Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सरकारको विरोधमात्रै गर्दैनौं, समर्थन पनि गर्छौंः हर्क साम्पाङ

हाम्रो कोशी आवाज
चैत्र १७ २०८२, मंगलबार
सरकारको विरोधमात्रै गर्दैनौं, समर्थन पनि गर्छौंः हर्क साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले गरेका कामप्रति आफूले नजिकबाट निगरानी गरिरहेको बताएका छन् ।
उनले सरकारका गतिविधिलाई हेरेर, बुझेर आवश्यक परे प्रश्न उठाउने र आलोचना गर्ने अधिकार नागरिकलाई भएको बताए ।
उनले भनेका छन्, ‘यदि प्रतिपक्षले सरकारको कार्यको चेक एन्ड ब्यालेन्सका लागि प्रश्न गर्दैन भने कसले गर्ने हो ? सरकारले गरेका कामलाई हेरेर, बुझेर त्यसलाई प्रश्नसहितको आलोचना पनि गर्न पाइन्छ । विरोध गर्न पनि पाइन्छ । राम्रो काम भयो भने समर्थन पनि गर्ने हो ।
उनले राम्रो कामको समर्थन र गलत कामको विरोध गर्नु नै जिम्मेवार नागरिकको भूमिका भएको उल्लेख गरे ।
साम्पाङले सरकारका सबै कामलाई अन्धाधुन्ध स्वीकार नगर्ने स्पष्ट पार्दै आवश्यक परे आलोचनात्मक रूपमा प्रस्तुत हुने बताए ।

प्रकाशित मिति: चैत्र १७ २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend