Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नयाँ लेटर ग्रेडिङअनुसार यसरी छुट्याइयो एसईईको नतिजा, डी ग्रेड प्राप्त नगरेसम्म मूल प्रमाणपत्र नपाउने

हाम्रो कोशी आवाज
असार १४ २०८१, बिहिबार
नयाँ लेटर ग्रेडिङअनुसार यसरी छुट्याइयो एसईईको नतिजा, डी ग्रेड प्राप्त नगरेसम्म मूल प्रमाणपत्र नपाउने

धरानः  माध्यमिक शिक्षा परीक्षा एसईई २०८० को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बिहीवार नतिजा सार्वजनिक गरेको हो ।
योवर्ष एसईईको नतिजार्मा लेटर ग्रेडिङ निर्देशिका, २०७८’ अनुसार विद्यार्थीको ग्रेडिङ गरिएको छ ।
निर्देशिका अनुसार सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत र विद्यालयले गर्ने आन्तरिक मूल्यांकनमा कम्तीमा ४० प्रतिशत ल्याउनैपर्ने व्यवस्था छ । नतिजामा सैद्धान्तिक र प्रयोगात्मक दुवैतर्फको अंकलाई छुट्टाछुट्टै ग्रेडिङ गरिएको छ ।
दुवैतर्फ योभन्दा कम प्रतिशत ल्याउनेको मार्कसिटमा अवर्गीकृत (नन ग्रेडेड) लेखिने र मूल प्रमाणपत्र नदिने व्यवस्था छ । लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार विद्यार्थीको प्राप्तांक प्रतिशतका आधारमा आठवटा स्तरीकृत अंक (जीपीए) र अक्षर ग्रेड (लेटर ग्रेड) छुट्याइएको छ ।
जसमध्ये सैद्धान्तिक र आन्तरिक दुवैतर्फ ९० र सोभन्दा माथि प्रतिशत प्राप्त गर्नेलाई ४.० जीपीए दिइनेछ । ४.० जीपीए ल्याउने विद्यार्थीको ग्रेडिर्ङ ए प्लस’ हुनेछ, यसलाई सर्वोत्तम उपलब्धि मानिएको छ ।
यस्तै ८० देखि ९० प्रतिशत ल्याउनेको जीपीए ३.६ र ग्रेर्ड ए’ हुनेछ भने ७० देखि ८० सम्म प्रतिशतलाई ३.२ जीपीए दिइनेछ, उनीहरुको ग्रेर्ड बी प्लस’ हुनेछ ।
यस्तै ६० देखि ७० सम्म ल्याउनेको जीपीए २.८ र ग्रेर्ड बी’, ५० देखि ६० ल्याउनेको जीपीए २.४ र ग्रेर्ड सी प्लस’, ४० देखि ५० सम्म ल्याउनेको जीपीए २.० र ग्रेड ‘सी’, ३५ देखि माथि ४० सम्म ल्याउनेको जीपीए १.६ र ग्रेर्ड डी’ कायम हुनेछ ।
सैद्धान्तिकतर्फ ३५ प्रतिशतभन्दा कम अंक ल्याउनेको ग्रेड तोकिने छैन अर्थात् ग्रेडको वर्गमा नन ग्रेडेड र जीपीएको वर्ग खाली राखिनेछ । प्रत्येक विषयमा आन्तरिकतर्फ न्यूतनम सी र सैद्धान्तिकतर्फ डी ग्रेड प्राप्त नगरेसम्म विद्यार्थीले मूल प्रमाणपत्र पाउने छैनन् ।
मूल प्रमाणपत्र प्रप्त नगरी उच्च शिक्षा अध्ययन गर्न पाइने छैन । यसअघिका वर्षहरुमा प्रमाणपत्रमा इ ग्रेडसम्मको ग्रेडिङ थियो भने नन ग्रेडेडको प्रावधान थिएन । दुईवटा विषयमा नन ग्रेडेड नतिजा आएका विद्यर्थीले तीन पटकसम्म ग्रेडवृद्धि परीक्षा दिन पाउँछन् ।
दुईभन्दा बढी विषयमा नन ग्रेडेड भएका वा तत्काल हुने ग्रेडवृद्धि परीक्षामा पनि न्यूनतम ग्रेड पाउन नसकेका विद्यार्थीले नियमित कक्षामा सहभागी भइ पढ्नुपर्नेछ । उनीहरुले अर्को वर्ष हुने एसईईमा सबै विषयमा परीक्षा दिन पाउनेछन् ।
यदी विद्यार्थी सैद्धान्तिकतर्फको परीक्षामा सामेल हुन नपाएमा उसको आन्तरिक तथा प्रयोगात्मकतर्फको अंक तीन वर्षसम्म कायम रहनेछ ।
राष्ट्रिय परीक्षा बोर्डले २०८० को माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा बिहीबार सार्वजनिक गरेको छ ।
नतिजाअनुसार, एसईईमा सहभागी चार लाख ४४ हजार ७८५ परीक्षार्थीमध्ये दुई लाख ४२ हजार ९२ जनाले मात्र कक्षा–११ पढ्न पाउने भएका छन् ।
अरू ५२.१४ प्रतिशत परीक्षार्थी ‘नन ग्रेडेड’ भएका छन् । उनीहरू मूल प्रमाणपत्र पाउँदैनन् । ग्रेडवृद्धि परीक्षा दिनुपर्ने बोर्डले जनाएको छ ।

प्रकाशित मिति: असार १४ २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend