Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

झापाबाट काठमाडौं जाँदै गरेको इभी गाडी दुर्घटना: एकको मृत्यु, पाँच जना घाइते

हाम्रो कोशी आवाज
माघ २५ २०८१, शुक्रबार
झापाबाट काठमाडौं जाँदै गरेको इभी गाडी दुर्घटना: एकको मृत्यु, पाँच जना घाइते

झापाबाट काठमाडौँतर्फ गइरहेको निजी सवारी साधन दुर्घटना भएको छ ।
विपी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका- ५ मा आज बिहान भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । साथै एक जनाको अवस्था गम्भीर छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार दुर्घटनामा गाडीचालक दोलखाको गौरीशङ्कर गाउँपालिका घर भएका २७ वर्षीय सुशान्त नेपालीको मृत्यु भएको हो ।गाडी दुर्घटना हुँदा ज्यान गुमाउने र घाइते हुने सबैको परिचय खुलेको छ।
झापाबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-०३० च ९६४२ नम्बरको गाडी सिन्धुलीको गोलञ्जोर गाउँपालिका-५ स्थित बीपी राजमार्गमा आज बिहान पौने पाँचबजे दुर्घटनामा परेको हो।
दुर्घटनामा एक युवकको घटनास्थलमै मृत्यु भएको छ भने अन्य पाँचजना घाइते भएका छन्।
गाडी सडकबाट झण्डै चारसय मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका इन्सपेक्टर सुनिल चौरसियाले जानकारी दिए।
ईभी गाडी दुर्घटना हुँदा दोलखाको गौरीशंकर घर भएका २८ वर्षीय सुशान्त नेपालीको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनामा घाइते हुनेहरुमा इलामको देउमाई- ८ का ५३ वर्षीय सनबाहादुर तामाङ, मोरङको लेटाङ- २ की ३४ वर्षीया देवी लिम्बू, काठमाडौँको कागेश्वरी मनोहरा- ५ की २८ वर्षीया श्वेता गिरी, सोही ठाउँमा २८ वर्षीय सञ्जय रोका र झापाकाे बारादशी- १ का २७ वर्षीय तिस्कु मण्डल रहेका छन्।
घाइतेमध्ये मोरङ लेटाङकी देवी लिम्बूको अवस्था गम्भीर रहेको इन्सपेक्टर चारसियाले जानकारी दिए। दुर्घटनामा परेको गाडीमा चालक को थिए खुलेको छैन।
घाइते सबैको अहिले जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको छ। ‘गम्भीर घाइतेलाई उपचारको लागि काठमाडौँ पठाउने तयारी हुँदैछ,’ इन्सपेक्टर चौरसियाले भने।
गाडी आफैँ अनियन्त्रित भई दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ।

प्रकाशित मिति: माघ २५ २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend