Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

१८ वर्षमा विदेश जान हुने, विवाह गर्नचाँहि २० वर्ष पुग्नुपर्ने ?

अनुषा थापा
पुष २१ २०८१, आइतबार
१८ वर्षमा विदेश जान हुने, विवाह गर्नचाँहि २० वर्ष पुग्नुपर्ने ?

नेपालको कानुनले २० वर्षमूनिको विवाहलाई अवैध मानेको छ । कसैले २० वर्षअघि विवाह गर्यो भने त्यो विवाह बदर हुन्छ । अभिभावकलाई कारबाही गरिन्छ । विवाहचाँहि २० वर्षमूनि गर्न नहुने, रोजगारीका लागि खाडीचाँहि जान हुने ? सरकारमाथि गम्भीर प्रश्न उठेको छ ।
पछिल्लो समय नागरिक बन्नेबित्तिकै राहदानी बनाएर विदेश लाग्ने जमात ठूलो छ । विदेश छिरेकाहरु १०–१२ वर्ष उतै बिताएर आउँछन् । उनीहरु नेपाल फर्किँदा उमेर ढल्किसकेको हुन्छ । अनि विवाहचाँहि कहिले गर्ने ? विदेश बसेर आएकाको हत्तपत्त विवाह पनि हुँदैन् । ३० कटिसकेपछि पनि विवाह नभएकाहरु यत्तिकै भेटिन्छन् ।
तीमध्ये अधिकांश विदेश बसेर आएका हुन् । उनीहरुको उमेर दिनप्रतिदिन बढ्दै जान्छ । अनि विस्तारै उनीहरुमा विवाह गर्ने रुचि हट्दै जान्छ । मुलुकको जनसंख्या घट्नुको प्रमुख कारण यो पनि हो । यता, मुलुकमा एकल महिला र पुरुषको संख्या बढेको छ । २१ वर्ष माथिका र ४० वर्षमूनिका एकल महिलाको संंख्या झण्डै साढे तीन लाख छ ।
त्यही संख्या पुरुषको पनि छ । विवाहप्रति नागरिकहरुका अरुचि बढ्दै छ । विवाह गरेर के नै हुन्छ र ? भन्ने सोच नागरिकमा हाबी हुँदै गएको छ । विडम्बना, राज्यले विवाहको महत्व जनतालाई बुझाउन सकेन् । विवाह गर्यो भने बुढेसकालमा सहारा हुन्छ । सामाजिक, आर्थिक, पारिवारिक हरेक हिसाबमा विवाह आवश्यक छ भनेर सरकारले जनतालाई महसुश दिलाउन सकेन् ।
अहिलेका युवापुस्तामा परिवार र सन्तानप्रति रुचि देखिँदैन् । उनीहरु सम्बन्धलाई बोझ ठान्न थालेका छन् । यता, अभिभावकले पनि छोराछोरीको विवाहमा तदारुकता देखाउँदैनन् । विवाह गर्ने उमेरमा विदेश पठाइदिन्छन् । अर्कोतिर विवाह गरेका दम्पत्तीले पनि एउटा मात्र सन्तान जन्माउँछन् ।
पढाउन र पाल्न गाह्रो हुन्छ भनेर उनीहरुले एक सन्तानलाई प्राथमिकतामा राखेका हुन् । दुई सन्तान त आक्कलझुक्कलको मात्र देखिन्छ । भविष्यमा यसले ठूलो क्षति पुर्याउने देखिन्छ । एक सन्तानको नीति गरेका देशहरुले जनसंख्या घटेपछि विभिन्न कार्यक्रम ल्याएका छन् । सन्तान जन्माउनलाई प्रोत्साहन गरिएको छ ।
यहाँ त नीति नभएपनि कोही सन्तान चाहँदै चाहँदैन् । जनसंख्या बढेन् भने देशमा बुढाखाडा मात्रै बढ्दै जान्छन् । युवापुस्ता बिनाको देश कस्तो हुन्छ ? युवापुस्ता नहुनुको असर अहिले नै देखा पर्न थालिसकेको छ । एउटै भएको सन्तान पनि विदेश छिरेपछि अभिभावक एक्लै भएका छन् ।
यता, राज्यलाई कर पनि आउँदैन् । उनीहरुले केही किनिदिँदा, कतै गइँदिँदा राज्यलाई कर आउँथ्यो, त्यो रोकियो । युवापुस्ता नभएपछि व्यापार व्यवसाय सुकेको छ । होटलमा छिरेर खाने, नयाँनयाँ फेसन फेर्ने त युवा हुन्थे । युवा छैनन्, बुढाखाडाले होटलमा छिरेर खाँदैनन्, नयाँ नयाँ फेसन फेर्दैनन् ।
मंसिर विवाहको महिना हो । तर, त्यही महिना ८४ हजार २२६ जना विदेश हानिए । तीमध्ये कतिपय फर्किएलान्, कतिपय उतै बस्लान् । कतिपयचाँहि बाकसमा प्याक भएर आउँलान् । विकसित मुलुक छिरेका छोराछोरी फर्किँदैनन्, बरु बुवाआमा पनि उतै जान्छन् । यहाँको सम्पत्ति बेचेर उनीहरु छोराछोरी भएकै तिर लागिरहेका छन् ।
सरकारसँग कुनै योजना नै भएन् । न जनसंख्या बढाउन सक्यो न उत्पादन नै । देशका युवाशक्ति जम्मै विदेश छिरेपछि जनसंख्या कम भयो । वास्तवमा भन्ने हो भने सरकारले नै जनता विदेशमा बेच्यो । यहाँ रोजगारीको अवसर नहुँदा सबै धमाधम विदेश हानिए । उता गएकाहरु फर्किने, नफर्किने टुंगो छैन् ।
विकसित मुलुक छिरेकाहरु उतैको नागरिक भए । नेपालीहरुले धमाधम विदेशी पिआर लिए । जनसंख्या ऋणात्मक अवस्थामा छ तर सरकारलाई कुनै चासो नै छैन् । जनसंख्या बढाउन सरकारले पहलकदमी भूमिका खेल्न सकेको छैन् । केही वर्षपछि नेपालमा बुढाखाडा मात्रै बाँकी रहन्छन् ।
यहाँ त जनताको छोराछोरी भेडाबाख्राझैं विदेशमा बेचेर कमिशन खाइन्छ । पहिलेपहिलेका मान्छेहरुले एउटा रुख काट्यो भने दुईटा विरुवा रोपिहाल्थे । यसो गर्दा हावापानीमा असर नपर्ने र रुखको पनि कमी नहुने उनीहरुको धारणा थियो । अहिले त भएको एउटाले पनि विवाह गर्दैनन् ।
उनीहरुको वंश नै मासियो । अर्कोतिर बुढेस्कालमा उनीहरुलाई हेर्ने सन्तान पनि हुँदैन् । सन्तानभन्दा ठूलो केही छैन् भन्ने अहिलेको युवापुस्ताले बुझ्न सकेनन् । सबै युवापुस्ता विदेश छिरेपछि भोलि देशको अवस्था के होला ? सरकारले विचार गर्नुपर्छ कि पर्दैन् ? देशमै रोजगारीको अवस्था सिर्जना गर्नुपर्यो, विदेश जान अब रोक्नुपर्यो ।
नत्र देशको अवस्था बेहाल हुन्छ । विकासमा मुलुक झनै पछाडि पर्छ । देशका जनशक्ति १८ वर्षमै विदेश छिर्छन् भने २० वर्षमा विवाह गर्न पाउने कानुन किन चाहियो ? सरकारको देखाउने र चपाउने देश बेग्लाबेग्लै हुँदाको असर सर्वत्र देखिएको छ । १८ वर्षमा विदेश जान हुने, विवाह गर्न नहुने, किन ?
त्यसको जवाफ मानसिक रुपमा परिपक्व हुँदैनन् भन्ने सरकारको छ । के उनीहरु १८ वर्षमै अन्जान देश गएर रातदिन नभनिकन काम गर्नचाँहि परिपक्व छन् ? गाउँका सरकारी विद्यालय रित्तिँदै गएको छ । किन कि विद्यार्थी नै छैनन् । कसैले सन्तान जन्माएको भए पो स्कुलमा विद्यार्थी हुन्थें ।
बुवा विदेशमा कमाएर पैसा पठाउँछन्, श्रीमती सन्तान लिएर सदरमुकाम र काठमाडौं उपत्यका छिर्छिन् । तिनका सन्तानले निजी स्कुलमा पढेर राम्रो नम्बर ल्याउँछन् । आखिरी उनीहरु जाने पनि विदेश नै हो । यो क्रम वर्षौदेखि चलिरहेको छ । र, अझै निरन्तर चलिरहने देखिन्छ ।
किन कि युवापुस्तालाई देशमै रोक्न सरकारसँग कुनै योजना नै छैन् । आठ कक्षा पास गरेको व्यक्तिले देश चलाइरहेका छन् । बुढापाकाले भन्थे,‘जसको भैंसी उसको वन, जसको सन्तान उसको धन ।’ यसको अर्थ जसले भैंसी पाल्छ, उसले वन ढाक्छ । वनमा भएको सबै पात पतिङ्गार ल्याएर भैंसीलाई खुवाउथे ।
भैंसीको मल खेतबारीमा लगेर उब्जनी गर्थे । उनीहरुलाई मज्जाले खान लाउन पुग्थ्यो । यता, धेरै सन्तान भयो भने एउटाले गरेन् भने अर्कोले गर्छ भन्ने हुन्थ्यो । भएको एउटै सन्तानलाई केही भयो भने अभिभावकको हालत के हुन्छ ? सन्तान नै भएन् भने सम्पत्तिको के औचित्य ? अर्कालाई सम्पत्तिको जोरजम्मा गर्नुपर्यो । जनसंख्या कति आवश्यक छ ? छिमेकी मुलुकबाट पाठ सिक्न जरुरी भइसकेको छ । विवाह गर्ने उमेरमा जनता विदेश जान्छन् अनि पछि फर्किएर कसले विवाह गर्छ ? सरकार यसमा गम्भीर होस् ।

प्रकाशित मिति: पुष २१ २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको विजयपुरः ‘माल पाएर चाल नपाएको’ ठाउँ

    -राजकुमार दिक्पाल केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले...

    • ३ घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • श्रमदानको ओज

    -बैकुण्ठ दाहाल नेपालको राजनीतिक इतिहासमा धेरै दलहरू स्थापना भए, धेरै नाराहरू उठे, तर आम नागरिकले चाहेको सुशासन, उत्पादनमुखी अर्थतन्त्र र श्रमको सम्मान अझै पनि पूर्णरूपमा...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • डिग्री पास छ तर सर्वसाधारणले पाउँदैनन् जागिर

    जताततै भूपू कर्मचारीको बिगबिगी धरानः सरकारी कार्यालयमा सरकारले प्राइभेट कम्पनीबाट गार्ड नियुक्त गरेको हुन्छ । यता, स्थानीय पालिकाले नगरप्रहरी राखेको हुन्छ । बैंक तथा वित्तिय...

    • ७ दिन अगाडी
    • ६ मिनेट पाठ
  • नजानिँदो सत्ताको अस्थिर चक्रव्यूह

    -कृष्णबहादुर तामाङ “संसदीय अङ्कगणित र जोड घटाउले विकासको गतिलाई सधैँ बन्धक बनाउन सक्दैन । नेपालको सात दशक लामो राजनीतिक अस्थिरताबाट मुक्त हुने सबैभन्दा प्रभावकारी विकल्प...

    • १ हप्ता अगाडी
    • ८ मिनेट पाठ
  • हामी १२ वर्षमा प्रवेश

    धरानः हाम्रो कोशी आवाज डटकम आफ्नो स्थापनाको ११ वर्ष पूरा गरी आज १२ औं वर्षमा प्रवेश गरेको छ । हामी छैटौं वर्ष पूरा गरी...

    • १ हप्ता अगाडी
    • ३ मिनेट पाठ
  • कथा: धुवाँले निलेको सपना

    -तोमनाथ उप्रेती मोरङको दक्षिणी भेग, रतुवामाई नगरपालिका महादेवाको बिहानको आफ्नै सुगन्ध थियो। असारको वर्षापछि धानका बोटहरूमा टल्किने शीतका थोपा मोतीझैँ देखिन्थे। पूर्वबाट उठेको घामको सुनौलो...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend