नेपालीलाई विेदश पठाएर रेमिट्यान्स चाहिएको छ । सरकारले मुलुकमा सानोतिनो पेशा व्यवसाय, रोजगारी गरेर जीविकोपार्जन गर्ने व्यवस्थासमेत मिलाउन सकेन् । जसका कारण आज करोडौं नेपाली विदेशी भूमिमा आफ्नो रगतपसिना बगाइरहेका छन् ।
खाडी मुलुक जानका लागि नै पाँच लाख रुपैयाँसम्म लाग्छ । अमेरिका, अष्ट्रेलिया जानका लागि त तिसौं लाख रुपैयाँ खर्च गर्नुपर्छ । त्यो पैसा नेपालमै रोक्न सक्नुपथ्र्यो । विडम्बना, सरकारले त्यति पनि गर्न सकेन् । यही लगानी गर्, यही व्यापार व्यवसाय गर् भनेर सरकारले सिकाउन नै सकेन् । एउटा चिया पसल खोले पनि त आम्दानीको स्रोत हो । त्यो पनि रोजगारी नै हो ।
जनताले एउटा सानो चिया पसल दर्ता गरेपनि राज्यलाई राजश्व आउँछ । लाखौं रुपैयाँ खर्च गरेर बाहिरिनुकोे साटो यहाँ थोरै लगानीमा तरकारी पसल खोल्दा पनि नाफा हुन्छ । भारतीयहरुले नेपालमा आएर तरकारी बेचेका छन् । साइकलमा तरकारी गुडाउँदै हिँड्छन् । एक हजार रुपैयाँको तरकारी किन्छन्, बेलुका एक हजार नाफा कमाउँछन् । महिनाको ३० हजार त यही आम्दानी भइहाल्यो ।
कमाउनका लागि विदेश नै जानुपर्छ भन्ने छैन् । काम सबै समान हुन्छ । विदेश गएर बोटमा पैसा फल्ने होइन् । लगानी लगाएर पनि यहाँभन्दा धेरै श्रम गर्नुपर्छ । त्यसको साटो देशमै केही गरे हुने हो । नेपालीले अमेरिका, अष्टे्रलियालाई स्वर्ग ठान्ने गरेका छन् । त्यहाँ पुगेर के–के हुन्छ ? भन्ने सोच नेपालीमा छन् । कन्सल्टेन्सी, म्यानपावरले पनि देशमा केही छैन्, यहाँ बस्नुहुँदैन् जनतालाई भ्रमित बनाउने कार्य गर्दै आएका छन् ।
देशमा कन्सल्टेन्सी खुल्ने क्रम बढेसँगै विदेश जानेहरुको संख्या पनि उकालो लागेको छ । आफ्नो कमाउधन्दाका लागि कन्सल्टेन्सीहरुले नेपालीलाई बेचिरहेका छन् । मुलुकको राजनीतिक अवस्था ठीक छैन्, व्यापार व्यवसाय गर्ने वातावरण छैन्, पढाइअनुसारको रोजगारी छैन् भन्ने छाप नेपालीको मनमा परेको छ । जुन सरासर गलत छ । गर्न चाहनेलाई नेपाल नै स्वर्ग बनेको थुप्रै उदाहरण छ ।
जहाँ गएपनि दुःख त गर्नुपर्छ । नेपालीलाई विदेश पलायन हुन धकेल्न सरकार पनि हो । सरकार रेमिट्यान्समा लोभिएको छ । तर, त्यसले नेपाललाई पुर्याएको घाटा सरकारले अनदेखा गरेको छ । नेपाली विदेश भाँसिदा मुलुकको हरेक क्षेत्रलाई नोक्सान भएको छ । देशका लागि केही गर्न सक्ने दक्ष जनशक्ति सबै बाहिर छन् । अनि नेपाल पछाडि पर्नु त स्वाभाविकै भयो ।
अर्कोतिर, विदेशी मुलुकबीच देखिएको भिडन्तमा सँधै नेपाली पिल्सिने गरेका छन् । कमाएर ल्याउँछु भनेर परदेश छिरेकाहरुले अकालमा ज्यान गुमाइरहेका छन् । अहिले इजरायल तनावग्रस्त बनेको छ । रोजगारीका लागि हजारौं नेपाली इजरायल पुगेका छन् । तर, यो घटना अहिले मात्र घटेको होइन् । यसअघि अन्य देशमा भिडन्त हुँदा पनि थुप्रै नेपालीले ज्यान गुमाएका थिए ।
तर, सरकारको यसतर्फ ध्यान नै जाँदैन् । अझै नेपालीलाई विदेश पठाउनैतिर लागिपरेको छ । एउटा नागरिक गुमाउँदा मुलुकलाई धेरै क्षति पुग्छ । सरकारले यो कुरा कहिले बुझ्ने ? अहिले इजरायलमा घटेको घटनाप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल, गृहमन्त्री नारायणकाजी श्रेष्ठ र परराष्ट्रमन्त्री एनपी साउँदले दुःख व्यक्त गरेका छन् । यस्तो नौटंकी कहिलेसम्म गर्ने ? गोहीको आँशु झार्नुपर्दैन् । प्रेस विज्ञप्ति निकालेर मरेका नेपाली फिर्ता आउँदैनन् ।
सरकारमा बस्नेहरुले मिडियाबाजी गर्नबाहेक केही जानेका छन् । आफन्त पनि जिम्मेवार हुनुपर्यो । आफ्नै देशमा काम गर भन्न सक्नुपर्यो । जति छ त्यसमै रमाऔं भनेर सम्झाउन सक्नुपर्यो । सबै देखासिकीको पछाडि लाग्दा यो अवस्था बनेको होइन् ? तैलें ठूलो घर बनाउने कि मैले, होडबाजी चलेको छ । सरकार र घरपरिवार नै दलाली छ, अन्यलाई के आरोप लगाउनु ।
नेपालमा बसेर केही हुँदैन् भनेर विदेश जान उक्साउने त घरपरिवार नै हुन् । १२ कक्षा सकाउन पाएको हुँदैन्, पासपोर्ट बनाइदिन्छन् । सरकारलाई जनता लेखट्नुछ, घरपरिवारलाई छोराछोरी । २०४६ सालअघि सरकारले पेट्रोल डिजेलमा एक रुपैयाँ बढायो भने यहाँ ठूलो आन्दोलन हुन्थ्यो । सबै जनता सडकमा उत्रिन्थें । सरकारले बढाएको भाउ तत्काल फिर्ता लिनुपथ्र्यों । सरकारले देश नै बेच्न लागिसक्यो, कोही चुइक्क बोल्दैन् ।
नेपाली बेचिसकेको छ, अब देश बेच्न बेर छैन् । तर, यसको विरोधमा कसले आवाज उठाउने ? नेपालीहरु चुपचाप विदेश भाँसिरहेका छन् । आधाभन्दा धेरै नेपाली बाहिर भएपछि राज्य सञ्चालकहरुको मनोबल बढेको छ । जनता नै छैन् हाम्रो विरोधमा को बोल्ने ? भन्दै उनीहरुले आफ्नो मनोमानी चलाएका छन् । देशको युवक बाहिर पठाएपछि आफ्नो सत्ता ओगट्ने कोही हुँदैन् भन्ने सोच राजनीतिक दलहरुमा छ ।
नेपालमा नेपाली नै छैनन् । छोराछोरी विदेशमा छन्, बुवाआमा नेपालमा । बुवाआमा विदेशमा छन्, बालबच्चा यहाँ । भोलि ती बालबच्चा ठूला हुन्छन्, जाने विदेश नै हो । विदेश गएर बचेकुचेका सबै पार्टीका झोले छन् । कार्यकर्ता भनेका छन्, आफ्नो पार्टीले जे गरेपनि मुखमा दही जमाउँछन्, रमिता हरेर बस्छन् । केही गरेर आफ्नो पनि सत्तामा पुग्ने पालो आइहाल्छ कि भनेर झोलेहरु दाउ छोपेर बसेका छन् ।
होइन् भने, अहिले देशको अवस्था सबैलाई थाहा छ । मँहगीले सीमा नाघिसकेको छ । बजारमा व्यापक आर्थिक मन्दी छ । सर्वसाधारणलाई बिहानबेलुका छाक टार्न समस्या परेको छ । देश भ्रष्टाचारमा लुप्त छ । अन्तर्राष्ट्रिय स्तरम नेपालको बेइज्जत भएको छ । तर, यसको विरोधमा आवाज उठाउने कोही छैन् । नेताहरुलाई सत्ताको हारालुछ गरेरै भ्याइनभ्याइ छ ।
कार्यकर्ताहरुले नेताको झोला बोक्नबाहेक केही जानेका छैनन् । युवाहरु विदेशमा श्रम गरिरहेका छन् । नेपालीहरु विदेश जानुको सबैभन्दा ठूलो फाइदा नेताहरुलाई भएको छ । मनलाग्दी चलाएपनि कसैले प्रश्न उठाउँदैन् । नेतहरुलाई त मस्ती भएको छ । हामी नेपालीलाई देशमा भाँडा माँझ्न लाज लाग्छ । विदेशमा गएर हामीलाई म्यानेजरको जागिर दिने त होइन् ।
उता गएर पनि हामीले त्यही काम गर्ने हो । काम सानो–ठूलो हुँदैन् भन्ने कुरा नेपालीले कहिले बुझ्ने ? विदेश जाने पैसाले यही उद्योग खोलौं, अन्यलाई पनि रोजगारी दिऔं । अरुमाथि आरोप लगाएर मात्र हुँदैन्, आफूमा पनि इच्छाशक्ति हुनुपर्छ ।

प्रकाशित मिति: असोज २६ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको विजयपुरः ‘माल पाएर चाल नपाएको’ ठाउँ

    -राजकुमार दिक्पाल केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले...

    • ५ घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • श्रमदानको ओज

    -बैकुण्ठ दाहाल नेपालको राजनीतिक इतिहासमा धेरै दलहरू स्थापना भए, धेरै नाराहरू उठे, तर आम नागरिकले चाहेको सुशासन, उत्पादनमुखी अर्थतन्त्र र श्रमको सम्मान अझै पनि पूर्णरूपमा...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • डिग्री पास छ तर सर्वसाधारणले पाउँदैनन् जागिर

    जताततै भूपू कर्मचारीको बिगबिगी धरानः सरकारी कार्यालयमा सरकारले प्राइभेट कम्पनीबाट गार्ड नियुक्त गरेको हुन्छ । यता, स्थानीय पालिकाले नगरप्रहरी राखेको हुन्छ । बैंक तथा वित्तिय...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ
  • नजानिँदो सत्ताको अस्थिर चक्रव्यूह

    -कृष्णबहादुर तामाङ “संसदीय अङ्कगणित र जोड घटाउले विकासको गतिलाई सधैँ बन्धक बनाउन सक्दैन । नेपालको सात दशक लामो राजनीतिक अस्थिरताबाट मुक्त हुने सबैभन्दा प्रभावकारी विकल्प...

    • १ हप्ता अगाडी
    • ८ मिनेट पाठ
  • हामी १२ वर्षमा प्रवेश

    धरानः हाम्रो कोशी आवाज डटकम आफ्नो स्थापनाको ११ वर्ष पूरा गरी आज १२ औं वर्षमा प्रवेश गरेको छ । हामी छैटौं वर्ष पूरा गरी...

    • १ हप्ता अगाडी
    • ३ मिनेट पाठ
  • कथा: धुवाँले निलेको सपना

    -तोमनाथ उप्रेती मोरङको दक्षिणी भेग, रतुवामाई नगरपालिका महादेवाको बिहानको आफ्नै सुगन्ध थियो। असारको वर्षापछि धानका बोटहरूमा टल्किने शीतका थोपा मोतीझैँ देखिन्थे। पूर्वबाट उठेको घामको सुनौलो...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend