Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मेस्सीले गरिसके ७०० गोल

हाम्रो कोशी आवाज
असार १७ २०७७, बुधबार
मेस्सीले गरिसके ७०० गोल

धरानः लियोनल मेस्सीले ७०० गोल गरेका छन् ।
उनले खेल जीवनमा ७०० औं गोल गरेका हुन् । स्पेनिस ला लिगा फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा मेस्सीले पेनाल्टीमार्फत् गरेको गोल उनको व्यवसायिक खेल जीवनको ७०० औं गोल बन्यो । मेस्सीले बार्सिलोनाका लागि ७२४ खेलमा ६३० गोल गरेका छन् । बाँकी ७० गोल उनले अर्जेन्टिनाका लागि गरेका हुन् । ५० औं मिनेटमा मेस्सीले पेनाल्टीमार्फत् गोल गरेर व्यक्तिगत रुपमा सात सयौं गोलको आँकडा पूरा गरेपछि एथ्लेटिको मड्रिडसँगको खेलमा बार्सिलोना २–२ को बराबरीमा रोकियो ।
एथ्लेटिकोका डिएगो कोस्टाले ११ औं मिनेटमा आत्मघाती गोल गरी बार्सिलोनालाई अग्रता दिलाएका थिए । तर एथ्लेटिकोका लागि १९ र ६२ औँ मिनेटमा पाएको पेनाल्टीमा साउलले गोल गरी खेलमा बराबरी गरेका हुन् । बराबरीपछि दोस्रो स्थानको बार्सिलोनाको ३३ खेलबाट ७० तथा तेस्रो स्थानको एथ्लेटिकोको ५९ अंक भएको छ । उनी मेस्सी विश्वमा सात सय गोलको आँकडा पूरा गर्ने सात मध्ये एक खेलाडी बनेका छन् । यो सूचीमा चेक–अस्ट्रियन जोसेफ बिक्यान ८०५ गोलसहित शीर्ष स्थानमा छन् । यस्तै ब्राजिलका रोमारिओले ७७२ तथा पेलेले ७६७ गोल गरेका छन् ।

प्रकाशित मिति: असार १७ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend