Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

तीनदिन अति भारी वर्षाको सम्भावना

हाम्रो कोशी आवाज
भाद्र २६ २०८१, बुधबार
तीनदिन अति भारी वर्षाको सम्भावना

धरानः पश्चिम नेपालमा केही दिन धेरै भारी वर्षा हुने भएको छ । मनसुन थप सक्रिय हुँदा धेरै भारी वर्षाको सम्भावना रहेको हो ।
मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर रहे पनि हाल भारतको मध्यप्रदेश आसपासमा अवस्थित न्यूनचापीय प्रणाली थप विकसित भएर उत्तर–पश्चिमतर्फ (नेपाल नजिक) सर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । जसका कारण धेरै भारी वर्षाको सम्भावना रहेको हो ।
“यो प्रणालीको प्रभावले २७ गते साँझदेखि २९ गते बिहानसम्म विशेष गरी नेपालको पश्चिमी क्षेत्रमा मनसुन सक्रिय भई वर्षा हुने सम्भावना भएकाले सतर्कताको लागि आग्रह गरिन्छ,” विभागले भनेको छ ।
बिहीबार साँझदेखि शनिबार बिहानसम्म गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली रहनेछ । बाँकी प्रदेशहरूमा आंशिकदेखि साधारणतया बदली रहनेछ ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चटयाङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी तथा बाँकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको विभागले बताएकाे छ ।

प्रकाशित मिति: भाद्र २६ २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend