सुरुमा म ट्रेकिङ क्षेत्रमा भरियाको रूपमा प्रवेश गरेको हँु । तर, पछि गएर चिनजान र सम्पर्क बढ्दै गएपछि ट्रेकिङ क्षेत्रमा विस्तारै मेरो उन्नति, प्रगति हुँदै गयो । त्यसैले भरियाबाट स्पेर (पर्यटकलाई बिहानै बेलुकै खुवाउनका लागि चाहिने खाद्यानहरू) किचन ब्वाइ (खाना पकाउन चाहिने भाँडाकुँडा बोक्ने), शेर्पा (पाल टाँग्ने, पर्यटकसँग हिड्ने र राति चोरले पाल काटेर पर्यटकको क्यामरा लगायत बहुमूल्य सरसामान चोरेर नलैजाओस् भनेर पालो गरेर पहरा बस्ने) कुक हँुदै वि.सं २०६२ मा औपचारिकरूपमा तालिम गरेर (सरदार) गाइडसम्म भइयो । यसै क्रममा सन् २००८ को अक्टोबर सिजन मेरो जीवनको ट्रेकिङ अवधि भरिकै (हालसम्मकै) तीतो र नमिठो अनुभव थियो । सो वर्षको अक्टोबर सिजनमा ठमेलस्थित एक ट्रेकिङ एजेन्सीबाट एकजना महिला पर्यटक लिएर टि हाउस (होटलमै खाने होटलमै बस्ने) लाङटाङ–गोसाइकुण्ड–हेलम्बु ट्रेक गएको थिएँ ।
सो ट्रेक महेश बुढामगरजी (जो वि.सं २०५५–०५६ देखिका मेरा अनन्न्य मित्र पनि हुन् भने हाल उनको ‘जोय ट्रेक्स’ नामक ट्रेकिङ एजेन्सी छ) ले फोनमार्फत् ट्रेकिङ जानु परयो भनी आग्रह गरे । नयाँ ट्रेकिङ एजेन्सीबाट जाने निधो गरेर ठमेलस्थित काठमाण्डौं गेष्ट हाउस नजिक हान्निएँ । दशैं चाडले गर्दा बसको सिट प्याकाप्याक थियो । टिकट लिएर अफिस आउँदा म सँग ट्रेक जाने खैरेनी (ट्रेकिङ क्षेत्रमा गोरो छाला भएको पर्यटकहरूलाई अक्सर खैरे (खैरेनी भन्ने चलन छ) पनि आइसकेकी रहेछिन् । उनको नाम रहेछ ‘(न्यान्सी, देश रहेछ नेदरल्यान्ड अर्थात् हल्याण्ड ।’ सामान्य चिनजानपछि हामी छुट्यौं ।
बिहानै बालाजुस्थित माछापोखरीतर्फ हान्नियौं । ककनी काटेर ओरालो नपुग्दै गाडीको स्प्रिङ भाँचियो । स्टाफले लगभग आधा घण्टा लगाएर नयाँ स्प्रिङ फिट गरे । खाना खान त्रिशुली पुरयायो । ग्राङ पुग्दा पानी पर्ला जस्तो भयो । ग्राङमा गाडी परिवर्तन गरेर २०–२५ मिनेट पैदल हिँड्नुपर्ने । अर्को बस पकडेरजसोतसो धुन्चे पुग्यौं । किनभने, दुईवटा रिजर्भ बसको यात्रुहरु आँटी–नआँटी एउटै बसमा यात्रारत थियौं । कोही छतमा, कोही ढोकामा झुन्डिएर धुन्चे पुग्यौं ।
भोलिपल्टदेखि पैदल यात्रा शुरू भयो । ठूलो भार्कु, ब्राबल हुँदै ठूलो स्याब्रु पुग्यौं । ठूलो स्याब्रुबाट लामा होटल लन्च–क्याम्प नै पुग्यौं । अग्रिम सल्लाहअनुसार लामा होटलबाट दुई क्याम्प खापेर (लाङटाङ नबसी) क्यान्जिन गुम्बा पुग्यौं । भाग्यले भनौं वा सञ्जोगले मौसम राम्रो भएकोले बिहानै ‘क्यान्जिन री’ बाट देखिने पूरा हिमाल लगायत टाढा क्षितिजका अन्य दृश्यहरु पनि छर्लङ्ग देखियो । खैरेनीले साह्रै गर्व गरी । उनी अत्यन्तै खुशी भइन् । फर्केर लाङटाङ आयौं । यिनको अचम्मको बानी के भने, यिनलाई बिहानै, बेलुकै नुहाउनुपर्ने । त्यो बेला होटलको मेनुमा नुहाएको (हट सावर गरेको) १०० रुपैयाँ भएतापनि मैले कुन पनि होटललाई नुहाए बापतको पैसा लिन दिइनँ, होटलवालाहरूलाई । त्यतिमात्रै होइन, सुतेको (कोठाको) पनि मेनुमा १५०–२०० रूपैयाँ भएतापनि ५०–१०० रूपैयाँभन्दा बढी लिन दिइनँ । शुरूमा साह्रै मिजासिलो र दयालुभैmँ लाग्थिन् उनी । किनभने, हरेक दिन मार्स बार, स्निकर लगायत चकलेट किनेर दिन्थिन् । मलाई भने, किन बित्थामा बढी खर्च गराउनुजस्तो लाग्थ्यो । त्यसैले प्रायः ‘नो थ्याङ्क्यु’ भनेरै टार्र्थेँ । होटलवाला साहु–साहुनीहरू खैरेनीले खा भन्दा पनि किन नखाएको ? हाम्रो व्यापार त हुन्थ्यो भनी रिसाउँथे, पनि ।
हामी गोसाईंकुण्डबाट पास गरेर ठाडेपाटी (रसुवा–नुवाकोट काटेर सिन्धुपाल्चोक जिल्ला) बास बस्न आइपुग्यौं । त्यहाँ जहिले पानीको साह्रै दुःख हुने गर्छ । (अहिले पानीको राम्रो व्यवस्था भयो कि) तै पनि मैंले त्यहाँ ‘बकेट सावर’ (एक बाल्टी तातो पानी) को व्यवस्था गरिदिएँ । तर ‘गुनले गुन खान्छ, तँलाई म खान्छु’ भने झैं उनलाई जसरी हुन्छ, निहुँ खोज्नु रहेछ, नुहाउन छाडेर उनी सुतिछिन् । अरु पर्यटकहरूले खाना खाइसके उनी आउँदिनन् । उठाउन गएको उठ्दिनन् । जति ढोका ढक्ढक्याए पनि बोल्दिनन् । दुईचोटि उठाउन गएँ । ढोका ढकढक्याएँ, उनी न त केही बोल्छिन्, न त उठ्छिन् । पछि होटल साहुनी गएर ढकढक्याउँदा भने, ‘नो थ्याङ्क यु’ सम्म भनिछे । तर, अच्चमै भो बिहान उज्यालो हुन पाएको छैन । अर्को ठाउँ सर्ने भनी झोला बोकेर हिंँडी । झोला बोक्न सघाउन खोज्दा, तँ यहाँ बस् म मात्रै जान्छु भनी । यो खैरेनीले तपाईंले लगाएको गुन बिर्सेर अप्ठ्यारो बाटो (लाङटाङ–गोसाईँकुण्ड पास) सकिएपछि यसरी निहुँ खोज्न नहुने भनी उपस्थित अन्य गाइडहरू होटल साहुले भने । ‘वास्तवमा उनलाई के पुगेन ? किन अर्को होटलमा सरेकी ?’ भनी होटलवालाले मलाई प्रश्न गरे । मैले कुनै भेउ पाइनँ । जेसुकै होस् अब मलाई तिमी चाहिँंदैन फर्केर जाऊ भनिन् । हुन त गोसाईँकुण्ड आइपुगेदेखि उनको व्यवहार एक्कासी परिवर्तन हुँदै गएको थियो । त्यसैले मैले पनि ‘यो तिम्रो फाइनल निर्णय हो ?’ भनी सोधेँ । उनले ‘हो’ भनी । त्यसपछि मैंले पनि ‘हुन्छ नि त’ भनेर फर्किने निर्णय गरें ।
गोसाईकुण्ड पास गर्दा बाटोमा हिँउ बाक्लै जमेको थियो । त्यसैले उनी लड्लिन् कि ? भनेर भर्खर हिँड्न सिक्दै गरेको नानीलाई जस्तै ‘तातेताते’ गरेर हिँडाएर पास गराएँ । तर, उनी बडो अचम्मकी थिइन् । जेहोस् उनलाई बच्चालाई जस्तै डोहो¥याए र, हिउँमा जोगाएर पास गराएँ । मेरो लागि त्यही ठूलो कुरो हो । किनभने, मैले आप्mनो कर्तव्य पूरा गरें । त्यसो त गोसाईकुण्डमा बास बसेको दिन जर्मन जोडीद्वयलाई मेरो अतिशय प्रशंसा गर्दै, ‘हि इज भेरी गुड गाइड’ भन्न चुकेकी थिइनन् । उनको अर्को नराम्रो बानी भनेको हामी बसेको होटल–लजमा सकेसम्म अरु पर्यटकहरु नआइदिए हुन्थ्यो भन्ने मनसाय हुन्थ्यो । जुन कुरो अक्टोबर सिजन भएकोले असम्भव थियो ।
यसरी मेरो जीवनमा ट्रेकिङ गर्ने क्रममा पहिलोचोटि बीचबाटो बाटै फर्किनुपरेको त्यो नै पहिलो हो भने सायद अन्तिम पनि त्यही हुने छ । उनी फर्केर आएपछि अफिसमा म बारे रिपोर्ट गरी छे ‘जे सोध्दा पनि ‘आइडन्ट नो’ भन्यो’ कस्तो गाइड पठाएको ? यही कुरो महेशजीलाई भन्दा महेशजी हाँस्नु भएको थियो । किनभने, म अंग्रेजी भाषामा ‘हन्ड्रेड परसेन्ट पर्पेmक्ट’ नभए तापनि गए गुज्रेको पनि थिइनँ होइन । तर, यस विषयमा ट्रेकिङ एजेन्सीका सञ्चालकहरूले ती खैरेनीसँग आमनेसामने राखेर दोहोरो कुरो गर्न नदिएकोले विश्वास गर्ने आधारचाहिँ रहेन । हुन पनि दिनको १३ डलरमा बुक गरिएको रहेछलाई । धन्य … फेरि त्यो वेला लाङटाङ–गोसाईकुण्ड–हेलम्बु ट्रेक कम्तिमा १८–१९ दिनको हुन्थ्यो । तापनि, मैले १५ दिनमै पूरा गर्ने सहमति गरेको थिएँं ।
लाङटाङको घोडा तबेलास्थित चेकिङ प्वाइन्टमा आफ्नो रुट परमिट देखाउंदै न्यान्सी ।
९८४९९८५९९७, ९८६२४३५६०४९
ninamkirat123@gmail.com