Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा एकैदिन लागूऔषधसहित समातिए युवायुवती र महिला

हाम्रो कोशी आवाज
बैशाख २० २०८२, शनिबार
धरानमा एकैदिन लागूऔषधसहित समातिए युवायुवती र महिला

धरानः धरानमा एकैदिन लागूऔषधसहित युवायुवती र महिला पक्राउ परेका छन् ।
धरान उपमहानगरपालिका वडा नं. १५ लक्ष्मण मार्गमा डेरा गरी बस्ने जिल्ला धनुषा जनकपुर घर भएका २५ वर्षीय राहुल शाह र उनकी श्रीमती २४ वर्षीय लक्ष्मी राईले लागूऔषध कारोबार गरिरहेको गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको कोठामा कानुन बमोजिम खानतलासी गर्दा कोठाभित्र लुकाई राखेको अवस्थामा लागूऔषध ट्रामाडोल–५ हजार ५० क्याप्सुल फेला पारिएको समेत प्रहरीले जनाएको छ । उनीहहरूलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै, लागूऔषधसहित तीन युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । धरान उपमहानगरपालिका वडा नं. १५ शितल मार्गस्थित विरश थापाको घरमा कोठाभाडामा बस्ने तीन युवकले लागूऔषध करोबार गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय धरानबाट प्रहरी टोलीले निजहरूको कोठामा कानुन बमोजिम खानतलासी गर्दा लुकाई राखेको लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय धरानका अनुसार पक्राउ पर्नेमा भोजपुर घर भई धरानमा बस्दै आएका ३० वर्षीय सुजन श्रेष्ठ, १७ वर्षीय अंगत श्रेष्ठ र ३१ वर्षीय सागर राई रहेका छन् ।
प्रहरीका अनुसार उनीहरूको साथबाट ट्रामाडोल चार हजार नौ सय ३५ क्याप्सुल, कोलिवान पाँच हजार ६० चक्की, स्पास्पे ९४ चक्की, डिकोलिक २० चक्की, नाइट्राजेम्प एक सय ९० चक्की, एरोमिन्क १६ चक्की बरामद गरिएको छ ।
साथै, १.७६ ग्राम ब्राउनसुगरसमेत फेला पारिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।
यस्तै, धरान उपमहानगरपालिका वडा नं. १७ सियोन मार्ग स्थित प्रविन राईको घरमा डेरा गरी बस्ने धनुषा जिल्ला जनकपुर घर भएका वर्ष ४० कि ममता भगतले लागूऔषध करोबार गरिरहेको छ भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले निजको कोठामा कानुन बमोजिम खानतलासी गर्दा कोठाभित्र लुकाई राखेको अवस्थामा लागूऔषध ट्रामाडोल–३ हजार २० क्याप्सुल, स्पास्पेन–३८ चक्की र ओपडल तीन हजार दुई सय तीस चक्की फेला पारी सो लागूऔषधसहित निजलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बैशाख २० २०८२, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend