Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा फेरि चल्यो गोली, दुश्मनीका कारण आक्रमण, एकजना घाइते

हाम्रो कोशी आवाज
असोज ३ २०८३, शनिबार
सुनसरीमा फेरि चल्यो गोली, दुश्मनीका कारण आक्रमण, एकजना घाइते

धरानः सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मा फेरि गोली चलेको छ । गोली लागेर एक जना घाइते भएका छन् । आपसी दुश्मनीका कारण दुई युवाले एकजनामाथि आक्रमण गरेका छन् ।
सो क्षेत्रमा सुरक्षा निकायले सुरक्षा व्यवस्था कडा बनाएको छ। देवानगन्ज गाउँपालिका-१ मा भएको गोली प्रहारबाट एक युवक घाइते भएका छन् ।
गोली लागेर देवानगन्ज गाउपालिका वडा नम्बर १ का निरज यादव घाइते भएका हुन् । उनको तिघ्रामा गोली लागेको छ । घाइते यादवको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्र खड्काले गोली प्रहार भएको पुष्टि गरे । प्रहरीका अनुसार सीमाक्षेत्र भएकोले आपसी लेनदेन विवादमा दुई समुह विच विवाद हुँदा झडप भएर गोली प्रहार भएको अनुमान छ ।
यस अघि साउनमा देवानगन्जमा दुई समुदायका बीच भएको झडप नियन्त्रणमा प्रहरीले गोली चलाउँदा तीनजनाको मृत्यु भएको थियो । देवानगन्ज घाटना पछि मधेस प्रदेशमा समेत हिंसा फैलिएको थियो ।
घाइतेको तिघ्रामा चोट रहेको प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले बताए । ‘घाइतेको तिघ्रामा चोट छ । गोली चलाएको आशंका गरिएको छ । त्यसबारे अनुसन्धान भइरहेको छ । घाइतेलाई अस्पताल पुर्‍याइएको छ’, उनले भने ।
घटनामा संलग्न दुईजनालाई स्थानीयले नियन्त्रणमा लिएको अर्यालले बताए ।

प्रकाशित मिति: असोज ३ २०८३, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend