Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

यस्तो व्यक्ति कहिल्यै ‘उभो’ लाग्दैन !

हाम्रो कोशी आवाज
असार १९ २०७७, शुक्रबार
यस्तो व्यक्ति कहिल्यै ‘उभो’ लाग्दैन !

‘जे रोप्यो त्यो फल्छ’ भनेझैं हरेक कुरा व्यक्तिको सोचाइमा भर गर्छ । व्यक्तिको सोचाइको आधारमा नै उसको हेराइ र व्यवहार गराई तय हुने गर्छ । त्यसैले सोच बदलौं । सकारात्मक सोचाइको विकास गरौं । किनकी सकारात्मक सोचाइले नै सकारात्मक मनोवृत्ति निर्माण गर्छ । साथै जीवनलाई निश्चित गन्तव्य सम्म आत्मसन्तुष्टिका साथ पुरयाउन सक्छ ।
तर बुझ्नुपर्ने कुरा के हो भने सकारात्मक सोचाइ भन्दैमा वा जप्दैमा सकारात्मक सोचाइ भने निर्माण हुने होइन । यस सम्बन्धमा केही प्रसिद्ध लेखकहरूको विचार यस्तो रहेको छ–डेनिएल जे लेभिटिनका अनुसार आजको नव आधुनिक युग भनेको प्रशस्त सूचनै सूचनाहरूले भरिएको युग हो । यस युगले व्यक्तिको मस्तिष्कलाई एक ठूलो चुनौती सिर्जना गरेको छ । यसकारण असल र सफल जीवन जिउनका लागि उसले आफ्नो मस्तिष्कलाई सङ्गठित गर्न जान्नुपर्दछ । किनभने सङ्गठित मानव मस्तिष्कमा नै सङ्गठित जीवन सम्भव रहेको हुन्छ ।

त्यसैले आवश्यकता र उपयुक्तताको सिद्दान्तको आधारमा सूचना अर्थात् जानकारी विभिन्न माध्यमबाट सङ्कलन गर्नुपर्छ । व्यक्तिले जानकारीको आधारमा होइन ज्ञानको आधारमा आफ्नो विचार निर्माण गर्नुपर्छ । कुनै पनि कार्यमा समय लगानी गर्दा कार्यप्रति मस्तिष्कको ध्यानाकर्षण अधिकतम बनाउनुपर्छ । यसको लागि एक पटकमा एउटा तर प्राथमिकताको आधारमा महत्वपूर्ण कार्य गर्नुपर्छ । आफ्नो लक्ष्यअनुकुलको जानकारी छनौट गर्नुपर्छ । कार्य गर्दै जाँदा थकान महसुस भएमा क्षणिक आराम पनि गर्नुपर्छ ।
अन्यथा व्यक्तिको मष्तिष्कमा कोर्टिसोल हार्मोन पैदा हुन गई तनाव सिर्जना हुन्छ । जसले एकातिर व्यक्तिको सम्बन्ध बिगार्छ भने अर्कोतिर डरलाग्दो रोग पनि निम्त्याउन सक्छ भन्ने कुरा उसले आफ्नो पुस्तक ‘द ओर्गनाइज्ड माइन्ड’ मा उल्लेख गरेका छन् । टी हार्व एकरले आफ्नो पुस्तक ‘सेक्रेटस् अफ मिलिनियर माइन्ड’ मा व्यक्तिको मस्तिष्कलाई कम्प्युटरसँग तुलना गर्दै नयाँ प्रोग्रामिङमार्फत् हरेक व्यक्तिले आफ्नो जीवनमा असल स्वास्थ्य, आर्थिक सम्पन्नता र खुशी हासिल गर्न सक्छ । यसको लागि स्पष्ट आर्थिक योजना निर्माण गर्नुपर्छ । जुन उच्चस्तरको सोच्न निर्माण गर्न सक्ने व्यक्तिको मस्तिष्कको क्षमतामा भर पर्छ ।

जर्मन लेखक जेम्स एलेनले आफ्नो पुस्तक ‘एज अ मेन थिङ्केट’ मा विचारबाट शब्द, शब्दबाट कार्य, कार्यबाट बानी, बानीबाट गन्तव्यसम्म पुग्ने भएकोले विचारको शक्तिलाई हरेक व्यक्तिले अनिवार्य महसुस गर्नुपर्छ । व्यक्ति आज जुन स्थितिमा छ, त्यो उसको विचारको परिणाम हो । विचारमा शुद्धता हुनु अनिवार्य छ किनभने विचार नै वास्तविकतामा रुपान्तरण हुने गर्दछ । विचारको वास्तविक मालिक स्वयम् व्यक्ति नै भएकोले मनरुपी बगैंचामा बिऊ रुपी असल विचार रोप्न सकेको खण्डमा मनोविकार निमिट्यान्न पार्दै असम्भव कुरा पनि सम्भव बनाउन सकिन्छ । व्यक्ति आफ्नै कारणले सिर्जना भएको परिस्थितिलाई सुधार गर्न तनाव सहित निरन्तर तल्लीन रहन्छ । तर उसले आफ्नो मनको स्थितिमा कुनै खोट देख्दैन बरु उल्टै प्रतिकुल परिणामको दोषी अरूलाई बनाउँछ भने त्यस्तो व्यक्तिले जीवनमा कहिल्यै प्रगति गर्न सक्दैन ।
स्पष्ट योजना, उच्च परिकल्पना र पूर्ण त्यागसहितको अधिकतम प्रयास र अभ्यासले अरूद्वारा आर्जन गरेको प्रगतिमा पनि कमजोर विचार बोकेका व्यक्तिले तिनीहरूको भाग्यको उपज हो भनी स्वीकार गर्छन् । तर त्यो उपलब्धिको पछाडि व्यक्तिको विचारले महत्वपूर्ण भूमिका खेलेको कुरामा भने हेक्का राख्दैनन् । त्यसैले हरेक व्यक्तिले आफ्नो सपनालाई साकार पार्न चाहन्छ भने सोचाइद्वारा सिर्जना हुने विचारको शक्तिलाई अनिवार्य स्वीकार गर्नु नै पर्छ भन्ने कुरामा जोड दिएका छन् ।

त्यस्तैगरी अर्का प्रसिद्ध युटुबर तथा ‘द र्युडेस्ट बुक एभर’ का लेखक स्वेताब ग्याङ्वारका अनुसार हरेक मान्छेले आफूलाई अरुले स्वीकार गर्ने किसिमको विशेष वस्तुको रुपमा स्थापित गर्नुपर्छ । मान्छे अजीवका प्राणी हुन्छन् । उसले दिने स्वीकृति वा अस्वीकृतिलाई सामान्य रुपमा लिनुपर्छ । बाह्य व्यक्तिले दिने अनुमोदनलाई होइन आत्मसन्तुष्टिमा पूर्ण विश्वास गर्ने बानीको विकास गर्नुपर्छ । आत्म सन्तुष्टिलाई जीवन जिउने प्रमुख आधार बनाउनु पर्छ । हरेक मान्छेले आफूलाई एक राष्ट्रको राष्ट्र प्रमुखको रुपमा स्वीकार गर्नुपर्छ । आफ्नो मूल्य, मान्यता र अनुशासनलाई सुरक्षा कवचको रूपमा प्रयोग गर्नुपर्छ । अहङ्कारलाई विरोधी शक्तिको रूपमा र आत्म सम्मानलाई खुशीको सूचकको रुपमा बुझ्नुपर्छ । अन्धभक्त भएर होइन तथ्य सत्यको आधारमा मात्र कसैको विचारलाई समर्थन वा विरोध गर्नुपर्छ । मान्छे आफैले सोच्ने, खोज्ने, रोज्ने र अगाडि बढ्ने कार्य गर्नुपर्छ । यसको लागि मान्छेले के सोच्ने भन्दा पनि कस्तो सोच्ने भन्ने कुरामा लेखकले जोड दिएका छन् ।
डेल कार्निगीले आफ्नो पुस्तक ‘हाउ टु वीन फ्रेन्ड्स एण्ड इन्फ्युएन्स् पिपुल’ मा सफलता हासिल गर्न एक असल व्यक्तिले आलोचना होइन हँसिलो मुद्रामा अरुको हित अनुकुल हुने गरी व्यवहार प्रर्दशन गर्नुपर्छ । तर्क र विरोध होइन अरूलाई सम्मान दिन जान्नुपर्छ र उनीहरूका कुरा अनिवार्य सुन्न पनि सक्नुपर्छ । यसको लागि उच्च स्तरको सोचको विकास गर्नुपर्छ भन्ने धारणा व्यक्त गरेका छन् ।
लेखकः धरानका निजी शिक्षालयका अध्यापक हुन् ।

प्रकाशित मिति: असार १९ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको विजयपुरः ‘माल पाएर चाल नपाएको’ ठाउँ

    -राजकुमार दिक्पाल केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले...

    • ७ घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • श्रमदानको ओज

    -बैकुण्ठ दाहाल नेपालको राजनीतिक इतिहासमा धेरै दलहरू स्थापना भए, धेरै नाराहरू उठे, तर आम नागरिकले चाहेको सुशासन, उत्पादनमुखी अर्थतन्त्र र श्रमको सम्मान अझै पनि पूर्णरूपमा...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • डिग्री पास छ तर सर्वसाधारणले पाउँदैनन् जागिर

    जताततै भूपू कर्मचारीको बिगबिगी धरानः सरकारी कार्यालयमा सरकारले प्राइभेट कम्पनीबाट गार्ड नियुक्त गरेको हुन्छ । यता, स्थानीय पालिकाले नगरप्रहरी राखेको हुन्छ । बैंक तथा वित्तिय...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ
  • नजानिँदो सत्ताको अस्थिर चक्रव्यूह

    -कृष्णबहादुर तामाङ “संसदीय अङ्कगणित र जोड घटाउले विकासको गतिलाई सधैँ बन्धक बनाउन सक्दैन । नेपालको सात दशक लामो राजनीतिक अस्थिरताबाट मुक्त हुने सबैभन्दा प्रभावकारी विकल्प...

    • १ हप्ता अगाडी
    • ८ मिनेट पाठ
  • हामी १२ वर्षमा प्रवेश

    धरानः हाम्रो कोशी आवाज डटकम आफ्नो स्थापनाको ११ वर्ष पूरा गरी आज १२ औं वर्षमा प्रवेश गरेको छ । हामी छैटौं वर्ष पूरा गरी...

    • १ हप्ता अगाडी
    • ३ मिनेट पाठ
  • कथा: धुवाँले निलेको सपना

    -तोमनाथ उप्रेती मोरङको दक्षिणी भेग, रतुवामाई नगरपालिका महादेवाको बिहानको आफ्नै सुगन्ध थियो। असारको वर्षापछि धानका बोटहरूमा टल्किने शीतका थोपा मोतीझैँ देखिन्थे। पूर्वबाट उठेको घामको सुनौलो...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend