Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सर्वत्र चासोः अब एसइई नदिने विद्यार्थीले यसरी पाउँछन् सर्टिफिकेट !

हाम्रो कोशी आवाज
जेष्ठ २९ २०७७, बिहिबार
सर्वत्र चासोः अब एसइई नदिने विद्यार्थीले यसरी पाउँछन् सर्टिफिकेट !

धरानः यस वर्ष एसईईको नियमित परीक्षा नहुने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस वर्ष नियमित परीक्षा नगरी कानुनीरूपमा मिलाएर विद्यालयको आन्तरिक मूल्याङ्नका आधारमा नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) त्रासका कारण स्थगित भएको एसइई परीक्षा हाललाई विद्यालयको आन्तरिक मूल्याङ्नका आधारमा ग्रेड निर्धारण गर्ने रोक्ने निर्णय गरिएको हो ।
अब विद्यालयहरूले आन्तरिम मूल्याङ्कनको नम्बर परीक्षा बोर्डमा पठाउनेछन् र, त्यसकै आधारमा ग्रेड निर्धारण गरेर नतिजा सार्वजनिक हुने बताइएको छ ।
एसइई यो वर्षका लागि खारेज गरेसँगै विद्यार्थीले के आधारमा सर्टिफिकेट पाउँछन् अहिले सबैको चासो यसैमा छ । शिक्षा मन्त्रालयका प्रवक्ता दिपक शर्माका अनुसार राष्ट्रिय परीक्षा बोर्डले बनाउने कार्यविधिअनुसार विद्यार्थीको एसइई परीक्षाफल तयार गर्ने, भेरिफाइ गर्ने र प्रकाशन गरिनेछ ।
हिजो गरेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयका बारेमा सञ्चारमन्त्रीको समेत जिम्मेवारी पाएका अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिँदै उनले पनि विवरण पठाउन भने । ‘एकाइले त्यस विवरणलाई राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्नेछ’ उनले थपे, ‘त्यसरी प्राप्त विवरणका आधारमा बोर्डले प्रमाणीकरण गर्नेछ । यससम्बन्धी आवश्यक कार्यविधि बोर्डले बनाउनेछ ।’ कहिलेसम्म विद्यालयले विवरण एकाइलाई उपलब्ध गराउनुपर्नेछ भन्ने जनाइएको छैन ।
‘एसइईबारे सबै काम अब परीक्षा बोर्डले कार्यविधि बनाएअनुसार हुन्छ । कार्यविधि केही दिनभित्रै बनाइन्छ,’ उनले भने ।
‘कोरोनाले संक्रमण थप फैलन सक्ने सम्भावना भएकोले एसइई परीक्षा गर्न जोखिम भयो । परीक्षा नहुँदा विद्यार्थीको पढाइ र मनोबलमा प्रतिकूल प्रभाव पर्न सक्ने भएकोले महामारीको परिस्थिति हेरेर एसइई परीक्षा नलिने निर्णय गरिएको हो,’ सरकारकार प्रवक्ता खतिवडाले भने ।
अब विद्यालयले गरेको अन्तिम मूल्यांकन नै सम्बन्धित विद्यालयले जिल्ला हुँदै केन्द्रमा पठाउनुपर्नेछ । विद्यालयद्वारा गरेको अन्तिम मूल्याङ्न सम्बन्धित विद्यालयले सम्बन्धित जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइमा पठाउने र एकाइले प्रमाणित गरी राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्छ । जिल्लाबाट प्राप्त विद्यार्थीको विवरणका आधारमा राष्ट्रिय परीक्षा बोर्डले परीक्षाफल तयार गर्नेछ ।
गत चैत ६ गते हुने कक्षा १० को एसइई परीक्षा कोरोना जोखिमका कारण गत चैत ५ गतेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णयपछि स्थगित भएको थियो ।

प्रकाशित मिति: जेष्ठ २९ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend