Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

दुव्र्यसनीले सबैभन्दा बढी रुचाउने ड्रग्ससहित सलकपुरका रामप्रसाद पोखरेल पक्राउ

हाम्रो कोशी आवाज
साउन १४ २०७७, बुधबार
दुव्र्यसनीले सबैभन्दा बढी रुचाउने ड्रग्ससहित सलकपुरका रामप्रसाद पोखरेल पक्राउ

विराटनगरः जिल्ला प्रहरी कार्यालय मोरङ र लागूऔषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले ‘मेथान्टामाइन आइस’ नामक लागूपदार्थसहित एक व्यक्तिलाई विराटनगरबाट पक्राउ गरेको छ ।
अन्तर्राष्टिय बजारमा महङ्गो र अधिक मागका रुपमा रहेको यस मेथान्टामाइन आइससहित सुन्दरहरैंचा–८ सलकपुरका रामप्रसाद पोखरेललाई पक्राउ गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक पोखरेलले जानकारी दिए ।
पोखरेलको साथबाट ५३० ग्राम ९३ मिलिग्राम लागूऔषध बरामद भएको भएको छ । लागूऔषधसहित पक्राउ परेका पोखरेल उच्च घरनाका नामुद व्यवसायी भएको खुलेको छ । उनी घरजग्गा कारोबार गर्दै आएका थिए । यो प्रकृतिको लागुऔषध बरामद भएको र कारोबारी पक्राउ परेको नेपालकै तेस्रो घटना भएको बताइएको हो ।
विशेष सूचनाका आधारमा लागुऔषध कारोबारी पोखरेललाई पक्राउ गर्नका लागि लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोली परिचालन भएको थियो । परिचालित टोलीले विराटनगर महानगरपालिका–२ बरगाछीबाट लागुऔषधसहित कारोबारमा संलग्न पोखरेललाइ पक्राउ गरेको हो ।
उनी कसैलाई लागुऔषध पु¥याउन आउँदै गरेको अवस्थामा पक्राउ परेको प्रहरीले जनाएको छ । अनुसन्धानपछि प्रहरीले सुन्दरहरैंचाको सलकपुरस्थित उनको घरमा छापा मारेर थप लागुऔषध बरामद गरेको हो । मेथान्टामाइन आइस विश्वमा दुव्र्यसनीले सबैभन्दा बढी रुचाएको केमिकल ड्रग्सभित्र पर्ने प्रहरीको भनाइ छ । यसको अन्तर्राष्ट्रिय मूल्य प्रतिग्राम ८० डलरभन्दा बढी रहेको प्रहरीको भनाइ छ ।
पक्राउ परेका पोखरेलले यही लागुऔषधको कारोबार गर्नका लागि अरु मुलुकमा पनि अन्तर्राष्ट्रिय हिसाबको सञ्जाल विस्तार गरेको हुन सक्ने भन्दै प्रहरीले अनुसन्धानको दायरा फराकिलो पारेको छ । नेपालमा पनि नेटवर्क बनाएर उनले कारोबार थालेको हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रकाशित मिति: साउन १४ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend