Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अब कक्षा–११ र १२ मा भर्ना हुने विद्यार्थीले नयाँ पाठ्यक्रम पढ्नुपर्ने

हाम्रो कोशी आवाज
असार १७ २०७७, बुधबार
अब कक्षा–११ र १२ मा भर्ना हुने विद्यार्थीले नयाँ पाठ्यक्रम पढ्नुपर्ने

धरानः यसपटक कक्षा–११ र १२ को नयाँ पाठ्यक्रम आउने भएको छ ।
अब कक्षा–११ भर्ना हुने विद्यार्थीले नयाँ पाठ्यक्रम पढ्नेछन् । पाठ्क्रम विकास केन्द्रका महानिर्देशक केशव दाहालले शैक्षिक सत्रदेखि कक्षा–११ मा नयाँ पाठ्यक्रम आउने बताए । कक्षा–११ पढ्ने विद्यार्थीले अब ६ सय पूर्णाङ्कको अध्ययन गर्नुपर्ने हुन्छ ।
नयाँ पाठ्यक्रमअनुुसार अब नेपाली, अङ्ग्रेजी र सामाजिक अध्ययन गरी तीन विषय अनिवार्य पढ्नुपर्नेछ । यसअघि कक्षा ११ मा नेपाली र अङ्ग्रेजी गरी दुई विषय मात्रै अनिवार्य थियो । ऐच्छिक विषय भने तीनवटा नै रहनेछन् । विद्यार्थीले चाहेमा एक सय पूर्णाङ्कको थप एक विषयको परीक्षासमेत दिन पाउनेछन् । उता निजी विद्यालय सञ्चालकले भने पाठ्यक्रमप्रति असहमति जनाएका छन् । कक्षा सञ्चालनको टुङ्गो नभएको तथा हालको अवस्थामा विद्यार्थीको पाठ्यभार घटाउने अन्तर्राष्ट्रिय अभ्यासविपरीत विद्यार्थीलाई थप बोझ बनाउन नहुने अडान उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ (हिसान) ले लिएको छ ।
सङ्घका सचिव रामहरि सिलवालले अहिलको अवस्थामा शैक्षिक सत्र नै ६ र ७ महिनामा सक्नुपर्ने अवस्था आउन सक्ने र अध्ययन अध्यापनका लागि विद्यार्थी र शिक्षकसमेत तयार हुन कठिन हुने अवस्थामा नयाँ पाठ्यक्रम लागू गर्न हुँदैन भन्ने औपचारिक निर्णयमा आफूहरू पुगेको जानकारी दिए ।
सरकारले भने २०७७ सालदेखि नै कक्षा ११ बाट नयाँ पाठ्यक्रम लागू गरिने जानकारी दिँदै त्यसका लागि आवश्यक तयारी गरिएको जनाएको छ ।

प्रकाशित मिति: असार १७ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend