Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

झुमा लिम्बू र मदन ढकालको ‘खोइ भनम्ला’ सार्वजनिक

हाम्रो कोशी आवाज
असोज ३ २०८३, शनिबार
झुमा लिम्बू र मदन ढकालको ‘खोइ भनम्ला’ सार्वजनिक

धरानः गायक मदन ढकाल र गायिका झुमा लिम्बूको स्वरमा रहेको नयाँ गीत ‘खोइ भनम्ला’ सार्वजनिक भएको छ। गीतमा निरज काफ्लेको शब्द तथा घनश्याम खत्रीको संगीत रहेको छ।
कृष्ण केसीले संगीत संयोजन गरेको गीतको मिक्सिङ तथा मास्टरिङ एचबीएन किस्मतले गरेका हुन्। रेकर्डिस्टका रूपमा राज खड्का रहेका छन् भने गीतको रेकर्डिङ 1DB HD स्टुडियोमा गरिएको हो। गीतको अडियो तथा भिडियो निर्माण टी.एम. म्युजिक प्रोडक्सनले गरेको हो।
गीतको भिडियोमा गायक मदन ढकाल र अभिनेत्री रचना न्यौपानेको अभिनय रहेको छ। भिडियोको कथा, निर्देशन तथा कोरियोग्राफी जेरी भण्डारीले गरेका छन्। अमर रावल ‘कोसिस’ले सहायक कोरियोग्राफी तथा उत्पादन व्यवस्थापनको जिम्मेवारी सम्हालेका छन्।
दिनेश पराजुली तथा उनको टोलीले छायांकन गरेको भिडियोको भिजुअल सम्पादन तथा डीआई कलर सुजन कोइरालाले गरेका हुन्। अनिमेष गुरुङको मेकअप रहेको भिडियोको पोस्ट प्रोडक्सन जेबी क्रिएसनले गरेको छ भने एडिटिङ स्टेसनका रूपमा आर्ट सिने स्टुडियो रहेको छ।
गीत तथा भिडियो निर्माणमा आबद्ध स्रष्टाहरूले ‘खोइ भनम्ला’मार्फत नेपाली संगीतप्रेमी दर्शक–श्रोतामाझ नयाँ सांगीतिक प्रस्तुति ल्याएका छन्।

प्रकाशित मिति: असोज ३ २०८३, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend