धरानः नेपालमा बितेको २४ घण्टामा थप २५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप २५५ जनाको आरटीपीसीआर रिपोर्ट पोजिटिभ आएको बताए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ४२३ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप २५३ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ७ हजार ७५२ पुगेको छ ।
प्रवक्ता गौतमका अनुसार अहिले् देशभरका क्वारेन्टिमा २५ हजार ४० जना रहेका छन् । प्रदेश १ मा १८ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार झापाका ८, तेह्रथुमका १, सुनसरीका ३, इलामका २, काभ्रेका २, मोरङका ४, सिराहाका २, सप्तरीका ४, बाराका १, अछामका २२, बैतडीका २, बझाङका ४, दार्चुलाका १, गोर्खाका २, सर्लाहीका ३, चितवनका ५, नवलपरासीका २ जना रहेका छन् ।
यस्तै रौतहटका ३३, दाङका १, धादिङका १,दैलेखका १, काठमाडौँका १६, ललितपुरका ७, लमजुङका १, नवलपरासीका १, रामेछापका २, म्याग्दीका १, कास्कीका १४, गुल्मीका ३,पाल्पाका ५, प्युठानका १,बाँकेका २, दाङका ४, कालिकोटका १, रुकुमका ७, जाजरकोटका १, दैलेखका ५, मुगुका २, सुर्खेतका १४, डढेलधुराका २, डोटीका १२, कञ्चनपुरका १२, सिन्धुपाल्चोकका १ र कैलालीका ३६ जना संक्रमित थपिएका हुन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ४२३ पुगेको छ । यस्तै कोरोना भाईरसको संक्रमण निको भएर थप २५३ जना संक्रमित डिसचार्ज भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या ७ हजार ६५२ पुगेको छ ।
प्रदेश नं. १ मा संक्रमितको संख्या ७०२ पुगेको छ । प्रदेश १ मा कोरोना मुक्त भएर डिस्चार्ज हुनेको संख्या ५२७ पुगेको छ । बुधबार ४९ जना डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको संख्या ५२७ पुगेको हो ।
बुधबार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत १४ जना र पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईशोलेसन अस्पतालबाट ३५ जना डिस्चार्ज भएका छन् ।