Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

साउन १५ मा एसइई नतिजाको तयारी, असार २० भित्र नम्बर पठाऔंः मन्त्रालय

हाम्रो कोशी आवाज
असार १६ २०७७, मंगलबार
साउन १५ मा एसइई नतिजाको तयारी, असार २० भित्र नम्बर पठाऔंः मन्त्रालय

काठमाडौंः राष्ट्रिय परीक्षा बोर्डले असार २० गतेभित्र एसइईको नम्बर पठाइसक्न आग्रह गरेको छ ।
बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले आगामी साउन १५ गतेभित्र नतिजा प्रकाशन गर्ने लक्ष्यअनुसार विद्यालयलाई ताकेता गरिएको बताए ।
शैक्षिक सत्र २०७६ को माध्यमिक शिक्षा परीक्षा (एसइई) का विद्यार्थीको नम्बर असार २० गतेभित्र पठाउन आग्रह गरेको हो । विद्यार्थीलाई आन्तरिक तवरबाट मूल्यांकन गरी नम्बर दिन प्रधानाध्यापकको नेतृत्वमा विद्यालयमा तीन सदस्यीय समिति गठन गर्नुपर्छ । सो समितिले तयार गरेको प्रमाणित प्राप्ताङ्क तालिका (मार्क लेजर) असार २० गतेभित्र अनिवार्यरूपमा जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइमा बुझाउनुपर्ने बोर्डको भनाइ छ ।
विद्यालयहरूबाट प्राप्त भएको प्राप्ताङ्क विवरण र मूल्याङ्कन समितिबाट प्रमाणित गरी पठाइएका प्राप्ताङ्क, तालिका (मार्क लेजर) भिडाइ प्रयोगात्मक र सैद्धान्तिक अंक भरे नभरेको, पूर्णाङ्क मिले नमिलेको लगायत रूजु गरेर जिल्लास्थित समन्वय इकाइलाई असार ३० गतेभित्र परीक्षा नियन्त्रण कार्यालयमा पठाउन बोर्डले आग्रह गरेको छ ।

प्रकाशित मिति: असार १६ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend