Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

एसइई र ११ सधैंका लागि हटाउन र १२ लाई राष्ट्रियस्तरको परीक्षा बनाउन निर्देशन

हाम्रो कोशी आवाज
जेष्ठ ३० २०७७, शुक्रबार
एसइई र ११ सधैंका लागि हटाउन र १२ लाई राष्ट्रियस्तरको परीक्षा बनाउन निर्देशन

धरानः व्यवस्थापिका संसदअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले एसइई परीक्षा र कक्षा–११ को परीक्षा स्थानीय तहबाट हटाउने ठहर गरेको छ ।
शुक्रबार बसेको समितिको बेठकले सो ठहर गर्दै अब सधैंका लागि कक्षा १० र ११ को परीक्षा स्थानीय तहबाट गरी कक्षा १२ मा राष्ट्रियस्तरको परीक्षा हुने गरी आवश्यक कानुनी व्यवस्था गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ ।
यसैगरी सामुदायिक विद्यालयका लागि स्रोत साधन उपलब्ध गराउने, गुणस्तर वृद्धि गर्ने, भौतिक पूर्वाधारको सुनिश्चित गर्ने लगायतका सम्पर्ण दायित्व सरकारको नै भएकोले सामुदायिक माध्यमिक विद्यालयको पूर्ण जिम्मा सरकारले लिनुपर्ने पनि निर्देशन दिइएको छ ।

प्रकाशित मिति: जेष्ठ ३० २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend