धरानः सुनको म२ल्य अझै बढ३न सक्ने व्यवसायीले नै अनुमान लगाउन थालेका छन३ ।
व्यवसायीकै अनुसार अबको ६(७ महिनामा सुनको मूल्य डेढ लाख रुपैयाँ पुग्न सक्ने अनुमान छ । अहिले विश्वबजारमा सुनको मूल्यले दिनप्रतिदिन नयाँ रेकर्ड कायम गर्दै गएको छ । वल्र्ड गोल्ड काउन्सिलले २०२१ को शुरुका केही महिनामै सुनको मूल्य बढेर २८ सयदेखि ३ हजार डलर पुग्ने अनुमान गरेको छ ।
अहिले सुनको मूल्य यसै भन्न सक्ने अवस्थामा नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्यले बताए । उनले भने ‘सुन बजार अहिले नयाँ रेकर्ड कायम गर्दै बुलिश ट्रेनमा दौडिनै रहेको छ, लगाम लाग्ने अवस्था देखिएको छैन ।’ एक वर्ष अघि सुन किनेको भए अहिले ४० प्रतिशत नाफा हुन्थ्यो अबको ६÷७ महिनामा फेरि ५० प्रतिशत नाफा हुने छाँट देखिएको छ । डलरप्रति मानिसको विश्वास घट्दै जाँदा सुनको मूल्य आकासिएको उनले बताए ।
लकडाउनको अघिल्लो दिन चैत ११ गतेसम्म ७७ हजार तोला सुन थियो । साढे चार महिनाको यो अवधिमा अहिले २२ हजारभन्दा बढीले प्रतितोला सुनको मूल्य बढेको छ । मूल्य अझै बढ्ने सुनचाँदी व्यवसायीहरू बताउँछन् । दशैंपछि सुनको मूल्यमा केही करेक्सन भएपनि अब ९०र९२ हजार तोलाभन्दा कममा सुन नपाइने व्यवसायीका अनुमान छ ।
कोरोनका कारण थलिएको सुन बजार मूल्य आकासिएपछि कतिपय शोरुम बन्द भएका छन् । ‘मूल्य वृद्धिका कारण बजारमा व्यापार छैन,’ उनले भने ‘ओभर हेड कष्ट बढी छ, त्यसैले पनि व्यवसायीहरूले पसल बन्द गर्न बाध्य भएका हुन्,’ उनले भने । भाडा तिर्न नै समस्या भएपछि व्यवसाय छोड्न बाध्य भएको उनले बताए । अहिले जरा बलियो भएका व्यवसायमात्रै टिक्ने अवस्था छ ।