Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको नवोदय स्कुलद्वारा नयाँ पोशाक सार्वजनिक, अभिभावकलाई भार थप्दैनौंः प्रिन्सिपल

हाम्रो कोशी आवाज
साउन ८ २०७७, बिहिबार
धरानको नवोदय स्कुलद्वारा नयाँ पोशाक सार्वजनिक, अभिभावकलाई भार थप्दैनौंः प्रिन्सिपल

धरानः धरान–१६ लेखनाथ चौकस्थित नवोदय विद्या मन्दिरले स्कुलको पोशाक परिवर्तन गरेको छ ।
स्कुलले नयाँ पोशाक सार्वजनिक गरेको छ । कलेजकै टिमले स्कुल पनि चलाउने भएपछि नयाँ स्वरूप दिँदै व्यवस्थापन टिम लागिपरेको प्रिन्सिपल डम्बरकुमार तुम्वापोले भने, ‘अहिले पोशाक परिवर्तन गरेका छौं, पोशाक परिवर्तन गरेपनि अभिभावकलाई भार पर्ने छैन, यसपटक निःशुल्क पोशाक उपलब्ध गराउँछौं ।’
नवोदय कलेज र नवोदय मावि एउटै कम्पनीअन्तर्गत सञ्चालित भएपनि दुई संस्थाको सञ्चालक समिति र संस्थामा सर्वाधिकार भने अलग अलग रहेको थियो तर केही हप्ताअघि नयाँ व्यवस्थापनले स्कुल सञ्चालन गर्ने भनी स्कुल लिइसकेको छ ।
‘सबै शैक्षिक क्षेत्रमा भिजेको, खारिएका टिम छौं, केही नयाँ सोंच, केही नयाँपन दिएर विद्यालयलाई थप मजबुत बनाउन पोशाकदेखि शुरुवात गरेका छौं’, प्रिन्सिपल तुम्वापोले थपे, ‘अन्य भौतिक संरचनामा जोड दिँदै गुणस्तरीय शिक्षामा कटिबद्ध भएर लाग्नेछौं ।’ युएन कलेजका अध्यक्ष ज्ञानेश्वर झाले कोरोना कहरका कारण अधिकांश अभिभावक मारमा परेको र यसपटक निःशुल्क पोशाकको व्यवस्था गरिएको बताउँछन् ।

प्रकाशित मिति: साउन ८ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend