Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कोशी अस्पतालमा परीक्षण गर्दा विराटनगरका प्रहरीमा कोरोना, कार्यालय सिल

हाम्रो कोशी आवाज
साउन ७ २०७७, बुधबार
कोशी अस्पतालमा परीक्षण गर्दा विराटनगरका प्रहरीमा कोरोना, कार्यालय सिल

विराटनगरः विराटनगरको प्रदेश १ प्रहरी कार्यालयमा एक प्रहरीमा कोरोना पुष्टि भएको छ ।
कोरोना पुष्टि भएपछि अहिले सो कार्यालयलाई सिल गरिएको छ । ज्वरो, हाछ्युँ आउने लक्षण देखिएपछि होम क्वारेन्टाइनमा रहेका प्रहरीमा कोरोना पुष्टि भएको हो । उनको कोशी अस्पतालको प्रयोगशालामा परीक्षण गरिएको थियो । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता दीपक पोखरेलले प्रहरीमा कोरोना देखिएको पुष्टि गरे । उनलाई हाल कोशी अस्पताल भर्ना गरिसकिएको उनले जानकारी दिए ।

प्रकाशित मिति: साउन ७ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend