धरानः ब्राजिल १९९० पछि पहिलोपटक अन्तिम १६ बाटै बाहिरिएको छ। ब्राजिलका स्टार स्ट्राइकर नेइमार नर्वेविरुद्ध उनी ६८ औं मिनेटमा मैदान प्रवेश गरेका थिए । इन्जुरी समयको अन्तिम समयमा ब्राजिलले पेनाल्टी पायो, नेमारले सहजै गोल गरे । तर, त्यो गोलले ब्राजिलको हार टार्न सकेन । खेलसकिएपछि प्लेयर बक्स नजिकै गएर बसे । अनि भक्कानिँदै रुन थाले । उनलाई टिममेट र कोचिङ स्टाफले सम्झाएका थिए।
खेलपछि भावुक हुँदै नेयमारले भने, ‘मैले प्रयास गरेँ। मैले साँच्चिकै धेरै प्रयास गरेँ। मेरो यात्रा यही मेटलाइफ स्टेडियमबाट सुरु भएको थियो, र यहीँ आएर समाप्त भयो। अब सबै कुरा सकियो।’ यस सँगै ब्राजिलको राष्ट्रिय टोलीसँग उनको लामो र अविस्मरणीय यात्रा पनि औपचारिक रूपमा अन्त्य भएको छ।
नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । सोमबार बिहान विश्वकपको अन्तिम १६ को खेलमा नर्वेसँग २-१ ले पराजित हुँदै ब्राजिल विश्वकपबाट बाहिरिएपछि नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका हुन् ।
३४ वर्षीय फरवार्डले ब्राजिलको राष्ट्रिय टोलीका लागि १२९ खेलमा ८० गोल गर्दै देशको इतिहासकै सर्वाधिक गोलकर्ता खेलाडीका रूपमा आफ्नो अन्तर्राष्ट्रिय करिअर टुंग्याएका छन्।
नेयमारले सन् २०१० मा ब्राजिलको सिनियर राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए। उनले चार वटा विश्वकप खेले भने दुई ओलम्पिकमा पनि ब्राजिलको प्रतिनिधित्व गरे। सन् २०१२ मा उनले रजत पदक जिते भने सन् २०१६ मा टोलीलाई ऐतिहासिक स्वर्ण पदक दिलाउँदै कप्तानका रूपमा नेतृत्व गरेका थिए।
पाँच पटकको विश्व विजेता ब्राजिल जारी विश्वकमा नर्वेसँग पराजित हुँदै अन्तिम १६ बाटै बाहिरिएको छ।
अमेरिकाको न्युयोर्क न्यु जर्सी स्टेडियममा भएको खेलमा विश्व च्याम्पियन मानिएको ब्राजिललाई २-१ ले पराजित गर्दे नर्वे फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ।
चौथोपटक विश्वकप खेलेको नर्वेले इतिहास रच्दै पहिलोपटक विश्वकपको क्वाटरफाइनलमा स्थान बनाएको हो।
पाँचपटकको विश्वविजेता ब्राजिल ३६ वर्षपछि अन्तिम १६ बाटै बाहिरिएको छ। यसअघि ब्राजित सन् १९९० मा अन्तिम १६ बाटै बाहिरिएको थियो।
नर्वेका लागि हालान्डले दोस्रो हाफको अन्तिममा दुई गोल गरेर देशका लागि इतिहास रचेका छन्।
हालान्डले ७९औँ मिनेटमा पहिलो गोल र ९०औँ मिनेटमा दोस्रो गोल गरे।
ब्राजिलका लागि नेमनारले इन्जुरी समयको नवौँ मिनेटमा पेनाल्टीमार्फत गोल फर्काएपछि खेल २१ को अन्तरमा टुंगियो।
नर्वेले अब मेक्सिको र इंग्ल्यान्डबीचको खेलको विजेतासँग क्वाटरफाइनल खेल्नेछ।
यसअघि विश्वकपमा ब्राजिल र नर्वेले ४ वटा ऐतिहासिक खेल खेलेका थिए। जसमा नर्वेले २ वटा जित र २ बराबरीसहित अपराजित इतिहास बनाएको थियो।
यी दुई टोलीले विश्वकपमा पछिल्लोपटक सन् १९९८ मा खेलेका थिए। जहाँ नर्वेले २–१ को ‘कमब्याक’ जित हात पारेको थियो।
ब्राजिलले समूह चरणको खेल स्कटल्यान्ड र हाइटीविरुद्ध जित तथा मोरक्कोसँग बराबरी खेलेको थियो। अन्तिम ३२ मा जापानविरुद्ध १ गोलले पछि परेको अवस्थाबाट २–१ को जित निकालेको थियो।
अहिलेसम्म विश्वकपमा नर्वेले गरेका १२ गोलमध्ये सातवटामा उनकै योगदान छ।