धरानः धरान–१४ बस्ने १४ वर्षीय रितेश राई लागूऔषध र ८ लाख ८७ हजार ७ सय रुपैयाँसहित पक्राउ परेका छन् ।
केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारमा लागूऔषध कारोबार भइहेको सुइँको पाएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषणबाबु राईले जानकारी दिए । भोजपुर घर भई कोठाभाडामा बस्दै आएका उनको कोठामा खानतलासी तथा चेकजाँच गर्दा लागूऔषध गाँजा ०.६० किलोग्राम फेला परेको प्रहरीले जनाएको छ । उनलाई इलाका प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।