धरानः २०७६ सालको एसईईको नतिजा साउनमा आउने भएको छ । मंगलवार एसइई मूल्यांकन र नतिजा प्रकाशनसम्बन्धमा कार्यविधि सार्वजनिक गरेको राष्ट्रिय परीक्षा बोर्डले गोरखापत्रमा नयाँ सूचना जारी गरेको हो ।
बोर्डले जारी गरेको सूचनामा विद्यालयमा मूल्यांकन समितिले तयार पारेको सूचना असार २० गतेभित्र अनिवार्यरुपमा शिक्षा विकास तथा समन्वय इकाईमा पठाउनुपर्ने जनाइएको छ ।
यस्तै, इकाईहरुलाई असार ३० गतेभित्र परीक्षा नियन्त्रण कार्यालय कक्षा १० मा पठाउन भनिएको छ । यसरी हेर्दा साउन पहिलो वा दोस्रोहप्ताभित्र नतिजा प्रकाशन हुने देखिन्छ ।
