Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

एसइईको नतिजा निकाल्ने तयारीमा लागे निजी विद्यालय, चिटिङ होला कि नहोला ?

हाम्रो कोशी आवाज
जेष्ठ ३० २०७७, शुक्रबार
एसइईको नतिजा निकाल्ने तयारीमा लागे निजी विद्यालय, चिटिङ होला कि नहोला ?

काठमाडौंः निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन)ले एसइई परीक्षाको आन्तरिक मूल्याङ्रुकन तयारी थालेको छ ।
गत बुधबार मन्त्रिपरिषद् बैठकले यस वर्षको एसइईको परीक्षा नगराई नतिजा आन्तरिक मूल्याङ्रुकनबाटै सार्वजनिक गर्ने निर्णय गरेपछि प्याब्सनले तयारी थालेको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले एक महिनाभित्रमा सबै काम सम्पन्न गरी नतिजा प्रकाशन गर्ने जानकारी दिएका छन् । उनका अनुसार विद्यालयले जिल्ला शिक्षा विकास तथा समन्वय इकाइमा आन्तरिक मूल्याङ्कनको विवरण पठाउनुपर्ने छ । जसअनुसार आन्तरिक मूल्याङ्रुकन पठाउने तयारीमा जुटेको प्याब्सनका केन्द्रीय अध्यक्ष टिकाराम पुरीले जानकारी दिए ।
‘सरकारले एसइईबारे महत्वपूर्ण निर्णय गरेको छ,’ उनले भने,‘आन्तरिक मूल्याङ्रुकनबारे धेरै तयारी गरिराख्नुपर्ने छैन । तापनि हामी तयारी अवस्थामा छौँ। एक पटक शिक्षा मन्त्रालयसँग छलफल गरेर यसका लागि एउटा मापदण्ड बनाएर अघि बढ्दा सजिलै हुन्छ ।’ उनका अनुसार सरकारले निर्णय गरेअनुसार सबै निजी विद्यालयलाई आन्तरिक मूल्याङ्कन पठाउन निर्देशन दिइने छ । पुरीले विद्यार्थीको टेलेन्ट अनुसार राम्रो मूल्याङ्कन गर्नुपर्ने बताउँदै शिक्षक वा विद्यालयले कुनै प्रकारका चिटिङ नगर्न पनि उनले आग्रह गरेका छन् ।

प्रकाशित मिति: जेष्ठ ३० २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend