Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

ब्लगः मेरो उत्तर छ- म ‘एक्सपोज’ हुन्नँ

हाम्रो कोशी आवाज
साउन १ २०७७, बिहिबार
ब्लगः मेरो उत्तर छ- म ‘एक्सपोज’ हुन्नँ

नेपालमा कोरोना भित्रियो र लकडाउन शुरू भयो भन्दा म पनि निकै अत्तालिएको थिएँ । त्यो समय अर्थात् चैत ११ पछि धेरैले फेसबुकमा पोष्टयाउँथे पनि–म तपाईको घरमा भेट्न पनि आउँदिनँ, तपाई पनि नआउनुहोला आदि इत्यादि ।
यस्तै, फेसबुकमै विज्ञापन पनि आयो–लकडाउनको समयमा घरमा नबसेर किन लखरलखर हिँडेको ? साथीभाइ भेट्ने, लकडाउनको पालना गर्नुपर्दैन, आदि इत्यादि ।
यस्तै, सामाजिक सञ्जालभरी यस्तो पनि आयो–सामाजिक दुरी कायम गरौं । यो समय घरमै बसौं । आफूले माया गर्ने मान्छेलाई नभेटौं, कोरोनाबाट आफू पनि बचौं अरूलाई पनि बचाऔं । सबैले शेयर गरौं र मनन पनि । म त घरमै बसिरहेको छु तपाईहरू नि ?
धरानकै कुरा गर्ने हो भने त्यतिबेला बन्दको अनुभुति गरेका सर्वसाधारण ५ बजेपछि घरबाहिर निस्किए पनि तर पञ्हरी पञ्शासनले पक्राउ गर्न थालेपछि पनि सुनसान नै बन्यो ।
तर अहिले धरान केही लकडाउनबाट लुजडाउनतर्फ जान थालेको छ । अधिकांश मास्क, सेनिटाइजर लगाउँदै, सामाजिक दुरी कायम गर्दै काममा निस्किन थालेका छन३ । मलाई पनि धेरैपटक मोबाइलमा फोन आयो– कति घरमा बसेकी भेटौं न ल । तर मलाई मेरो मनमा कौतुहलता जागिरहेको छ । अत्यावश्यक कामबाहेक किन हिँड्नु ? म बाहिर ननिस्किएको पनि लगभग चार महिना भइसकेको छ । एकपल्ट हजुरआमा बिरामी भएर औषधि किन्न निस्किएँ नत्र निस्किएको छैन । कोरोना सर्छ भन्ने थाहा हुँदाहुँदै अत्यावश्यक कामबाहेक किन बाहिर निस्किनु ? साथीभाइले भन्दै आएका छन्– मास्क लगाउ आऊ तर मलाई पत्यार छैन, मास्क लगाएपछि कोरोना सर्दैन ।
धेरै साथीभाइ कोही पार्कतिर दौडिरहेको, खोलाखाल्सी पुगिरहेको, घुम्ने ठाउँ हिँडिरहेको पनि फेसबुक वालमा देख्दै आएको छु तर पनि मेरो मन मानिरहेको छैन । म घरमै बाबा ममीलाई सघाउँदै, अनलाइन कक्षा लिँदै, समाचार हेर्दै आएको छु ।
एकजना साथीको जिद्दीपन भनौं वा के भनौं उनको भनाइ थियो– के साहञे मलाई कोरोना छैन त भेटौं न ल तर पनि भेट३न सकिरहेको छैन । सरी ल भन्दै आएको छु किनभने अहिले समाचार सुन्दै र हेर्दै आएको हुनाले अहिले विशेषतः युवापुस्तामै कोरोना सरिरहेको छ ।
नेपालमा पछिल्ला समय संक्रमण दर तथा मृत्युदर हेर्दा युवा नै बढी भएको पाएँ । नेपालमा अहिलेसम्म संक्रमित भएकामध्ये पाको उमेरका भन्दा युवाहरु बढी छन् भन्ने समाचार पनि पढिरहेको छु । संक्रमित भएको मध्ये २१ वर्षदेखि ४० वर्ष उमेरका व्यक्तिको संख्या बढिरहेको समाचार पढ३न पाएको छु । नेपालमा ११ वर्षदेखि २० वर्षको उमेर समूहका व्यक्तिको भाइरसको संक्रमण उच्च नै देखिएको भन्ने पनि पढेकी छु । लक्षण नभएका व्यक्तिहरु आफूलाई संक्रमण नभएको बुझे पनि तर उनीहरुबाट अरुमा सर्न सक्ने जोखिम उत्तिकै हुने विज्ञले बताएका छन् ।
युवाहरु अहिले बाहिर धेरै ‘एक्सपोज’ हुनु राम्रो होइन । निस्किहाले पनि सामाजिक दुरी, मास्क, सेनिटाइजरको ख्याल गरौं । विश्वभर फैलिएको कोरोना भाइरस महामारीका कारण विश्वका लाखौं मानिसहरु प्रभावित हुने क्रम अझै जारी छ । विश्वका विभिन्न शहरहरुमा कोरोनाका कारण लगाइएको प्रतिबन्द खुकुलो बनाइएको छ भने कतिपय स्थानमा दोहोरयाएर पनि लकडाउन जारी गरिएको छ ।
भारतसहित अमेरिकाका विभिन्न राज्यहरुमा पनि खुकुलो बनाइएको लकडाउन दोहोरयाएर गरिएको समाचार पनि पढें, सुनें । जारी गरिएको छ । भारतको विभिन्न राज्यमा लकडाउन दोहोरयाएर जारी भारत विश्वकै तेस्रो कोरोना संक्रमित मुलुक हो । भेनेजुएलामा फेरि लकडाउन गरिएको छ । क्यालिफोर्निया, टेक्सास, नेवाद सहितका राज्यमा लकडाउन दोहोरयाएर लागू गरिएको छ । यस्तै अस्ट्रेलियामा पनि मेलबर्न र क्वीन्सल्याण्डमा कोरोना संक्रमणको दर बढ्न थालेपछि दोहोरयाएर लकडाउन जारी गरिएको छ । यस्तै चीन, दक्षिण अफ्रिकामा पनि कोरोना संक्रमणको दर बढ्दै गएपछि दोहोरयाएर लकडाउन जारी गरिएको छ ।
यी त उदाहरण मात्रै हुन । नेपालमा पनि संक्रमण बढ्दै गएको छ । फेरि पनि लकडाउन नदोहोरिएला भन्न सकिने अवस्था छैन । मलाई अझै विश्वास छैन–मलाई कोरोना छैन भन्ने भनाइमाथि । त्यसैले कामैबिना ‘लखरलखर’ दौडिनु उचित होइन । मैले भन्दै आएको छु, समय आउँछ एकदिन भेट्ने । घरमै पनि अतिरिक्त क्रियाकलापमा जोड दिन सकिन्छ । जस्तैः नाचगानमा भाग लिने, कथा, कविता, गीत लेख्ने आदि इत्यादि । लकडाउन शुरू भएकै अवस्थाकै जस्तो मैले भन्दै आएको छु- अहिले नभेटौं ल अर्थात् म एक्सपोज हुन्नँ ।

प्रकाशित मिति: साउन १ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend