Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बारम्बार कुरा उठ्छ तर साग विजेताले पाएनन् रकम

हाम्रो कोशी आवाज
असार ३ २०७७, बुधबार
बारम्बार कुरा उठ्छ तर साग विजेताले पाएनन् रकम

धरानः बारम्बार कुरा उठाइएपनि गत वर्ष सम्पन्न १३ औं दक्षिण एशियाली खेलकुद (साग) बिजेताले अहिलेसम्म रकम पाएका छैनन् ।
केहीदिन हप्ताअघि धनकुटाकी सांसद् कुसुमकुमारी श्रेष्ठले प्रदेश १ सरकारसमक्ष माग नै राखिन्–पुरस्कार रकम दिनुहोस् । उनले गुनासो गर्दै आर्थिक वर्षको अन्त्यसम्म पनि रकम नपाउनु दुःखद् भनिन् ।
सागमा स्वर्ण, रजत, र कास्य पदक हात पार्ने प्रदेश एकका खेलाडीहरुलाई क्रमशः ३ लाख, २ लाख र १ लाख रुपैयाँले पुरस्कृत गर्ने मंसिर २५ गतेको प्रदेश सरकार मन्त्रीपरिषद् बैठकको निर्णयलाई कार्यान्वयनमा ल्याउन माग गरिन् ।

प्रकाशित मिति: असार ३ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend